• काठमाडौं । साझा प्रकाशनका कर्मचारीलाई यो वर्षको दशैंको पेस्की अर्को वर्षको दशैंमा दिइने भएको छ। विगत एक वर्षदेखि रोकिएको तलब बल्लल पाएका छन्। साझाले तीन वटा पुस्तक बेचेर कर्मचारीलाई तलब खुवाएको समाचार नेपाल समाचारपत्रले लेखेको छ। एक चिहान, सबैको नेपाली र िलङ्क अंग्रेजी नामक पुस्तकबाट उठेको पैैसाले तलब खुवाएको उल्लेख गरिएको छ। यी तीन पुस्तकबाट चार करोड रुपैयाँ उठेको जनाइएको छ। साझाका लेखा विभाग प्रमुख होम भट्टराईले २०७४ फागुनदेखि २०७५ कात्तिकसम्मको तलब बल्ल लिएको जानकारी गराए।