

-
बेत्रावती । उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गर्नुभएको छ ।
काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म आइपुग्नुभएका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुभएको हो ।
अवलोकनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं घारवस (होमस्टे) सहित पर्यटकीय गन्तव्य बनाउन सके यसबाट धेरै आम्दानी लिन सकिने बताउनुभयो । उहाँले यो धेरै पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले यसलाई सोही अनुरुप विकास गर्न प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेश नं ३ का उपसभामुख राधिका तामाङलाई सुझाब दिनुभयो ।
सुन्दरीजल हुदै चिसापानी आउने क्रममा उहाँले सुन्दरीजलस्थित विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । सो क्रममा उहाँले बिपी र गणेशमानको जेल जीवन, उहाँहरुले प्रयोग गर्नुभएका सामग्री, बहुदलीय व्यवस्था स्थापनाको सङ्घर्षमा प्रयोग गरिएका तोप लगायतका फौजी सामग्री, विसं २०३३ मा नगदसहित अपहरण गरिएको हवाईजहाजलगायत ऐतिहासिक सामग्रीको समेत अवलोकन गर्नुभएको थियो । उपराष्ट्रपति पुनले वाग्मती सुधार आयोजनाको पनि अवलोकन गर्नुभयो । रासस
News Desk 0 response शुक्रबार, मंसिर १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


