

-
काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जथाभावी तालीम दिने एनजिओहरुलाई तह लगाउने योजना बनाएका छन् । जनप्रनिधि तथा कर्मचारीको क्षमता अभिबृद्धिको नाममा जसले पनि तालीम दिन थालेपछि यसमा कडाई गरिने भएको हो ।
जनप्रतिनिधि तथा कर्मचारीको क्षमता बृद्धि गर्न सरकारले स्थापना गरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २५औं बार्षिकउत्सको कार्यक्रममा मन्त्री पण्डितले अव कुनै पनि तालीमका कार्यक्रम प्रतिष्ठानमार्फत लागू गर्नुपर्ने बताए ।
एउटै बिषयमा बहुरुपी तालीम तथा प्रशिक्षण हुन थालेपछि कर्मचारी तथा जनप्रतिनिधिहरु यसैमा ब्यस्त हुन थालेको गुनासो आउन थालेको छ । सहयोग सवैको लिने तर कार्यान्वयन प्रतिष्ठानमार्फत गरिने मन्त्री पण्डितले बताए । टुरिष्ट भीषामा नेपाल आएकाहरु पनि कर्मचारी र जनप्रनिधिलाई प्रशिक्षण दिन थालेपछि मन्त्री पण्डित निक्कै रुष्ट भएका छन् ।
कर्मचारी समायोजको काम सकिएका कारण अव परिणाम निस्कने काम गर्न उनले कर्मचारीहरुलाई आग्रह गरे । नेपालको कर्मचारी समायोजनको काम अन्य मुलुकमा भन्दा छिटो सकिएको बताउँदै मन्त्री पण्डितले आगामी योजना निर्माण गर्न आधुनिक प्रणाली अबलम्बन गर्ने दावी पनि गरे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल, उच्चस्तरीय प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहाल, शिक्षा मन्त्रालयका सचिव महेश दाहाल,गाउँपालिका महासंघ नगरपालिका संघ लगायतका प्रतिनिधिले प्रतिष्ठानको काममा सहयोग गर्ने बचन दिएका थिए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठले प्रतिष्ठानले नीति निमयमा सुधार गर्दै अझै अब्बल तरिकाले काम गर्ने बताए । स्थानीय तहको क्षमता अभिबृद्धि गर्ने योजनाका साथ स्थापना भएको यो प्रतिष्ठान २६ बर्ष पुरा गरेर २७ बर्षमा प्रवेश गरेको हो ।
News Desk 0 response शनिबार, अशोज ४, २०७६

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


