

-
काठमाडौ । जाजरकोट नलगाड नगरपालिका– १० का अनक नेपाली पारिश्रमिक माग्दै र ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष भयो । तर उहाँले काम गरेबापतको पारिश्रमिक पाएका छैनन् । यो अवधिमा न त उहाँले काम गरेको पैसा पाउनुभयो न त काम लगाउने ठेकेदारलाई नै भेट्न पाएन् ।
“काममा साक्षी पठाएर काम गर्न लगाए । अहिले काम सकिएको दुई वर्ष भयो । पैसा दिएको छैन”, अनकले भन्नुभयो, “पारिश्रमिक खोज्दै दुई वर्ष बित्यो । ऋण काढेर ठेकेदार खोज्न जानुपर्ने बाध्यता छ । पारिश्रमिक पाउने आशामा दुई वर्ष बित्यो । पैसा पाउला र ऋण तिराँैला भनेको अझ त ब्याज मात्र बढेको छ ।” अनक मात्रै होइनन्, एउटै गाउँका ५० जनाभन्दा बढी मजदूरले काम गरेको ज्याला पाएका छैनन् । नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बानियाँ गाउँ सडकका मजदूरले पैसा पाएका छैनन् । “आज दिन्छु भन्छ, भोलि दिन्छु भन्छ । तर ठेकेदारले भनेको आजभोलि अझै आएन् । अहिले फोन गर्दासमेत सम्पर्क हँुदैन”, धनबहादुर मल्लले भन्नुभयो, “काम गरेर घर चलाउने हामी, पैसा नहँुदा के खाने भन्ने समस्या प¥यो । ऋण सापट गरेको ठाउँमा पनि तिर्नै पाइएको छैन । सामान दिनै छाडे ।” अहिले आएर निर्माणको जिम्मा लिएका ठेकेदार जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेजविक्रम शाह र वीरबहादुर सिंह कसले पैसा दिने टुङ्गो नै छैन । ठेकेदारबीच पैसा कसले दिने भन्ने टुङ्गो नलागेपछि स्थानीय चिन्तित बनेका छन् ।रु २६ लाखको ठेक्का सात लाखमा झारियो
नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बानियाँ गाउँँ सडकको कूल लागत रु २६ लाख ३४ हजार ६२६ रहेको छ । ठेकेदारले पैसा नै नदिएर आलटाल गर्दै आएका छन् । पछि स्थानीयवासीले प्रहरीमा उजुरी दर्ता गरेपछि रु सात लाख दुई हजार ८०७ दिने सहमतिमा गत साउन ४ गते ठेकेदारले प्रहरी कार्यालयमा कागज गरेका थिए । प्रहरी कार्यालयमा गरिएको कागजमा साउन ५ गते रु तीन लाख ५० हजार र साउन मसान्तमा रु तीन लाख ५२ हजार ८०७ ठेकेदार वीरबहादुर सिंहले अनक नेपालीलाई बुझाउने सहमति भएको प्रहरी प्रमुख श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । प्रहरी कार्यालयमा गरिएको कागजअनुसार सडकको रकम कमिशनमा बढी खर्च भएको उल्लेख गरिएको छ । कागज गरेको दुई महीना बित्दा पनि ठेकेदारको पैसा दिने कुनै सुरसार गरेका छैनन् । सडक डिभिजन कार्यालय चौरजहारीले २०७५ असार २५ गते २६ लाख ३४ हजार ६२६ सडकको लागत भएको मूल्याङ्कन गरेको थियो ।१० महीनासम्म कामदारको सटेन चेक
ठेकेदार तेजविक्रम शाहले कामदारलाई दिएको नेपाल बंैक लिमिटेडको चेक जारी गरेको १० महीना बित्दा पनि सटेको छैन । कामदार बुद्धिबहादुर बस्नेतको नाममा काटिएको रु तीन लाख बराबरको चेक सट्न नसकेको हो । चेक बोकेर बैंक गएका अनक नेपालीले भन्नुभयो, “बैंकका कर्मचारीले खातामा पैसा नभएको भन्दै फर्काएका छन् ।” नेपाल बैंक लिमिटेड जाजरकोट शाखाको ०९४४२५३५२०१०१ नम्बरको चेकमा पैसा नसटेपछि ठेकेदारले भुलाउन खाजेको उहाँले बताउनुभयो । जिल्ला अदालत जाजरकोटले प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता गर्न नमानेको नेपालीले बताउनुभयो ।भाइलाई जापान, श्रीमतीलाई जागिर खुवाउने आश देखाए ः ठेकेदार सिंह
News Desk 0 response शुक्रबार, अशोज १०, २०७६ठेकेदार तेजविक्रम शाहले भाइलाई जापान र श्रीमतीलाई जागिर खुवाउने आश देखाएको अर्का निर्माण व्यवसायी वीरबहादुर सिंहले बताउनुभयो । “प्रहरी कार्यालय जानुभन्दा पहिले ठेकेदार तेजविक्रम शाहले मेरो सालो साली जापानमा छन् । म तिम्रो भाइलाई पनि जापान पठाइदिन्छु । भाई तिमीलाई समस्या परे जुनसुकै कुरामा हामी सपोर्ट गर्न तयार छौँ उहाँले भन्नुभयो । “अहिले उहाँले तिमीसँग के प्रमाण छ देखाउ भन्नुहुन्छ”, सिंहले भन्नुभयो, “मैले रु एक करोडसम्मको प्रमाण जुटाए । अरु जुटाउन सकेको छैन ।” सबै पत्रकारले कुरा बुझेका छन् तपाईं पनि बुझ्नुहोस् ः ठेकेदार शाह जिल्ला समन्वय समिति जाजरकोटका सदस्य एवं निर्माण व्यवसायी तेजविक्रम शाहले जाजरकोटका सबै पत्रकारले कुरा बुझेका छन् । तपाईं पनि कुरा बुझ्नुहोस् भनेका छन् । उहाँले भन्नुभयो, “जाजरकोटका सबै पत्रकारले यो कुरा बुझेका छन् । मैले भुक्तानी गर्ने होइन, मैले अख्तियारीको सबै जिम्मा वीरबहादुर सिंहलाई दिएको हुँ ।” “पैसा दिने काम वीरबहादुरको हो । मैले दिने होइन । मैले वीरबहादुरका आफन्तलाई विदेश जान पनि कुनै किसिमको आश देखाएको होइन । उहाँले सबैलाई झुठ बोल्दै आएका छन् । ऊ जहिले पनि भाग्दै हिँड्दै आएको छ । यसको भुक्तानीको विषयमा मलाई भन्दा वीरबहादुरसँग कामदारले पैसा माग्नुपर्छ । मलाई कसैको पैसा ठग्ने विचार छैन ।” निर्माण व्यवसायी शाहको भनाइ छ । उहाँले भन्नुभयो, “मैले अनक नेपालीलाई भनेको छु तपार्इं वीरबहादुर नाउँमा अदालतमा मुद्दा दिनुहोस् हामी साक्षी बस्न तयार छौँ । रु तीन लाखको चेक दिएको साँचो हो । रु तीन लाख फिर्ता दिने भनेर बनाएको चेक हो । म ठेकेदार मात्र होइन, जनप्रतिनिधि पनि हुँ । म ठग्ने प्रयासमा छैन काम नहुँदा चेक नसाट्ने भएको हो ।” जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भन्नुभयो, “लेनदेनको कारोवार प्रशासनले हेर्न नमिल्ने भए तापनि कामदार ठगिएको गुनासो आएकाले ठेकेदार तेजविक्रम शाहलाई बोलाएर छलफल गर्नेछौँ ।” जनता ठगिएको महसुस गरेर प्रशासनले एक चरणमा छलफल गर्ने निर्णय गरेको प्रजिअ पन्तको भनाइ छ । –हेमन्त केसी

सम्बन्धित शीर्षकहरु
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
ट्रम्पको चीन भ्रमण सम्पन्न, कुनै ठूलो व्यापार..
शुक्रबार, जेष्ठ १, २०८३ -
बेरुजु ७ खर्ब ५५ अर्ब पुग्याे, एक..
शुक्रबार, जेष्ठ १, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३



