

रौतहटमा बम बिष्फोट अनुसन्धानमा प्रहरीको कमजोरी रहेको तत्कालिन प्रजिअ भण्डारीको खुलासा
तत्कालिन अवस्थामा रौतहटको प्रजिअ रहेका भण्डारीले भने घटना भएको थाहा पाएलगत्तै आफूले प्रहरीलाई सत्यतथ्य बुझन जानकारी निर्देशन दिएको र प्रहरी घटनास्थलमा गएको बताएका छन् ।
-
काठमाडौं । रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटको घटना हुँदा तत्कालिन प्रमुख जिल्ला अधिकारी रहेका दुर्गा भण्डारीले आफूले प्रहरीलाई सत्यतथ्य बुझेर घटनाको अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन्।
२७ चैत २०६४ साँझ ६.१५ बजे रौतहट–२ बाट नेपाली कांग्रेसका तर्फबाट संविधान सभाको निर्वाचनमा उम्मेदवार रहेका मोहम्मद आफताब आलमले चुनाव प्रभावित गर्ने उद्देश्यले बम बनाउने क्रममा विस्फोट हुँदा २ नेपालीसहित भारतीय नागरिकहरूको मृत्यु भएको थियो । तर, मृतकको संख्या यकिन हुन सकेको छैन ।
स्थानीयका अनुसार, विस्फोटमा घाइते तथा मृतकहरुलाई नजिकैको इँटाभट्टामा जलाएको आरोप आलममाथि छ ।
१२ वर्ष पुरानो मुद्दामा २६ असोजमा पक्राउ परेका आलमले २ कार्तिकमा सरकारी वकिल कार्यालयमा दिएको वयानमा घटना कपोलकल्पित भएको बताएका छन् ।
तत्कालिन अवस्थामा रौतहटको प्रजिअ रहेका भण्डारीले भने घटना भएको थाहा पाएलगत्तै आफूले प्रहरीलाई सत्यतथ्य बुझन जानकारी निर्देशन दिएको र प्रहरी घटनास्थलमा गएको बताएका छन् ।
तत्कालिन प्रहरी प्रमुख रहेका एसपी लक्ष्मण न्यौपानेले बिस्फोटबाट भएको मानवीय क्षति बारे आफूलाई कुनै रिपोर्टिङ नगरेको भण्डारीको दाबी छ ।
चुनावको व्यस्तताले सवै कुरा बुझ्न नपाएको बताउँदै उनले आफ्नो बढुवा भएकाले मतगणना सकिएको भोलीपल्टै काठमाडौं आएको र त्यसपछि घटनाबारे अनभिज्ञ रहेको बताए ।घटनाकै रात इलाका प्रहरी कार्यालयका प्रहरी इञ्चार्जको सरुवा भएको विषय आफ्नो जानकारीमा नरहेको र अहिले पत्रपत्रिकामार्फत थप कुरा थाहा पाइरहेको पनि भण्डारीले बताए । “बम विस्फोट भएको थियो, प्रहरी घटनास्थलमा पुगेका पनि हुन्”, तत्कालिन प्रजिअ भण्डारीले कुरा गर्दै भने, “तत्कालिन अवस्थामा प्रहरीको भूमिका ठीक देखिएन, मैले राष्ट्रिय मानवअधिकार आयोगसँगको वयानमा पनि यही कुरा भनेको छु ।”
News Desk 0 response सोमवार, कार्तिक ४, २०७६
हिमालखवर

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



