

-
काठमाडौ ।
नेकपाका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाह्य लगानी जुटाउनका लागि सरकारले उपर्युक्त वातावरण सृजना गर्नुपर्ने सुझाव दिनुभएको छ ।
News Desk 0 response शनिबार, कार्तिक २, २०७६
गैर आवासीय नेपालीलाई मात्र नभै विदेशीहरु पनि नेपालमा लगानी गर्नका लागि पूर्वाधार बनाउनुपर्ने उहाको धारणा थियो ।
‘नेपालमा घुम्नको लागि होस्, लगानी गर्नको लागि होस्, विकास निर्माणमा लगानी गर्न होस्, नेपाल उत्तम गन्तव्यस्थल बनाउनुपर्छ । यसका लागि हामीले सबै न्यूनतम पूर्वाधारहरु तयार गर्नुपर्छ, अनुकूल वातावरण सिर्जना गर्न सक्नुपर्दछ’, नेपालले भन्नुभयो ।
समृद्ध नेपाल निर्माणमा एनआरएनहरुको भमिका विषयमा सञ्चार केन्द्र नेपालले शनिवार काठमाडौंमा गरेको कार्यक्रमका प्रमुख वक्ता नेपालले सडक होस् या सामुन्द्रिक बाटो, विकासका लागि मुख्य आधार हुने भएकाले सरकारले त्यसलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
‘विकसित मुलुकहरु अमेरिका र भारतको राम्ररी अध्ययन गर्ने हो भने तपाईहरुले देख्नुहुन्छ बाटोको निर्माण । उनीहरुले पछि ९१÷२ सय० वर्ष सम्मको कुरालाई ध्यानमा राखेर बाटोको निर्माण गरेको छ । तर हाम्रोमा बाटो निर्माण संकुचित प्रवृत्तिको छ’ नेपालले बताउनुभयो ।
हामीले सयवर्षभित्र ८ लेनको वा १२ लेनको बाटो चाहिन्छ भने अहिल्यै १२ लेनको बाटो बनाउने होइन तर जग्गा भने छुट्याउनुपर्दछ । अहिले २ लेनको मात्र आवश्यक छ भने २ लेनको मात्र बनाउनुपर्छ आवश्यकता अनुसार त्यसलाई थप्दै थप्दै जानुपर्ने उहाको भनाई छ ।
उहाँले एनआरएनमा शुक्रबार मात्रै निर्वाचित कुमार पन्तसहितको प्यानललाई बधाई दिंदै स्वदेशमा समृद्धिको अभियानमा सघाउन आग्रह पनि गरेका थिए ।
कार्यक्रममा बोल्दै दक्षिण कोरियाका एनआरन नेता डा देवीबहादुर बस्नेतले नेपालले अहिले स्थायी सरकार भएकाले बाह्य लगानी भित्र्याउने वातावरण बनाउन सुझाव राख्नुभएको थियो । पहिले देशभित्रै समृद्धिको आधार खोजेपछि मात्रै बाह्य विकल्पमा लाग्न सरकारलाई आग्रह पनि गर्नुभयो । त्यसका लागि पूर्वाधार र अन्य वातावरण हुनुपर्ने बताउनुभयो ।
त्यस्तै एनआरएन अष्ट्रेलियाका नेता देवबहादुर गुरुङ्गले नेपाल र नेपालीमाझ आफूहरु जहा रहेपनि सदा सेवा गर्न तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा एनआरन जापानका नेता महेन्द्रकुमार श्रेष्ठ, सञ्चार केन्द्रका अध्यक्ष गोविन्दप्रसाद चौंलागाईसहितले एनआरएनको भूमिकाबारे बोलेका थिए । कार्यक्रमको सञ्चालन दुर्गा चौलागाईंले गर्नुभएको थियो ।

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


