

-
चितवनको कालिका नगरपालिकामा पर्ने सिन्ती झरनामा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । गर्मी समयमा घुइँचो लाग्ने सिन्ती झरनामा दशैँ–तिहारको समयमा पनि उत्तिकै भीडभाड छ । पाँच वर्षअघिसम्म खासै चर्चामा नरहेको यो झरना कालिका नगरपालिकाको वडा नं ९ र १० को सिमानामा पर्छ । त्यसयता हजारौँ पर्यटकले झरनाको आनन्द लिइसकेका छन् । झरनामा अहिले दैनिक २०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् । सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पूर्वमा रहेको यो झरना पुग्न शक्तिखोर हुँदै दोगरासम्म गाडी चढेर जान सकिन्छ । शक्तिखोर–सिद्धी सडकखण्डअन्तर्गत दोगराबाट साढे दुई किलोमिटरको दूरीमा रहेको सिन्ती झरना पैदल हिँडेर ४५ मिनेटमा पुग्न सकिन्छ । चितवनको गर्मीले आत्तिएकालाई शीतल आनन्द दिने सबैभन्दा नजिकको झरना बनेको छ सिन्ती । सिन्ती झरनाले त्यहाँ पुग्ने सबैको मन लोभ्याउने गरेको छ । भरतपुरबाट पहिलोटक सिन्ती झरना आउनुभएका रोशन पौडेल सिन्तीको शितलताले मन चङ्गा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उकालो चढ्दा यो बाटो फर्किएर आउँदिन भन्ने लागेको थियो तर सिन्तीमा आइसकेपछि सबै बिर्सिएँ ।” उहाँले झरना क्षेत्रमा आवश्यक पूर्वाधार र व्यवस्थापनको अभाव रहेको त्यसमा ध्यान दिन नगरपालिकालाई आग्रह गर्नुभयो । महाभारत पर्वत शृङ्खलाअन्तर्गत सिन्ती खोलाको मुहानबाट निस्किएकाले यसलाई सिन्ती झरना भनिएको स्थानीयवासी बताउँछन् । झरनाको लम्बाइ करीब ४० मिटर र चौडाइ करीब सात मिटर छ । सिन्तीको तल्लो तहमा पोखरी छ । सिन्तीमा जाडोको तीन महीनाबाहेक अन्य समयमा यहाँ पर्यटकहरु आउँछन् । झरनामा रमाउन र नुहाउनका लागि मानिस समूह–समूह बनाएर आउने गरेको कालिका पर्यटन विकास समितिका अध्यक्ष हिम्मत पुरीले बताउनुभयो । यहाँ आउने अधिकांश पर्यटक आन्तरिक हुने गरेको उहाँले बताउनुभयो । झरनामा क्यानोनिङका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माणको काम भइरहेको पुरीले जानकारी दिनुभयो । पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दै गएपछि नगरपालिकाले पनि पूर्वाधार निर्माणमा जोड दिएको छ । गत वर्षको बजेटबाट झरना नजिकै पुरुष र महिलाको छुट्टाछुट्टै कपडा फेर्ने कोठा, दुई स्थानमा शौचालय र झरनासम्म पुग्ने सिँढी सुधारको काम गरेको नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले बताउनुभयो । चालू आर्थिक वर्षमा नगरपालिकाको तर्फबाट रु ४० लाख र प्रदेश सरकारको तर्फबाट रु ६० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा सिन्ती झरनालाई जिल्लाकै पर्यटकीय गन्तव्यका रुपमा विकास र प्रचारप्रसार गर्ने प्रमुख श्रेष्ठको धारणा छ । “यस वर्ष झरनामा आवश्यक भौतिक संरचनासँगै व्यवस्थापनमा ध्यान दिन्छौँ”, प्रमुख श्रेष्ठले भन्नुभयो, “कर्मचारी राखेर दैनिक सरसफाइसमेत गर्छाँै ।” उहाँले पर्यटकबाट केही शुल्क उठाएर भए पनि व्यवस्थापनको पक्षमा ध्यान दिइने उल्लेख गर्नुभयो । स्थानीयवासी तिलक मगरले सिन्ती झरनामा पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणमा काम गर्नुपर्ने बताउनुभयो । “पर्यटकलाई आउने बाटो सजिलो बनाउने हो भने अझै धेरै पर्यटक यहाँ आउँछन्”, उहाँले भन्नुभयो । पहिले सुनसान हुने झरना क्षेत्रमा अहिले पर्यटकको चहलपहलले उत्साहित बनाएको उहाँको भनाइ छ । यस वर्ष नगरपालिकाले झरनाको द्वार निर्माण, बाटोघाटो सुधार, सरसफाइ, विश्रामस्थल, वनभोजस्थललगायतका संरचना निर्माण गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिनुभयो । झरनास्थलसम्म बिजुली बत्तीको व्यवस्था, झरना जाने पैदलमार्ग सुधार एवं निर्माण गर्नेजस्ता योजना नगरपालिकाले बनाएको उहाँले बताउनुभयो । “सिन्ती झरना नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य हो”, उहाँले भन्नुभयो, “पहिलो प्राथमिकतामा राखेर हामीले काम गर्छौँ ।” रासस
News Desk 0 response शुक्रबार, कार्तिक ८, २०७६

सम्बन्धित शीर्षकहरु
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहिबार, बैशाख ३, २०८३
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा समितिमा कांग्रेसलाई समर्थन गर्ने
बिहिबार, बैशाख ३, २०८३-
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
विश्वकपमा इरानको सहभागिता सुनिश्चित : फिफा अध्यक्ष
बिहिबार, बैशाख ३, २०८३ -
मध्यपूर्व युद्धका बाबजुद चीनको आर्थिक वृद्धि अपेक्षाभन्दा..
बिहिबार, बैशाख ३, २०८३ -
जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…
बुधबार, बैशाख २, २०८३
-
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…
बुधबार, बैशाख २, २०८३ -
यूएईले १२८ जना नेपालीलाई आममाफी दियो
बुधबार, बैशाख २, २०८३ -
आज देशका थोरै ठाउँमा छिटपुट वर्षाको सम्भावना
बुधबार, बैशाख २, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
अमेरिका र इरानबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत
बुधबार, चैत्र २५, २०८२ -
इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सहमति
बुधबार, चैत्र २५, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
सबैभन्दा कम उमेरमा उपसभामुख भइन् रुबी
शुक्रबार, चैत्र २७, २०८२



