

-
नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण सम्पन्न भएको हो । पुलको लम्बाइ ८६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ । झण्डै रु एक अर्ब लागतको उक्त पुल ‘अनक निर्माण सेवा’ले निर्माण गरेको हो । आर्थिक वर्ष २०७२÷७३ देखि निर्माण कार्य शुरु भएको सो पुल आव २०७६÷७७ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पुल निर्माण योजना कार्यान्वयन गराउने निकाय पुल योजना सेक्टर नम्बर ३ का योजना प्रमुख सुनिलबाबु पन्तका अनुसार सम्झौता अवधि पूरा हुन चार महीना अघि काम सम्पन्न भएको छ । अहिले पुलसम्म पुग्न सडक निर्माण भइरहेको छ । पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको यात्रा गर्नुपर्ने अवस्था थियो । “पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयवासीलाई धेरै गाह्रो भएको थियो । बर्खाको समयमा खोला बढेर वारपार गर्न सकिने अवस्था हुँदैनथ्यो”, पन्तले भन्नुभयो, “भनेको बेला सवारीसाधन नपाउँदा हैरानी हुन्थ्यो ।” पुल निर्माण पछि आयआर्जनमा टेवा पुग्नेछ । देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । यहाँ प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम सञ्चालनमा छ । पुलको अभावमा किसानले उत्पादनको बजारीकरण गर्न सकेका थिएनन् । पुल निर्माण भएसँगै राप्ती नदीपारिका किसानलाई कृषि उत्पादनको बजारीकरण गर्न सहज भएको छ । रासस
News Desk 0 response बुधबार, कार्तिक १३, २०७६


सम्बन्धित शीर्षकहरु
-
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चिनियाँ इञ्जीनियरलाई जासुसीको आरोपमा अमेरिकामा जेल सजाय
शुक्रबार, माघ १३, २०७९
-
लोकदोहोरी गायक भीम पौडेलको निधन
शुक्रबार, माघ १३, २०७९ -
प्रेम आचार्य आत्मदाह प्रकरण : मानव अधिकार..
शुक्रबार, माघ १३, २०७९ -
कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
शुक्रबार, माघ १३, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदली रहने
शुक्रबार, माघ १३, २०७९ -
चालीस रोपनीमा अनार खेती
बिहिबार, माघ १२, २०७९
-
धौलागिरिमा बेपत्ता दुई युवाको शव फेला
बिहिबार, माघ ५, २०७९ -
पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने
बुधबार, माघ ४, २०७९ -
अन्जुको शोकमा छ चाँदनी चोक
बुधबार, माघ ४, २०७९ -
तीन व्यक्तिबाट सात सय ३१ थान राहदानी..
बिहिबार, माघ ५, २०७९ -
विमान दुर्घटना : थप एक जनाको शव..
मङ्लबार, माघ ३, २०७९