

-
जलेश्वर ।महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सो सडकखण्डको सम्सी गाउँपालिका–२ पर्सामा बालुवा बोकेर गौशालाबाट सम्सीतिर जाँदै गरेको ज१क ४६६ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय शेष कलिमका आठ वर्षीय छोरा शेष औकादको मृत्यु भएको हो । टिपर तीव्र गतिमा गइरहेका बेला अचानक बाटो काट्न खोजेका बालकको किचिएर घटनास्थलमै मृत्यु भएको हो । मृतक बालकको शव सडकमै राखेर क्षतिपूर्तिको माग गर्दै आफन्त तथा स्थानीयले सो सडकखण्ड चक्काजाम गरेका छन् । पोखरीमा डुबेर बालिकाको मृत्यु महोत्तरीको महोत्तरी गाउँपालिका– ६ हरिगौरीगामा पोखरीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीया चाँदनीकुमारी बरही ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । बालिका ठाकुर साथीसँग घर नजिकैको पोखरीमा नुहाउन गएका बेला पानीभित्र पुगेपछि डुबेर मृत्यु भएको हो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । रासस
News Desk 0 response शुक्रबार, कार्तिक १, २०७६

सम्बन्धित शीर्षकहरु
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
चिसोबाट जोगिन के गर्ने के नगर्ने ?
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२
-
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२ -
देशभरको मौसम सफा
बिहिबार, कार्तिक २८, २०८२ -
सदर चिडियाखानामा कालो रङको चितुवा
बुधबार, कार्तिक २७, २०८२ -
प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको भेटवार्ता
बुधबार, कार्तिक २७, २०८२ -
ट्रम्पद्वारा ‘एच–वान बी’ भिसाको बचाउ, अमेरिकासँग पर्याप्त..
बुधबार, कार्तिक २७, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



