

-
काठमाडौं । पर्वतका ३ सय ८ वटा सामुदायिक विद्यालयमा ४ सय ५० जना राहत र निजी श्रोतका शिक्षक कार्यरत छन् । प्राथमिक तहमा १ सय ३३, निम्नमाध्यमिक तहमा ९२ र माध्यमिकमा ७५ जना राहत शिक्षक छन् । तीन तहकै गरी १ सय ५० जना निजी श्रोतका शिक्षक कार्यरत छन् । निजी श्रोतमा सामुदायिक विद्यालयको प्राथमिक तहका शिक्षकलाई १४ हजार,निमाविलाई १८ र मावि तहका शिक्षकलाई २३ हजार तलव दिने व्यवस्था विद्यालयले गरे पनि उनीहरुले नियमित तलब पाउँदैनन् ।
पर्वतका सामुदायिक विद्यालयको प्राथमिक तहमा ११ सय ७८, निमाविमा २ सय ६९ र माविमा २ सय २९ जना शिक्षक दरबन्दी रहेको छ । अधिकांश विद्यालयले समयको माग भन्दै अंग्रेजी माध्यममा पठनपाठको व्यवस्था गरेका छन् । अंग्रेजी माध्यमका लागि अपुग शिक्षक विद्यालयले निजी श्रोतमा राखेका छन् । तर कुनै विद्यालयले निजी श्रोतका शिक्षकलाई ससमयमा तलब दिन सकेका छैनन् ।
सधैं आर्थिक सहयोग माग्नुपर्ने र शिक्षकलाई समयमा तलव दिन नसक्दा ७८ वटा बिद्यालय आर्थिक संकटमा परेका छन् । शिक्षकलाई तलव दिन नसकेर विद्यालयमा आर्थिक संकट परेको छ,एकातिर भने अर्कातिर विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकआपसमा गाभ्ने तयारी पनि गरिएको छ । पर्वतका सामुदायिक विद्यालयका तीन तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या ३४ हजार रहेको छ ।
पर्वतमा हाल सञ्चालनमा रहेका ७८ वटा माध्यमिक तह, निम्नमाध्यमिक र प्राथमिक तहसमेत गरी दुई सय वटै सामुदायिक विद्यालयको अवस्था दयनीय छ । भौतिकपूर्वाधार र विषयगत शिक्षकको व्यवस्था गर्न र विद्यालय शिक्षाको अहिलेको अवस्थाबाट सुधार गर्न तीन तहकै सरकारको मुख ताक्नुपर्ने अवस्था छ ।
News Desk 0 response सोमवार, कार्तिक १८, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


