

-
काठमाडौं । प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित नरहेको निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्ती तथा मन्त्रीमण्डल पुनर्गठन गर्न नपाईने भनेर निर्वाचन आचार संहितामा उल्लेख नगरिएकाले त्यसमा निर्वाचन आचार संहिता नलाग्ने प्रष्टयाए।
सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्ने वा नयाँ प्रदेश प्र्रमुख नियुक्त गर्न नपाइने भनेर निर्वाचन आचार संहिताको कुनै पनि बूँदामा उल्लेख गरिएको छैन्, बुधबार काठमाडौंमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचन आयुक्त पौडेलले भने ‘त्यसकारण यी विषयमा आयोगले निर्वाचन आचारसंहिता उलंघन भयो भनेर भन्न मिल्दैन्।’ उनले निर्वाचन आयोगले यस विषयलाई गम्भिर रुपमा लिएको पनि बताए।
सरकारले प्रदेश प्रमुखहरुको बर्खास्ती र नयाँ नियुक्ति निर्वाचन आचारसंहिता विपरित गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आपत्ति जनाउँदै आएको छ। तर निर्वाचन आयोगले भने आचारसंहिताको कुनै पनि बूँदामा ती विषय उल्लेख नभएकाले प्रदेश प्रमुखहरुको बर्खास्ती र नयाँ नियुक्त गर्ने सरकारको कामबाट निर्वाचन आचारसंहिता उलंघन भयो भनेर भन्न नमिल्ने जनाएको छ। निर्वाचन आयुक्त पौडेलले निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दल वा उम्मेदवारलाई कानुन बमोजिम कार्वाही गर्ने अधिकार सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई दिइएको पनि स्मरण गराए।
News Desk 0 response बुधबार, कार्तिक २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
काठमाडौंमा भूकम्पको धक्का
बुधबार, बैशाख ३०, २०८३



