
-
काठमाण्डाै । नेपाल विद्युत् प्राधिकरणले जिल्लाका विभिन्न स्थानमा निःशुल्करुपमा मिटर वितरण गर्ने भएको छ । स्थानीय तह तथा वडाको सिफारिसका आधारमा अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितलाई विद्युत् मिटर निःशुल्करुपमा उपलब्ध गराउने नेपाल विद्युत् प्राधिकरण बैतडीका सुपरभाइजर माधवप्रसाद लेखकले बताउनुभयो । विभिन्न वडा तथा स्थानीय तहले सिफारिस गरेका व्यक्तिको नामावली सङ्कलनको काम भइरहेको र क्षेत्रीय कार्यालयबाट मिटर आउनेबित्तिकै विद्युत् मिटर उपलब्ध गराउने उहाँले बताउनुभयो । नयाँ विद्युतीकरण भएका ठाउँका नागरिकलाई विद्युत् मिटर निःशुल्करुपमा उपलब्ध गराउने सुपरभाइजर लेखकले बताउनुभयो । अहिलेसम्म दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाबाट अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितको नाम सिफारिस भएर आएको लेखकले बताउनुभयो । यसैबीच पाटन नगरपालिकाभित्रका ७५ जनाले निःशुल्करुपमा विद्युत् मिटर पाउने भएका छन् । नगरपालिकाभित्रका अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितलाई प्रत्येक वडामा विद्युत् मिटर वितरणको तयारी भएको पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । नगरपालिकाका एक वडाबाट सात जना र नगरपालिकाले सिफारिस गरेका पाँच जना गरी पाटन नगरपालिकाभरिका ७५ जनाले निःशुल्करुपमा विद्युत् मिटर पाउने भएका हुन् । विद्युत् प्राधिकरणको कार्यक्रमअनुसार वडा र नगरपालिकाले सिफारिस गरेका व्यक्तिको घरमा निःशुल्करुपमा विद्युत् मिटर वितरण गरिने नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । रासस
News Desk 0 response शुक्रबार, कार्तिक १५, २०७६


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९