

-
काठमाडौं ।
ट्रक ब्यवसायीहरुको संलग्नतामा सञ्चालन सुरु भएको सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थाले नौ बर्ष पार गरेको छ । तातोपानी नाकामा सञ्चालन हुने कन्टेनरका लगानीकर्ताको पहलमा सञ्चालन भएको यो सहकारीको नवौ बार्षिक साधारणसभामा सहकारीको बिगतको समीक्षा र आगामी कार्ययोजना तयार गरिएको छ ।
नेपाल उद्योगा बाणिज्य महासंघका केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन भएको साधारणसभामा आर्थिक तथा संगठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका सचिव प्रल्हाद थापाले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै कोषाध्यक्ष रामहरि कार्कीले आयब्यव बिवरण पेश गरेका थिए । प्रतिवेदनमा कुल ३१ करोड ३३ लाख रुपैयाँ बचत देखाईएको छ । साथै,अनुमाति बचत ४६ करोड उल्लेख गरिएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष बच्चु पौडेले आर्थिक बर्ष ०७५÷०७६को शेयर सदस्य १ हजार ७ सय ८७ पुगेको जानकारी दिए । यसलाई अझ बढाउँदै लैजाने योजना रहेको पौडेलले जानकारी दिए । बचत बृद्धिका नयाँ योजना निर्माण गरेर बचत बढाउने योजना बनाईरहेको पौडेलको भनाई छ । कार्यक्रममा निवर्तमान अध्यक्ष बिष्णुबहादुर खत्रीले उपस्थित सवैलाई स्वागत गरेका थिए । प्रमुख अतिथि कमलकुमार श्रेष्ठले यो सहकारीले धेरै मजदुरलाई मालिक बनाउन सहयोग गरेका कारण पनि प्रशंशा गर्नुपर्ने बताए ।
News Desk 0 response शनिबार, कार्तिक २, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
प्रयोग नै नगरी थन्कियो दमकल
मङ्लबार, माघ २४, २०७९ -
जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था..
मङ्लबार, माघ २४, २०७९ -
मीन भवन क्याम्पसमा नेविसङ्घ दुई पक्षबीच विवाद
मङ्लबार, माघ २४, २०७९ -
सांसद चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ..
मङ्लबार, माघ २४, २०७९ -
नायक शाहलाई अदालतमा उपस्थित गराउन आदेश
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९