संसदले सांसदका आचरणबारे अनुगमन गर्न समिति पनि बनाएको छैन
संसदका प्रमुख ब्यक्ति सभामुख हुन् । उनी नैतिक आचारणको घेरामा परेका छन् । नैतिकताको बिषयमा प्रहरीले पक्राउ गरेर उनलाई अनुसन्धान गरेको छ । हुनत संसदमा आचारका बारे समिति बनाउनु पर्ने नियम छ । सांसदका आचरणबारे अनुगमन गर्न कानुनमै समिति गठनको व्यवस्था छ । तर संघीय संसद नियमावलीमा रहेको व्यवस्था अनुसार सांसद आचारसंहिता अनुगमन समिति गठन हुनै सकेको छैन ।
-
काठमाडौं ।
फौजदारी र अन्य अपराधका घटनामा अनुसन्धान गर्ने कानुनी निकाय छन् । तर पदीय मर्यादाले नसुहाउने गतिविधिबाट सांसदलाइ रोक्न खबरदारी पनि आवश्यक छ ।
संसदका प्रमुख ब्यक्ति सभामुख हुन् । उनी नैतिक आचारणको घेरामा परेका छन् । नैतिकताको बिषयमा प्रहरीले पक्राउ गरेर उनलाई अनुसन्धान गरेको छ । हुनत संसदमा आचारका बारे समिति बनाउनु पर्ने नियम छ । सांसदका आचरणबारे अनुगमन गर्न कानुनमै समिति गठनको व्यवस्था छ । तर संघीय संसद नियमावलीमा रहेको व्यवस्था अनुसार सांसद आचारसंहिता अनुगमन समिति गठन हुनै सकेको छैन ।
संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कार प्रयासको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा असोज १९ गतेदेखि प्रहरी हिरासतमा छन् ।
नेपाली कांग्रेसका सांसद मोहम्मद आफताव आलम विष्फोटका घाइतेलाइ इँटा भट्टामा जिउँदै जलाएको र राजनीतिक शक्तिको आडमा १२ वर्षदेखि त्यो घटना दबाएको आरोपमा असोज २६ देखि हिरासतमै छन् ।
राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साह असोज २७ गते जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा भोलिपल्ट पक्राउ परी चार दिन हिरासतमा बसे । सांसदहरू संसदीय समितिमै अमर्यादित रुपमा प्रस्तुत हुने गरेका उदाहरण झन धेरै छन् । जेठ ७ गते सार्वजनिक लेखा समितिको बैठकमा सांसद अमनलाल मोदीले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि खनिएका थिए । सांसदहरू खराब आचरणको विवादमा एकपछि अर्को घटनामा मुछिए पनि यसको अनुगमन गर्ने संयन्त्र बनाउन भने संसदमा अनपेक्षित अरूचि रहेको पाइयो । संसद नियमावलीमा सांसदको आचरण अनुगमन गर्न सभामुखकै नेतृत्वमा समिति गठन गर्ने, सांसदहरूका आचरणमा उठेका प्रश्न र उजुरीको छानबिन गर्ने, आफै पनि जनप्रतिनिधिको अनुगमन गरी सचेत गराउन सक्ने व्यवस्था छ ।
तर पहिलो संविधानसभादेखि यो व्यवस्था गरिए पनि अहिलेसम्म समिति नै गठन गरिएको छैन ।
News Desk 0 response आइतवार, कार्तिक १७, २०७६
गलत आचरण नदेखाउन र सांसदहरु अनुशासनमा रहुन् भन्नका लागि उनीहरुको आचरण अनुगमन गर्न १३ सदस्यीय समिति गठनको व्यवस्था गरिएको हो । तर अहिलेसम्म आचरणलाई लिएर एक जना सांसदलाई पनि सचेत गराइएको छैन ।

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३