

-
काठमाडौं ।
श्रममन्त्री गोकर्ण विष्टले विद्यालय सञ्चालक सहित निजी क्षेत्रका प्रतिनिधिहरूलाई बोलाएरै सामाजिक सुरक्षा योजना कानुन कार्यान्वयन गर्न आग्रह गरेका थिए । तर,उनीहरु सूचीकृत हुनुको सट्टा उल्टै श्रमिकविरूद्ध गुटबन्दी गर्न विद्यालय सञ्चालकका संगठन नै सक्रिय भएका छन् । सरकारले निकै तामझामसाथ मंसिर ११ गते सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो । तर व्यवसायीहरू भने योजनामा आबद्ध भएर व्यवसायमैत्री वातावरण निर्माणमा लाग्नुको सट्टा सरकारी योजनाकै विरूद्धमा अभियान चलाउन पुगेका छन् ।
हाल मुलुकभर ८ हजार भन्दा बढी निजी विद्यालयमा दुई लाख शिक्षक कर्मचारी कार्यरत छन् । निजी क्षेत्रका प्रतिष्ठान र श्रमिक दुवैको योगदान हुने गरी सरकारले साउन १ गतेदेखि सामाजिक सुरक्षा योजना लागू गरे पनि निजी विद्यालयका शिक्षक कर्मचारी भने योजनामा समेटिएका छैनन् ।यस योजना आबद्ध हुँदा विद्यालयले तलबको २० प्रतिशत र शिक्षक कर्मचारीका तर्फबाट ११ प्रतिशत रकम मासिकरुपमा जम्मा गर्नुपर्छ, जुन यसअघि पनि सञ्चयकोष र उपदानका रूपमा जम्मा गर्नैपर्ने रकमभन्दा खासै फरक छैन । तर निजी विद्यालयको संगठन एन प्याब्सनले भने राज्यको कानुनलाई चुनौती दिंदै सदस्य विद्यालयलाई कोषमा सूचीकृत नहुन परिपत्र नै गरेको छ ।
News Desk 0 response बिहिबार, अशोज ९, २०७६
योगदानमा आधारित सामाजिक सुरक्षा योजना साउनदेखि नै कार्यान्वयनमा ल्याइएको हो । प्रतिष्ठानहरूलाइ तयारीका लागि त्यसअघि नै पर्याप्त समय पनि दिइएको हो । सूचीकृत हुने क्रम सुस्त भएकाले सरकारले असोज मसान्तसम्मको समय दिएको छ ।


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२