

-
काठमाडौं ।
ट्रक ब्यवसायीहरुको संलग्नतामा सञ्चालन सुरु भएको सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थाले नौ बर्ष पार गरेको छ । तातोपानी नाकामा सञ्चालन हुने कन्टेनरका लगानीकर्ताको पहलमा सञ्चालन भएको यो सहकारीको नवौ बार्षिक साधारणसभामा सहकारीको बिगतको समीक्षा र आगामी कार्ययोजना तयार गरिएको छ ।
नेपाल उद्योगा बाणिज्य महासंघका केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालन भएको साधारणसभामा आर्थिक तथा संगठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका सचिव प्रल्हाद थापाले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै कोषाध्यक्ष रामहरि कार्कीले आयब्यव बिवरण पेश गरेका थिए । प्रतिवेदनमा कुल ३१ करोड ३३ लाख रुपैयाँ बचत देखाईएको छ । साथै,अनुमाति बचत ४६ करोड उल्लेख गरिएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष बच्चु पौडेले आर्थिक बर्ष ०७५÷०७६को शेयर सदस्य १ हजार ७ सय ८७ पुगेको जानकारी दिए । यसलाई अझ बढाउँदै लैजाने योजना रहेको पौडेलले जानकारी दिए । बचत बृद्धिका नयाँ योजना निर्माण गरेर बचत बढाउने योजना बनाईरहेको पौडेलको भनाई छ । कार्यक्रममा निवर्तमान अध्यक्ष बिष्णुबहादुर खत्रीले उपस्थित सवैलाई स्वागत गरेका थिए । प्रमुख अतिथि कमलकुमार श्रेष्ठले यो सहकारीले धेरै मजदुरलाई मालिक बनाउन सहयोग गरेका कारण पनि प्रशंशा गर्नुपर्ने बताए ।
News Desk 0 response शनिबार, कार्तिक २, २०७६

सम्बन्धित शीर्षकहरु
-
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३
-
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३




