

-
काठमाडौँ । घरधनी र पशुबधस्थल सञ्चालकबीच कुरा नमिल्दा काठमाडौँ महानगरपालिकालाई बधस्थल व्यवस्थापन गर्न चुनौती थपिएको छ । हाल सञ्चालनमा रहेका पशु बधस्थलको जग्गा सञ्चालकका नाममा नभएको र समय किटान गरी सम्झौतानुरुप जग्गाधनीले सञ्चालकलाई जग्गा नदिँदा समस्या भएको कामपाको ठम्याइ छ । व्यवसाय सञ्चालकले आफ्नो जमीन नभएको र जग्गाधनीले जग्गा नदिँदा व्यवस्थितरूपमा व्यवसाय सञ्चालन हुन नसकेको गुनासो गरेका छन् । “व्यवसाय सुधार गरेर राम्रो बनाउन हामीलाई पनि मन छ तर घरधनीले जग्गा भाडामा दिनका लागि सम्झौता गरेको छैनन् । सम्झौता गरिदिनोस् भन्दा मान्नुहुन्न”, विष्णुमती नदी किनारमा लामो समयदेखि मासु व्यवसाय सञ्चालन गर्दै आउनुभएका सबिक शाही भन्नुहुन्छ, “आज लगानी गरेर संरचना बनाउँला, भोलि उठेर जानोस् भन्ने डर छ, कसरी लगानी गर्नू रु” कामपा, कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले बधस्थल सञ्चालनमा पहिलेभन्दा केही सुधार आए पनि यसले अपुग भएको बताउँदै व्यवस्थापनका लागि कामपाले प्रयास गरिरहेको जानकारी दिनुहुन्छ । भण्डारीका अनुसार सम्बन्धित वडाको अगुवाइमा घरधनी र व्यवसायीबीचको समस्या पहिचान गर्ने र नियमित अनुमगन गर्ने कार्यमा कामपा लागिरहेको छ । हाल कामपामा करीब ५० बधस्थल सञ्चालनमा छन् । सञ्चालनमा रहेका ९० प्रतिशत पशुबधस्थल नियमविपरीत रहेको कामपाले स्वीकारेको छ । काठमाडौँमा पशुबध गर्ने स्थानकै अभाव छ । अव्यवस्थितरूपमा रातका समयमा पशुबध गरिने खोला किनारामा यत्रतत्र मासुजन्य वस्तुबाट निस्केका फोहर फालिने हुँदा वातावरणलाई थप दुर्गन्धित बनाएको छ । अहिले विष्णुमती नदी किनारामा रहेको लिङ्करोडभन्दा माथिल्लो भेगमा पशुबधशाला छन् । पहिले खोलाकै किनारामा पशुबध हुने गरेको थियो । रासस
News Desk 0 response मङ्लबार, मंसिर १०, २०७६


सम्बन्धित शीर्षकहरु
-
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
शुक्रबार, माघ १३, २०७९ -
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
शुक्रबार, माघ १३, २०७९ -
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९
-
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
शुक्रबार, माघ १३, २०७९ -
उपप्रधानमन्त्री लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
शुक्रबार, माघ १३, २०७९ -
कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती
शुक्रबार, माघ १३, २०७९ -
बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय..
शुक्रबार, माघ १३, २०७९ -
टरिगाउँमा आजदेखि सीता एयरले उडान भर्दै
शुक्रबार, माघ १३, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९