

-
काठमाडौं ।
सरकारले अवकाशप्राप्त कर्मचारीको पेन्सन घटाउन डेढ दशक पहिल्यै अघि सारेको योगदानमा आधारित योजना चालु आर्थिक वर्षदेखि मात्र लागू गरेको छ । यता, सरकारको आर्थिक सल्लाहकार राष्ट्र बैंकले भने तिहारलगत्तै आह्वान गर्न लागेको झण्डै ३० जना अधिकृत नियुक्तिसम्बन्धी विज्ञापनमा योगदानमा आधारित पेन्सनको व्यवस्था उल्लेख छैन । कर्मचारी विनियमावलीमा संशोधन नभएकाले परम्परागत पेन्सनको व्यवस्था यथावत हुनेगरी विज्ञापन गर्न लागिएको स्रोत बताउँछ । बैंकले झण्डै ३ हजार कर्मचारी र तिनका परिवारलाई अहिले पनि मासिक पेन्सन दिने गर्छ । हाल कार्यरत झण्डै १ हजार कर्मचारीले पनि पेन्सन पाउने भएसँगै आगामी ५० देखि ६० वर्षसम्म परम्परागत पेन्सनको भार रहनेछ । यसबाट सरकारले प्रत्येक वर्ष बैंकको आम्दानीबाट पाउने झण्डै १ अर्ब रुपैयाँ गुम्नेछ । अझै पनि योगदानमा आधारित पेन्सन लागू नहुने हो भने सरकारले ६ दशकसम्म उक्त रकम गुमाइरहनेछ ।
News Desk 0 response बुधबार, कार्तिक ६, २०७६
हालै दिवंगत तत्कालीन अर्थमन्त्री मधुकरसमशेर राणाले घोषणा गरेको उक्त योजना राजाको शासनकालका सबै निर्णय उल्टाउने सरकारी निर्णयसँगै बेवारिस भएको थियो । तर, चालु वर्षको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले पुनः उल्लेख गरेपछि गत साउनदेखि लागू भएको छ ।

सम्बन्धित शीर्षकहरु
-
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३ -
बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले..
आइतवार, जेष्ठ १०, २०८३ -
इरानविरुद्ध नयाँ सैन्य आक्रमणको गर्ने तयारीमा ट्रम्प
शनिबार, जेष्ठ ९, २०८३
-
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३ -
बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले..
आइतवार, जेष्ठ १०, २०८३ -
इरानविरुद्ध नयाँ सैन्य आक्रमणको गर्ने तयारीमा ट्रम्प
शनिबार, जेष्ठ ९, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३
-
लगातार ३ दिन घटेको शेयर बजार साताको..
शुक्रबार, जेष्ठ १, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३



