

पानीजहाज हाँक्न एकमात्र ईञ्जिनियर !
नेपाल सरकारबाट स्वीकृत भएको दरवन्दी अनुसार नेपाल पानी जहाज कार्यालयमा विभिन्न तहका १६ कर्मचारीको दरवन्दी स्वीकृत भएको थियो । जस अनुसार कार्यालयका नेतृत्व गर्ने गरि प्राविधिक तर्फ प्रथम श्रेणीको इन्जिनियर एक,द्वितीय श्रेणीको एक र शाखा अधिकृत तहको इन्जिनियर एक रहने व्यवस्था थियो । बाँकी अन्य दरवन्दी भने गैर प्राविधिक तर्फका थिए । प्राविधिक कार्य गर्नु पर्ने भएकाले सरकारले कार्यलयको नेतृत्वदेखि महत्वपुर्ण जिम्मेवारी प्राविधिक तर्फका कर्मचारीलाई नै दिएको थियो ।
-
काठमाडौं ।
संसद र सडकमा पटक पटक पानीजहाजको बारेमा खुवै चर्चा भयो । नेपालको पानीजहाज चलाउन कार्यालय पनि बिधिवत्रुपमा खडा गरिएको छ । तर, अहिले कार्यालयमा कर्मचारी पनि छैनन् अनि उनीहरुको नेतृत्व पनि छैन । यो अवस्था देख्दा लाजमर्दो स्थिति छ । प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधनको क्रममा नेपालले आफ्नै पानीजहाज चलाउने बताउँदा मजाकमा उडाइएको थियो । त्यसैले ओली नेतृत्वको वर्तमान सरकारले पानी जहाज चलाउने योजनालाई प्रतिष्ठाको विषय बनाएको थियो ।
तर, काठमाडौं उपत्यकाकै एकान्तकुनामा निक्कै हल्लाखल्ला गरेर खोलिएको कार्यालय एक बर्ष नपुग्दै नेतृत्वविहीन भएर सुनसान देखिन्छ ।
नेपालको पानीजहाज चलाउने भन्ने भयो । कार्यालय स्थापना गरिए । तर, कानुन नै थिएन । अब कानुन बनाउनु पर्ने भयो । यसका लागि आन्तरिक जलयान सञ्चाल नियमावलीको मस्यौदा बन्यो । त्यो आवश्यक रायका लागि कानुन मन्त्रालयमा तीन महिना अघि नै पेश गरेका थियो । अझै बिचाराधीन छ ।
समुन्द्रनै नभएको देशमा पानीजहाजको कार्यालय उद्घाटन गरेर खेलासी गरिएको प्रतिपक्ष र सरकार बिरोधीहरुले आरोप लगाएका थिए । अहिले त्यहि आरोपलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मलजल गरेर हरियो बनाईदिएको छ । आर्थिक उपार्जन हुने बाहेक अरु काम नगर्ने मन्त्रीको रुपमा पहिचान बनाएका रघुबीर महासेठले प्रधानमन्त्री केपी ओलीको जहाज सपानामा कुठाराघात गरिरहेको भान हुन्छ ।
निक्कै तामझामबीच उद्घाटन गरिएको पानी जहाज कार्यालय महिना दिनदेखिनै नेतृत्व विहीन रहेको छ । यहाँ भएका इन्जिनियरको पनि सरुवा गरिएको छ ।
कार्यालय उद्घाटनसँगै पानीजहाज कार्यालय हाँक्न तीन प्राविधिक नियुक्त गरिए । जसको सहयोगका लागि १३ कर्मचारी खटाइए । तर, अहिले सोही कार्यालय महिना दिनदेखि नेतृत्व विहिन बन्न पुगेको छ । भएका अर्का प्राविधिकको पनि सरुवा गरिएको छ । जस कारण दैनिक सम्पादन हुने काम समेत प्रभावि बन्न पुगेको छ ।
तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयल भने नियुक्त भएका मध्ये एकको अनिवार्य अवकास र अर्कोको सरुवा गरिएपछि रिक्त हुन पुगेको स्पष्टिकरण दिएर बसेको छ । कार्यालयमा प्रथम श्रेणीको मेकानिकल इन्जिनियरि प्रमुख रहेन गरि दरवन्दी स्वीकृत गरिएको थियो । सोही अनुसार एक मेकानिकल इन्जिनियर नियुक्त भएका थिए । उनको अनिवार्य अवकास भएको छ । उनको ठाउँमा अर्को मान्छे गएको छैन । नयाँ कार्यालय भएको र कामसमेत नभएका कारण कोही पनि जान नमानेको मन्त्रालय वरपर खासखुस चल्छ । अहिले कार्यालयमा एक मात्रै इन्जिनियर छन् । उनैलाई कामु बनाईएको छ । कार्यालय प्रमुखका रुपमा मेकानिकल इन्जिनियर ऋषिराज कोइराल नियुक्त गरिएका थिए ।उनको गत ३२ साउनमा अनिवार्य अवकाश भएको छ । शाखा अधिकृत तहका अर्का इन्जिनियर सन्दिपा राईलाई भने उर्जा मन्त्रालयले सरुवा गरिसकेको छ । त्यसो हुँदा कार्यालयमा अहिले द्वितीय श्रेणीका एक मात्रै इन्जिनियर बिपिन राजभण्डारी छन् । कार्यालय अहिले उनैको नेतृत्वमा चलिरहेको छ । कार्यालय नेतृत्व बिहिन छ । भएको अर्को प्राविधिकको पनि सरुवा भएको छ । अहिले यहाँ म मात्रै एक प्राविधिक भएको र काम गर्न गाह्रो भएको कार्यरत कर्मचारी बताउँछन् । प्रधानमन्त्री ओलीले पानी जहाज कार्यालयको गत २ फागुनमा भब्य उद्घाटन गरेका थिए । नेपालले अन्तरिक तथा बाह्य रुपमा पानी जहाज चलाउन निर्णय भने गत २९ पुसमा गरेको थियो ।
नेपाल सरकारबाट स्वीकृत भएको दरवन्दी अनुसार नेपाल पानी जहाज कार्यालयमा विभिन्न तहका १६ कर्मचारीको दरवन्दी स्वीकृत भएको थियो । जस अनुसार कार्यालयका नेतृत्व गर्ने गरि प्राविधिक तर्फ प्रथम श्रेणीको इन्जिनियर एक,द्वितीय श्रेणीको एक र शाखा अधिकृत तहको इन्जिनियर एक रहने व्यवस्था थियो । बाँकी अन्य दरवन्दी भने गैर प्राविधिक तर्फका थिए । प्राविधिक कार्य गर्नु पर्ने भएकाले सरकारले कार्यलयको नेतृत्वदेखि महत्वपुर्ण जिम्मेवारी प्राविधिक तर्फका कर्मचारीलाई नै दिएको थियो ।
कानुन मन्त्रालयले आन्तरिक जलयान सञ्चाल नियमावली पास नगर्दा पानी जहाज सञ्चाल सम्वन्धी सम्भाब्यता अध्ययन प्रभावित बन्न पुगेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले कानुन मन्त्रालयमा तीन महिना अघि नै आन्तरिक जलयान सञ्चाल नियमावली मस्यौदामा रायका लागि पेश गरेको थियो । तर, मन्त्रालयले हालसम्म पनि राय सुझावसहित मस्यौदा अघि नबढाएको मन्त्रालयले जनाएको छ ।-जनप्रशासन पाक्षिकवाट
News Desk 0 response शनिबार, अशोज २५, २०७६


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९