

नेपालीमूलका बिदेशी बाट प्रताडित छन् अध्यागमन कार्यालयका कर्मचारी
क्याथे ड्रागन एयरको जहाजमा अस्ट्रेलियाबाट आएका नेपालीमूलका रमेश थापाले अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि प्रहरीको हिरासतमा पुगेका थिए।
-
काठमाडौं ।
नेपालीमूलका विदेशी नागरिकले अध्यागम कर्मचारीहरुमाथि पटक पटक अभद्र गर्ने गरेका छन् । पछिल्लो पटक गैरआवासीय नेपाली संघको सम्मेलनमा भाग लिन अस्ट्रेलियबाट आएका एक नेपालीमूलका नागरिकले आइतवार मात्रै विभागका कर्मचारीमाथि अभद्र व्यवहार र विमानस्थलको डेस्क तोडफोड गरेका छन् ।
यसअघि मदिरा पिएर लठ्ठ भएको अवस्थामा सिल्क एयर र विमानस्थलका कर्मचारी तथा सुरक्षाकर्मीलाई दुर्व्यवहार गरेपछि एनआरएनएका अध्यक्ष भवन भट्टलाई पनि प्रहरीले जहाज चढ्न लागेको अवस्थामा फर्काइदिएको थियो।
घटनापछि अध्यागमन कार्यालयले बिज्ञप्तिनै निकालेर पीडा पोखेको छ ।
नेपाली नागरिकता त्यागेका विदेशीले पटक पटक अराजक व्यवहार दोहोर्याएको उल्लेख गरिएको छ ।
आइतवार राति क्याथे ड्रागन एयरको जहाजमा अस्ट्रेलियाबाट आएका नेपालीमूलका रमेश थापाले अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका कर्मचारीमाथि अभद्र व्यवहार गरेपछि प्रहरीको हिरासतमा पुगेका थिए।
उनलाई प्रहरीले थप कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा बुझाएको छ। अस्ट्रेलियाको पीए ७१०२५६६ नम्बरको राहदानीबाहक थापालाई कर्मचारीले सम्झाउँदा पनि अटेर गरेको पौडेलले जनाएका छन्।
उनले कर्मचारीले काम गरिरहेको डेस्कको शिशासमेत फुटाइदिएपछि अध्यागमन कार्यालयले प्रहरी बोलाएर समातेको थियो। अध्यागमन कार्यालयले नेपालीमूलका विदेशी नागरिकबाट पटक पटक यस्ता घटना भइरहेको भन्दै फेरि नदोहोर्याउन सचेत गराएको छ।
News Desk 0 response मङ्लबार, अशोज २८, २०७६

सम्बन्धित शीर्षकहरु
-
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३
-
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


