सेनामा भ्रष्टाचारको अर्को नालीबेली
फास्टट्रयाक, विकास निर्माण, हवाई सेवातर्फ अनियमितताबारे व्यापक कुरा उठेको, ठेकेदार र सैनिक अधिकारीबीचमै मिलेमतोका उजुरी बढेपछि त्यहाँका पुराना टेण्डर रद्द गरिएका छन् । अहिले धमाधम पुराना ठेकेदारका बाँकी–बक्यौता फस्र्यौट गर्दै बिदा दिने क्रम चलेको छ । र, ती ठेकेदारले गरेका काम जहाँ पुगेको थियो, त्यहीँ रोकेर तिनै कामका लागि पुनःटेण्डर खोलिएको छ ।
-
काठमाडौं ।
भ्रष्टाचारको अघिल्लो मामिलामा संलग्न सैनिक अधिकारीहरू नसमातिँदै त्यही काममा खटिएका बहालवाला हाकिम भने धमाधम सेकिन थालेका छन् ।
News Desk 0 response बुधबार, कार्तिक ६, २०७६
निजगढ–काठमाडौं दू्रतमार्ग (फास्टट्रयाक) निर्माण गर्दा भ्रष्टाचार मौलाएबापत सर्वत्र आलोचित भएपछि जंगी अड्डाले निर्ममतापूर्वक छानबिन प्रक्रिया अगाडि बढाइरहँदा पूर्वचिफ राजेन्द्र क्षत्री अमेरिका पुगेका छन् भने पूर्वप्राविधिक जर्नेल योगेन्द्र खाँण पनि बयान दिनैमा व्यस्त छन् । यस प्रकरणमा अर्का जर्नेल शरद्लाल श्रेष्ठ पनि तानिएका छन् । उनको ठाउँमा कर्णेल विकास पोखरेल खटिएको रक्षा स्रोतले जनाएको छ । अहिले तानिएका शरद्लाललाई जेठ २० गते योगेन्द्र खाँणले बरबुझारथ गरेका थिए ।
शरद्लाललाई तानेसँगै प्रधानसेनापति पूर्णचन्द्र थापाले भनेका थिए, ‘सही आचरण भएन भने जुन लेभलको कमाण्ड भए पनि झारेर काम लगाउँछु, टु डाउन (धेरै गिराउने) पनि हुनसक्छ ।’ अर्थात्, दुईतारे जर्नेलले कमाण्ड गरेको युनिटमा कर्णेल पठाउनु भनेको कमाण्ड झार्नु हो । कामको लगनशीलता र त्यसको परिणामका लागि त्योभन्दा पनि मुनीका अधिकृत पठाउनुपर्ने भए त्यसका लागि पनि तयार भएको प्रधानसेनापतिले रक्षामन्त्रीलाई ब्रिफ गरेका छन् ।
फास्टट्रयाक, विकास निर्माण, हवाई सेवातर्फ अनियमितताबारे व्यापक कुरा उठेको, ठेकेदार र सैनिक अधिकारीबीचमै मिलेमतोका उजुरी बढेपछि त्यहाँका पुराना टेण्डर रद्द गरिएका छन् । अहिले धमाधम पुराना ठेकेदारका बाँकी–बक्यौता फस्र्यौट गर्दै बिदा दिने क्रम चलेको छ । र, ती ठेकेदारले गरेका काम जहाँ पुगेको थियो, त्यहीँ रोकेर तिनै कामका लागि पुनःटेण्डर खोलिएको छ ।
त्यस्तै, आर्थिक अनियमितताका विषयमा समय–समयमा कुरा उठ्ने सर्भिस सपोर्ट युनिटमा पनि सुधार ल्याउने गरी जंगी अड्डा अगाडि बढेको छ । सैनिक अस्पताल, स्कुलजस्ता सेवालाई ‘संवेदनशील क्षेत्र’ का रुपमा लिने गरिन्छ ।

सम्बन्धित शीर्षकहरु
-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३

बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३