

-
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै उहाँले हाम्रो देश हामीले नै बनाउने हो, कानूनी राज्य पालना, सुशासन कायम र भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न हामी सबै लाग्नुपर्छ भन्नुभयो । प्रधानमन्त्री ओलीले केही पनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला, तिनीहरुले आँखा चिम्लेर हेरेको हुनसक्छ, आँखा खोलेर हेर्दा जनताका लागि धेरै काम अगाडि बढेका छन् भन्नुभयो । उहाँले भन्नुभयो, “जनताका लागि धेरै काम भएका छन् । जस्तै बृद्ध भत्ता बृद्धि, बिजुलीमा जनताको लगानी, पोखरा र भैरहवा विमानस्थल, द्रुत मार्गको निर्माण द्रुत, पेट्रोलियम पाइपलाइन शुरुआत, सयौँ पुल निर्माण, कोशीमा स्टिमर सञ्चालन, वैदेशिक लगानीमा वृद्धि, चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण, बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्यलगायत छन् । ”् प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध रहेको चर्चा गर्दै विविधतामा एकता छ भन्नुभयो । उहाँले विविधताको एकतालाई कसैले विखण्डन गर्न नसक्ने उल्लेख गर्नुभयो । एकताको बलको आधारमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन उहाँले आह्वानसमेत गर्नुभयो । रासस
News Desk 0 response बुधबार, अशोज २९, २०७६


सम्बन्धित शीर्षकहरु

विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई प्रधानमन्त्रीको टेलिफोन
बिहिबार, चैत्र ६, २०८१
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत, कर्णालीले लुम्बिनीलाई ५ रनले हरायो
बिहिबार, चैत्र ६, २०८१-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१