

-
बैतडी । जिल्लाको एक सामुदायिक विद्यालयले रू ७० हजार बराबरको मैनबत्ती बिक्री गरेको छ । पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बिक्रीबाट सो आम्दानी भएको हो । कक्षा ६ देखि ८ सम्म अध्यापन हुने ‘पेशा व्यवसाय र प्रविधि शिक्षा’ पाठ्यक्रमअन्तर्गत प्रयोगात्मक कक्षामा विद्यार्थीहरुले मैनबत्ती उत्पादन गर्दै आएका छन् । विद्यार्थीहरुको क्षमता अभिवृद्धि र विद्यालयको आयस्रोत बढाउनका लागि मैनबत्ती उत्पादन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिनुभयो । उत्पादित एक हजार ८५० प्याकेट मैनबत्ती तिहारको समयमा स्थानीय बजार खोडपे, पाटन, पुर्चौडी, गाँजरीलगायत बजारमा बिक्री गरिएको उहाँले बताउनुभयो । यसअघि उक्त विद्यालयले गत वर्ष पनि रू ५२ हजारको मैनबत्ती बिक्री गरेको थियो । मैनबत्ती बिक्रीबाट सङ्कलित रकम विद्यालयको गुणस्तर सुधारका लागि खर्च गरिने जनाइएको छ । उक्त विद्यालयले आफ्नो आर्थिक स्थिति सुधार तथा विद्यार्थीको पेशागत दक्षता हासिलका लागि प्रत्येक वर्ष मैनबत्ती उत्पादन गर्दै आएको छ । निजी स्रोतबाट पारिश्रमिक लिएर काम गर्ने शिक्षकहरुलाई पाल्न साहै्र गाह्रो भएकाले विद्यार्थीहरुले उत्पादन गरेको मैनबत्ती बिक्री गरी रकम सङ्कलन गर्न थालिएको थियो । अविभावकको लगानीमा विभिन्न शैक्षिक सामग्री र बालउद्यानसमेत रहेको उक्त विद्यालय जिल्लाकै पहिलो कागजरहित विद्यालयका रुपमा परिचित छ । विसं २०१८ मा स्थापना भएको उक्त विद्यालयमा हाल ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।रासस
News Desk 0 response सोमवार, कार्तिक १८, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९