

-
काठमाडौँ । घरधनी र पशुबधस्थल सञ्चालकबीच कुरा नमिल्दा काठमाडौँ महानगरपालिकालाई बधस्थल व्यवस्थापन गर्न चुनौती थपिएको छ । हाल सञ्चालनमा रहेका पशु बधस्थलको जग्गा सञ्चालकका नाममा नभएको र समय किटान गरी सम्झौतानुरुप जग्गाधनीले सञ्चालकलाई जग्गा नदिँदा समस्या भएको कामपाको ठम्याइ छ । व्यवसाय सञ्चालकले आफ्नो जमीन नभएको र जग्गाधनीले जग्गा नदिँदा व्यवस्थितरूपमा व्यवसाय सञ्चालन हुन नसकेको गुनासो गरेका छन् । “व्यवसाय सुधार गरेर राम्रो बनाउन हामीलाई पनि मन छ तर घरधनीले जग्गा भाडामा दिनका लागि सम्झौता गरेको छैनन् । सम्झौता गरिदिनोस् भन्दा मान्नुहुन्न”, विष्णुमती नदी किनारमा लामो समयदेखि मासु व्यवसाय सञ्चालन गर्दै आउनुभएका सबिक शाही भन्नुहुन्छ, “आज लगानी गरेर संरचना बनाउँला, भोलि उठेर जानोस् भन्ने डर छ, कसरी लगानी गर्नू रु” कामपा, कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले बधस्थल सञ्चालनमा पहिलेभन्दा केही सुधार आए पनि यसले अपुग भएको बताउँदै व्यवस्थापनका लागि कामपाले प्रयास गरिरहेको जानकारी दिनुहुन्छ । भण्डारीका अनुसार सम्बन्धित वडाको अगुवाइमा घरधनी र व्यवसायीबीचको समस्या पहिचान गर्ने र नियमित अनुमगन गर्ने कार्यमा कामपा लागिरहेको छ । हाल कामपामा करीब ५० बधस्थल सञ्चालनमा छन् । सञ्चालनमा रहेका ९० प्रतिशत पशुबधस्थल नियमविपरीत रहेको कामपाले स्वीकारेको छ । काठमाडौँमा पशुबध गर्ने स्थानकै अभाव छ । अव्यवस्थितरूपमा रातका समयमा पशुबध गरिने खोला किनारामा यत्रतत्र मासुजन्य वस्तुबाट निस्केका फोहर फालिने हुँदा वातावरणलाई थप दुर्गन्धित बनाएको छ । अहिले विष्णुमती नदी किनारामा रहेको लिङ्करोडभन्दा माथिल्लो भेगमा पशुबधशाला छन् । पहिले खोलाकै किनारामा पशुबध हुने गरेको थियो । रासस
News Desk 0 response मङ्लबार, मंसिर १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


