
-
काठमाडाै । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वमा कुमार पन्त एक हजार २१७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँ सङ्घको आगामी दुई वर्षका लागि प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै विजयी हुनुभएको हो । अध्यक्षका अर्का प्रत्यासी आचार्यले एक हजार ७० मत प्राप्त गर्नुभएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष पन्तले जीत आफ्नो मात्र नभएर सबै गैरआवासीय नेपालीको भएको प्रतिक्रिया दिनुभयो । सबैलाई एकताबद्ध बनाएर लैजानेसमेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । बिहीबार बिहान १०ः०० बजेदेखि शुरु भएको मतदान दिउँसो ४ः०० बजेसम्म भएको थियोे । बिहीबार रातिदेखि शुरु भएको मतगणना आज अपराह्न सम्पन्न भएको थियो । यसैगरी उपाध्यक्षमा डा बद्री केसी एक हजार १६१, अर्जुकुमार श्रेष्ठ एक हजार २६, मनकेसी ९६१ र सोनाम लामा ८९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । सङ्घको महिला उपाध्यक्षमा रविना थापा एक हजार २३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा डा हेमराज शर्माले एक हजार १३९, सचिवद्वयमा गौरीराज शर्मा ९१६ र आरके शर्मा ८६८ मत प्राप्त गरी विजयी हुनुभएको छ । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ एक हजार ६५३ र सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल एक हजार १८४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यसैगरी महिला संयोजकमा शोभादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ, क्षेत्रीय संयोजक (अफ्रिका)मा रोशन थापा, क्षेत्रीय महिला संयोजक (अफ्रिका) मनकला थापा विष्ट, क्षेत्रीय संयोजक (अमेरिकाज्)मा राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक (अमेरिकाज्)मा रामसी पोखरेल, क्षेत्रीय महिला संयोजक (अमेरिकाज्) मा उमा कार्की थापा, क्षेत्रिय युवा संयोजक (अमेरिकाज्) मा विमला सापकोटा निर्वाचित हुनुभएको छ । यसैगरी क्षेत्रीय संयोजक (एशिया प्रशान्त) गोविन्द श्रेष्ठ, क्षेत्रीय उपसंयोजक (एशिया प्रशान्त) खगेन्द्र न्यौपाने र पारशमणि पोखरेल, क्षेत्रीय महिला संयोजक (एशिया प्रशान्त) अमृता थापा क्षेत्रीय युवा संयोजक (एशिया प्रशान्त) दीपकप्रसाद कँडेल निर्वाचित हुनुभएको छ । यसैगरी क्षेत्रीय संयोजक (मध्यपूर्व)मा प्रविण गुरुङ, क्षेत्रीय उपसंयोजक (मध्यपूर्व)मा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल क्षेत्रीय महिला संयोजक (मध्यपूर्व) सुमित्रा देवी पौडेल, क्षेत्रीय युवा संयोजक (मध्यपूर्व)मा राजु रेग्मी निर्वाचित हुनुभएको छ । यसैगरी क्षेत्रीय संयोजक (युरोप)मा नारायणप्रसाद आचार्य, क्षेत्रीय उपसंयोजक (युरोप)मा कृष्णप्रसाद तिमिल्सेना, मुक्तबहादुर गुरुङ र शुक्रराज न्यौपाने, क्षेत्रीय महिला संयोजक (युरोप) कुमारी योगिता थापा, क्षेत्रीय युवा संयोजक (युरोप) जयकृष्ण ठाकुर निर्वाचित हुनुभएको छ । यसैगरी क्षेत्रीय संयोजक (ओसियाना)मा हेमराज पाण्डे, क्षेत्रीय उपसंयोजक (ओसियाना) नवीन कँडेल, क्षेत्रीय महिला संयोजक (ओसियाना) जानकी पौडेल र क्षेत्रीय युवा संयोजक (ओसियाना) राजकुमार थपलिया निर्वाचित हुनुभएको छ । निर्वाचनमा करीब दुई हजार ३०० मत खसेको थियो । गत असोज २८ गतेदेखि सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन शुरु भएको हो । कूल ४२ पदका लागि भएको निर्वाचनमा ७६ प्रतिस्पर्धी हुनुहुन्थ्यो । तीन दिनसम्म चलेको सम्मेलनमा ८१ देशका गैरआवासीय नेपाली सहभागी थिए । रासस
News Desk 0 response शुक्रबार, कार्तिक १, २०७६


सम्बन्धित शीर्षकहरु

काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९-
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९ -
मन्त्री आले र ईयू राजदूतबीच भेट, नेपाली..
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९