• स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान स्थानीय तहको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ स्थापना भएको हो । प्रतिष्ठानले २६ बर्षको ईतिहास निर्माण गरेको छ । बिगतमा निर्वाचन नभएका कारण यो प्रष्तिठान दु्रत रुपमा अघि बढेको थिए । बर्तमान अवस्थामा प्रतिष्ठानले निक्कै काम गरिरहेको छ । अहिले यो प्रतिष्ठानको कार्यकारी निर्देशकमा पीतकुमार श्रेष्ठ रहेका छन् । श्रेष्ठको नियुक्तिसँगै प्रतिष्ठानले कामको रफ्तार बढाएको छ । स्थानीय तहको क्षमता अभिबृद्धिका लागि अन्य प्रणाली भन्दा यहाँको प्रणाली फरक भएको श्रेष्ठको ठोकुवा छ । बर्षौदेखि रोकिएको कामसमेत श्रेष्ठले सम्पन्न गरेका छन् । साथै, प्रतिष्ठानको कार्ययोजना र प्राणाली अब्बल रहेको श्रेष्ठको दावी छ ।
    स्थापना र आवश्यकता
    स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिबृद्धि गर्नका लागि स्थापना भएको हो । २६ बर्ष पहिले स्थापना भएको यो प्रतिष्ठानले लक्ष्य अनुसारको काम गरिरहेको छ ।
    स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन,२०४९ बमोजिम गठन भएको प्रष्ठिानले स्वायत्तरुपमा २०५० सालमा आधिकारिकता प्राप्त गरेको थियो । बिभिन्न राजनीतिक परिवर्तनसँगै यो प्रतिष्ठानले आफ्ना गतिबिधि र संरचना परिबर्तन गर्दै आईरहेको छ । सामाजिक परिवर्तनसँगै प्रशासनिक परिवर्तनमा पनि सहयोग गर्ने यो प्रतिष्ठान अहिले संघीय संरचनामा सञ्चालन भईरहेको छ । बिभिन्न दातृ निकायको सहयोग अनि नेपाल सरकारको सहयोगमा काम गर्ने यो प्रतिष्ठानले मुख्यरुपमा प्रशिक्षणलाई प्राथमितामा राखेको छ । यसले स्थानीय विकास तथा स्वशासनका बिषयमा अनुसन्धान तथा परामर्श गर्ने गरेको छ । स्थानीय तहहरुको संस्थागत विकासका लागि पनि काम गर्दछ । आवश्यकतामा आधारित प्रशिक्षण कार्यक्रम तय गर्दै सञ्चालन गर्नका लागि यो प्रतिष्ठानले मुख्य काम गरेको छ । त्यसोत शासन ब्यवस्थापनमा लैङ्गिक मुलप्रबाहीकरणमा पनि प्रतिष्ठानले काम गर्दै आएको छ । सामाजिक समावेशिकरणका मूलप्रबाहीकरण गर्नु पनि प्रतिष्ठानको अर्को काम हो । कार्यमूलक अनुसन्धान तथा परामर्श,स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको राष्ट्रिय सेवा प्रदायको रुपमा पनि काम गरिरहेको छ ।

    जनशक्ति र संरचना
    प्रतिष्ठानमा स्थानीय विकासको क्षेत्रमा लामो अनुभव हासिल गरेका ब्यवसायिक कर्मचारीहरु छन् । प्रशिक्षण र अनुसान्धानको क्षेत्रमा उहाँहरुको अनुभव उच्च छ । स्थानीय तहहरुको बर्तमान स्थिति तथा कार्य प्रणालीबारे राम्रो ज्ञान भएको जनशक्ति प्रतिष्ठानमा रहेको छ । स्थानीय विकासको क्षेत्रमा आवश्यकता पर्ने प्रशिक्षण,अनुसन्धान तथा परामर्श सेवाका विविध क्षेत्रमा सेवा उपलब्ध गराउन सक्ने अवस्था छ । यस बाहेक देशभित्र बिशिष्ठता हासिल गरेका ब्यक्तिहरुको सेवा प्रतिष्ठानले उपलब्ध गराउने गर्दछ । प्रतिष्ठानको सर्वोच्च निकायका रुपमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री परिषदको अध्यक्ष रहने ब्यवस्था रहेको छ । परिषदले प्रतिष्ठानको भाबी योजना,नीति निर्माण तथा कार्यक्रमको निर्धारण गर्ने गर्दछ । साथै महत्वपूर्ण बिषयमा मार्ग निर्देशनसमेत गर्दछ ।
    यहाँ प्रशासकीय र प्राध्यापन तथा अनुसन्धानको मुख्य काम हुन्छ । प्रतिष्ठानको प्रमुखको रूपमा एकजना कार्यकारी निर्देशक रहनेछ । नेपाल सरकारले प्रशिक्षण सम्बन्धी काममा विशेष अनुभव प्राप्त व्यक्तिलाई कार्यकारी निर्देशकको पदमा नियुक्त गर्न वा तोक्न सक्नेछ । निजको कार्यावधि पाँच वर्षको हुनेछ र नेपाल सरकारले चाहेमा निजको कार्यावधि पुनः बढीमा दुई वर्षका लागि थप गर्न सक्नेछ । प्रतिष्ठानको कार्य सञ्चालनको लागि नेपाल सरकारले निजामती कर्मचारीलाई बढीमा एक वर्षको लागि कामकाजमा खटाउन सक्नेछ । कार्यकारी निर्देशक र प्रतिष्ठानका अन्य कर्मचारीहरूको पारिश्रमिक, सेवाको शर्त एवं सुविधा सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।
    हिजो र आज
    बिभिन्न निकायसँग समन्वय गरेर अघि बढिरहेको प्रतिष्ठान आफ्नो लक्ष्य र योजनामा सधै कटिबद्ध छ । हिजोका दिनमा संरचनागत रुपमा केही समस्या भएपनि मुलुकमा तीन चरणको निर्वाचन भएसँगै दु्रत गतिमा काम हुन थालेको छ । ब्यक्तिगत भन्दा पनि राष्ट्रिय कारणले प्रतिष्ठानमा समस्या देखिएका थिए । पछिल्लो समय हिजोको जस्तो देखिएको छैन । नियुक्ति बढुवाजस्ता काममा रोकावट आउँदा समस्या देखिएको हो । मेरो नियुक्तिसँगै चार बर्षदेखि रोकिएको परिषद्को बैठकसमेत भएको छ । सोही बैठकको मार्गनिर्देशन अनुसार र निर्णय अनुसार आगामी काम गर्ने हो । सोही अनुरुप भईरहेको छ । नयाँ नीति नियम निर्माण गर्दै अघि बढ्ने क्रममा केही ढिला हुनु स्वभाविक पनि हो । त्यसबाट सिकेर अघि बढ्नुको बिकल्प पनि छैन ।
    अव नीति नियमको परिवर्तन गर्दै अझ उचाईमा काम गर्ने योजना रहेको छ । अनुगमन र मुल्याङ्कनको पाटो अझ बढाउनु आवश्यक छ । साथै, प्रतिष्ठानको काम अनुसन्धानतर्फ अघि बढाउनु आवश्यक छ । हामी त्यसतर्फ योजना निर्माण गरिरहेका छौं । अन्य ‘मोडल’ भन्दा हाम्रो फरक छ । यसलाई लागू गर्दा मात्र पनि धेरै काम हुन्छ । साथै नयाँ ‘मोडल’ पनि तयार गर्ने योजना छ । सवैसँग सल्लाह र सुझाव लिएर काम गर्ने योजना छ ।
    संरचना र काम
    प्रतिष्ठानले संघीय संरचना अनुरुपनै काम गरिहेको छ । सातै प्रदेशमा कार्यालय सञ्चालन गरेर काम भईरहेको छ । सरकारको अनुदान तथा बिभिन्न दातृ निकायको सहयोगमा गरिने कामको उपलब्धि पनि देखिएको छ । जाईका तथा अन्य दातृ निकायले प्रतिष्ठानको काममा सहयोग गरिरहेका छन् । कर्मचारीलाई सेवाकालिन प्रशिक्षण धेरै हुने गरेको प्रतिष्ठानमा नवप्रवेशी कर्मचारीका लागि पनि क्षमताबृद्धिको काम हुने गरेको छ ।
    प्रदेश सरकारमा हस्तान्तरण भएका प्रशिक्षण केन्द्र सञ्चालन सम्बन्धमा यस ऐनको अधीनमा रही प्रदेश सरकारले आवश्यक नियम बनाउन सक्नेछ । प्रदेश सरकारले बनाएका नियमहरू प्रदेश राजपत्रमा प्रकाशन भए पछि मात्र लागू हुनेछन् ।

    अवको आवश्यकता
    कर्मचारीको र स्थानीय जनप्रतिनिधिको क्षमता अभिवृद्धि एकद्वार प्रणालीबाट गरिनु पर्छ । एकद्वार प्रणालीबाट क्षमता अभिवृद्धिका कार्यक्रम गर्दा एकरुपता हुने छ ।
    एकद्वारा प्रणालीबाट तालीम दिँदा तालीममा दोहोरोपना हुँदैन । त्यसैले अब खरिदारदेखि सहसचिवसम्म एकद्वार प्रणालीबाट क्षमता विकाससम्बन्धी तालीम दिने तयारी हुनु पर्छ । लोकसेवा पास गरेर मात्र कर्मचारी सेवा प्रवाहमा पूर्ण दक्ष हुँदैनन तालीमप्रदायक संस्थाले तालीम दिएमात्र कर्मचारी राष्ट्र र जनताप्रति पूर्ण समर्पित हुने छन् ।
    प्रतिष्ठानले जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासमा पु¥याएको योगदानको सवैले प्रशंसा गरेका छन् । मुलुकको बद्िलँदो परिस्थितिअनुसार प्रतिष्ठान उत्कृष्ट व्यावसायिक र प्रतिस्पर्धी संस्था बन्नुपर्ने चुनौती छ ।
    प्रतिष्ठानसँग सहकार्य गरेर कर्मचारीको क्षमताको विकास गर्न सबै तयार हुन आग्रह गर्दछु । कर्मचारीले तालीममा सिकेका कुरा जनताको सेवामा काम गर्दा व्यवहारमा उतारेमात्र वास्तविक सिकाइको उपलब्धि हासिल गरेको हुन्छ । त्यसकारण सरकारले पनि यसैमा ध्यान दिनु आवश्यक छ ।
    तालीमलाई समय परिस्थितिअनुसार परिमार्जन गरिने छ । आगामी दिनमा कर्मचारीलाई तालीम मात्र नभई राष्ट्रिय महत्वका बारेमा जानकारी गराई राष्ट्र र जनताप्रति प्रतिबद्ध बनाइने छ ।
    आर्थिक वर्ष २०७५÷०७६ सम्म २ सय १६ तालीममा करीब सात हजार ९४४ कर्मचारीलाई प्रशिक्षण दिइसकेको छ । यसै आवदेखि १४७ विभिन्न तालीमको प्रस्ताव गरिएको छ । यी सम्पूर्ण काम गर्दा प्रतिष्ठान उँचो हुने छ ।
    २७ बर्षमा प्रतिष्ठान
    स्थानीयतहको क्षमता अभिबृद्धि गर्ने उदेश्यमा स्थापना भएको यो प्रतिष्ठानले २६ बर्ष पार गरेको छ । २६ बर्ष पुगेको अवसरमा भब्य कार्यक्रम भएको छ । कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मार्ग निर्देशन दिनु भएको छ । स्थानीय निकायको क्षमता अभिबृद्धिका कुनै पनि कार्यक्रम प्रतिष्ठानमार्फत सञ्चालन हुनु पर्ने मन्त्रीको अभिब्यक्तिले प्रतिष्ठानको आवश्यकता अझै बढेको छ । साथै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेलले पनि प्रतिष्ठानको आवश्यक भएको बताउनु भएको छ । उच्चस्तरीय प्रशासन आयोगका अध्यक्ष काशीराज दाहाल,शिक्षा मन्त्रालयका सचिव महेश दाहाललगायतका उच्च अधिकारीहरुले पनि प्रतिष्ठानको आवश्यकतालाई आत्मसात् गर्दै समय सापेक्ष हुनु पर्ने बताउनु भएको छ । यो हाम्रो लागि धेरै खुशीको कुरा पनि हो । साथै स्थानीय तहका छाता संगठनका अगुवाहरुले पनि प्रष्ठिानसँग मिलेर काम गर्न तयार रहेको प्रतिबद्धता जनाउनु भएको छ । गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ तथा नगरपालिका संघका प्रतिनिधिले पनि यो प्रतिष्ठानको आवश्यक औल्याउनु खुशीको बिषय पनि हो ।
    अन्त्यमा,
    प्रतिष्ठानमा समस्याहरु छन् । समस्या भएर नै समाधानको पहल हुने गरेको छ । जनशक्तिको अभाव पनि एउटा समस्या हो । बिगत लामो समयदेखि जनशक्ति पूर्तिको काम भएको छैन । त्यसलाई पनि ब्यवस्थापना गर्दै आगामी दिनमा प्रतिष्ठानले नयाँ काम र नयाँ योजना सम्पन्न गर्ने हेतुले हामी लागिरहेका छौं ।
    -जनप्रशासन पाक्षिकवाट –