
-
काठमाडौं । पर्वतका ३ सय ८ वटा सामुदायिक विद्यालयमा ४ सय ५० जना राहत र निजी श्रोतका शिक्षक कार्यरत छन् । प्राथमिक तहमा १ सय ३३, निम्नमाध्यमिक तहमा ९२ र माध्यमिकमा ७५ जना राहत शिक्षक छन् । तीन तहकै गरी १ सय ५० जना निजी श्रोतका शिक्षक कार्यरत छन् । निजी श्रोतमा सामुदायिक विद्यालयको प्राथमिक तहका शिक्षकलाई १४ हजार,निमाविलाई १८ र मावि तहका शिक्षकलाई २३ हजार तलव दिने व्यवस्था विद्यालयले गरे पनि उनीहरुले नियमित तलब पाउँदैनन् ।
पर्वतका सामुदायिक विद्यालयको प्राथमिक तहमा ११ सय ७८, निमाविमा २ सय ६९ र माविमा २ सय २९ जना शिक्षक दरबन्दी रहेको छ । अधिकांश विद्यालयले समयको माग भन्दै अंग्रेजी माध्यममा पठनपाठको व्यवस्था गरेका छन् । अंग्रेजी माध्यमका लागि अपुग शिक्षक विद्यालयले निजी श्रोतमा राखेका छन् । तर कुनै विद्यालयले निजी श्रोतका शिक्षकलाई ससमयमा तलब दिन सकेका छैनन् ।
सधैं आर्थिक सहयोग माग्नुपर्ने र शिक्षकलाई समयमा तलव दिन नसक्दा ७८ वटा बिद्यालय आर्थिक संकटमा परेका छन् । शिक्षकलाई तलव दिन नसकेर विद्यालयमा आर्थिक संकट परेको छ,एकातिर भने अर्कातिर विद्यार्थी संख्या कम भएका विद्यालयलाई एकआपसमा गाभ्ने तयारी पनि गरिएको छ । पर्वतका सामुदायिक विद्यालयका तीन तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या ३४ हजार रहेको छ ।
पर्वतमा हाल सञ्चालनमा रहेका ७८ वटा माध्यमिक तह, निम्नमाध्यमिक र प्राथमिक तहसमेत गरी दुई सय वटै सामुदायिक विद्यालयको अवस्था दयनीय छ । भौतिकपूर्वाधार र विषयगत शिक्षकको व्यवस्था गर्न र विद्यालय शिक्षाको अहिलेको अवस्थाबाट सुधार गर्न तीन तहकै सरकारको मुख ताक्नुपर्ने अवस्था छ ।
News Desk 0 response सोमवार, कार्तिक १८, २०७६


सम्बन्धित शीर्षकहरु
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९