

-
नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण सम्पन्न भएको हो । पुलको लम्बाइ ८६० मिटर तथा चौडाइ साढे १० मिटर रहेको छ । झण्डै रु एक अर्ब लागतको उक्त पुल ‘अनक निर्माण सेवा’ले निर्माण गरेको हो । आर्थिक वर्ष २०७२÷७३ देखि निर्माण कार्य शुरु भएको सो पुल आव २०७६÷७७ भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पुल निर्माण योजना कार्यान्वयन गराउने निकाय पुल योजना सेक्टर नम्बर ३ का योजना प्रमुख सुनिलबाबु पन्तका अनुसार सम्झौता अवधि पूरा हुन चार महीना अघि काम सम्पन्न भएको छ । अहिले पुलसम्म पुग्न सडक निर्माण भइरहेको छ । पुल निर्माण भएसँगै देउखुरीको राप्ती नदी वारपार गर्न सहज भएको छ । अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारिको क्षेत्रबाट वारि आउँदा कालाकाटे–भालुवाङ हुँदै करीब डेढ घण्टाको यात्रा गर्नुपर्ने अवस्था थियो । “पुल नहुँदा राप्ती नदी वारपार गर्ने दुवैतर्फका स्थानीयवासीलाई धेरै गाह्रो भएको थियो । बर्खाको समयमा खोला बढेर वारपार गर्न सकिने अवस्था हुँदैनथ्यो”, पन्तले भन्नुभयो, “भनेको बेला सवारीसाधन नपाउँदा हैरानी हुन्थ्यो ।” पुल निर्माण पछि आयआर्जनमा टेवा पुग्नेछ । देउखुरी क्षेत्र कृषि उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । यहाँ प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत मकै सुपरजोन कार्यक्रम सञ्चालनमा छ । पुलको अभावमा किसानले उत्पादनको बजारीकरण गर्न सकेका थिएनन् । पुल निर्माण भएसँगै राप्ती नदीपारिका किसानलाई कृषि उत्पादनको बजारीकरण गर्न सहज भएको छ । रासस
News Desk 0 response बुधबार, कार्तिक १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


