

-
काठमाडौं । सीटीईभीटीले सञ्चालन गर्दै आएका प्राविधिक शिक्षाका कार्यक्रम संचालनको अधिकार संविधानले नै प्रदेश र स्थानीय तहमा दिएकाले प्रदेश ३ सरकारले यस सम्बन्धमा कानुन नै बनाइसकेको छ । यस्तै प्राविधिक शिक्षाअन्तर्गत नर्सिङ, फार्मेसी लगायत स्वास्थ्य शिक्षाका कार्यक्रम कानुनले
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारभित्र राखेको छ । तर यो व्यवस्थाविपरीत शिक्षामन्त्री गिरिराजमणि पोखरेल सम्बन्धनमा प्रक्रियामा आफैं सहभागी भएका छन् । २०६९ अघि सीटीईभीटीमा निवेदन दिएका २७ वटा संस्थालाई सम्बन्धन दिन उनले मन्त्रीस्तरीय निर्णय गरी मन्त्रालयको टोलीलाई पूर्वाधार अनुगमन गर्न लगाएका छन् । मन्त्रीको निर्णय अनुसार अनुगमन सम्बन्धमा ती संस्थामा पत्र नै पठाइएको छ ।
अनुगमन टोलीलाइ पूर्वाधार पूरा भएको प्रतिवेदन तयार पार्न लगाएर १८ वटा नर्सिङ, ४ वटा हेल्थ असिस्टेन्ट, ४ वटा ल्याब टेक्निसियन र एउटा फार्मेसी गरी २७ वटा निजी संस्थालाई सम्बन्धन दिने तयारी छ । एक महिना अघि पनि सत्तारुढ नेकपाका दिवंगत नेताहरुका नाममा खोलेर हालसालै आवेदन दिएका १७ वटा संस्थालाइ पनि यस्तै प्राविधिक शिक्षाको कार्यक्रम संचालन गर्न शिक्षा मन्त्रीले नै प्रकृया अघि बढाउन लगाएका थिए ।चिकित्सा शिक्षा ऐनमा स्वास्थ्य शिक्षाका हाल सञ्चालित कार्यक्रम दश वर्षभित्र मुनाफारहित बनाउने उल्लेख छ । यस्तो अवस्थामा स्थानीय र प्रदेश तहको सरकार एवं अधिकार सम्पन्न आयोगको कार्यक्षेत्रमा हस्तक्षेप गरेर नाफामूलक निजी संस्थालाई सम्बन्धन दिने प्रकृयाले सरकारको घोषित नितिलाइ नै चुनौती दिएको छ ।
News Desk 0 response बिहिबार, अशोज ९, २०७६


सम्बन्धित शीर्षकहरु

विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई प्रधानमन्त्रीको टेलिफोन
बिहिबार, चैत्र ६, २०८१-
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
जापान आठौंपल्ट विश्वकपमा छनोट
शुक्रबार, चैत्र ७, २०८१ -
अमेरिकामा सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी
शुक्रबार, चैत्र ७, २०८१ -
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१
-
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१ -
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु चुनाव स्थगित
बिहिबार, चैत्र ६, २०८१ -
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत,..
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१