
-
जनकपुरधाम । मिथिलाञ्चलमा आज धनतेरस पर्व हर्षोल्लासकपूर्वक मनाइँदै छ । यो पर्व मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव भए पनि मिथिलाञ्चलमा आजका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रहेको छ । समाजका उच्च, मध्यम र निम्नवर्गले आ–आफ्ना आवश्यकता र विलासिताका महत्वपूर्ण चीजबीजको किनमेलका लागि आजको दिनलाई विशिष्ट दिन मान्ने गरेका छन् । यो पर्वमा किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्नेबारे कुनै निश्चित आधार नभए पनि धन्वन्तरीको प्रादुर्भाव समुद्र मन्थन भएको र उत्पन्न हुँदा हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले भाँडाकुँडा किनमेलको क्रम शुरु भएको विश्वास पाइन्छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीको प्रकटसँग स्वास्थ्य र धनको प्रसङ्ग रहेका कारण धन्वन्तरीको पूजाले भाग्योदय हुने मान्यता रहेको छ । त्यसैले भाडाँकुँडा, सुनचाँदीको किनमेल गरी धन्वन्तरी, यम र कुबेरको पूजा गरिने चलन छ । धनतेरसका दिन यमको पूजा गर्नाले अकाल मृत्युबाट रक्षा र कुबेरको पूजाले दरिद्रता नरहने मानिन्छ । आजका दिन नयाँ समान खरीद गर्दा पैसा १३ गुणा बढी हुन्छ भन्ने मान्यता रहिआएको छ । धातुले नकारात्मक ऊर्जालाई मेटाउने भएकाले आजका दिन सुन र चाँदीको खरीद गरी धनको वर्षा हुने आशा राख्ने गरेको पाइन्छ ।रासस
News Desk 0 response शुक्रबार, कार्तिक ८, २०७६


सम्बन्धित शीर्षकहरु
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९