

बयान भन्दा पनि प्रमाणको आधारमा कृष्णबहादुर महराको मुद्धा अघि बढ्ने
जबरजस्ती करणीको मुद्दामा पीडितले एकपटक जाहेरी वा सूचना दिइसकेपछि दोषीले सजायबाट उन्मुक्ति नपाउने नजिर ९ वर्षअघि सर्वोच्च अदालतले नै स्थापित गरिसकेको छ । सिन्धुलीका नारायण पौडेल खत्रीको मुद्दामा पीडित महिलाले पौडेलसँग विवाह गरेर ७ वर्षको छोरीसमेत भैसकेको अवस्थामा पनि अदालतले ती पुरूषलाइ दण्डित गरेको थियो । महिलाले तिनै पुरूषसँग विवाह भैसकेको र जबरजस्ती करणी नभएको भन्दै बयान दिए पनि अदालतले त्यसलाइ मान्यता दिएन ।
-
काठमाडौं ।
जबरजस्ती करणी प्रयासको आरोपमा पक्राउ परेको दुइ सातापछि पूर्वसभामुख कृष्णबहादुर महरासँग सरकारी वकिलले बयान लिए । तर पीडित भनिएकी महिलाका तर्फबाट विरोधाभासपूर्ण अभिव्यक्ति आईरहेका छन् । ती महिलाले आफूमाथि जबरजस्ती करणी प्रयास नभएको भन्दै अदालतमा समेत निवेदन भएकी छन् । तर के एकपटक जबरजस्ती करणी भएको भन्दै प्रहरीमा जाहरी समेत दिएर अदालत पुगिसकेको मुद्धामा पीडितले बोली फेरेकै भरमा मुद्दा प्रभावित हुन सक्छ रु कानुनविदहरूका अनुसार अन्य प्रमाणले महरालाइ दोषी देखाएमा महिलाको बयान फेरिएकै भरमा सफाइ पाउन सक्दैनन् । प्रहरीका अनुसार, महरा साँझपख ती महिलाको डेरामा पुगेको कुरा स्थापित भइसकेको छ । महिला स्वयंले महराका छोरादेखि अन्य महिला नेतासम्मलाई गरेको एसएमस पनि महराकाविरूद्ध प्रमाण लाग्ने अवस्था छ । त्यसैले महिलाले आफूलाई केही भएकै छैन भनेका भरमा निर्दोष सावित हुन मुस्किल छ ।
महरा फौजदारी मुद्धामा परेका कारण महिलाले बयान फेरेको अवस्थामा केही नहुने बकिलहरु बताउँछन् ।जबरजस्ती करणीको मुद्दामा पीडितले एकपटक जाहेरी वा सूचना दिइसकेपछि दोषीले सजायबाट उन्मुक्ति नपाउने नजिर ९ वर्षअघि सर्वोच्च अदालतले नै स्थापित गरिसकेको छ । सिन्धुलीका नारायण पौडेल खत्रीको मुद्दामा पीडित महिलाले पौडेलसँग विवाह गरेर ७ वर्षको छोरीसमेत भैसकेको अवस्थामा पनि अदालतले ती पुरूषलाइ दण्डित गरेको थियो । महिलाले तिनै पुरूषसँग विवाह भैसकेको र जबरजस्ती करणी नभएको भन्दै बयान दिए पनि अदालतले त्यसलाइ मान्यता दिएन । बरू अदालतको मुद्दा कमजोर बनाउन बाहिरै गरिने कुनै पनि प्रकारका मिलेमतो, सम्झौता, लेनदेन र बयान परिवर्तन अर्को दण्डनीय कार्यका रूपमा कानुनले अर्थ्याएको छ । महरामाथि सकारवादी मुद्दा चल्ने भएकाले उनलाई दोषी करार गर्न सकारी वकिलले नै बहस गर्नेछन् । पीडित भनिएकी महिला त केवल साक्षी मात्र हुनेछन् । त्यसैले उनले बयान जस्तोसुकै दिए पनि प्रहरीले संकलन गरेका प्रमाणका आधारमा मुद्दा अघि बढ्नेछ ।
News Desk 0 response मङ्लबार, कार्तिक ५, २०७६

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन : सरकारका प्रवक्ता
शुक्रबार, जेष्ठ २९, २०८३
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर
बिहिबार, जेष्ठ २८, २०८३-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



