

पेलपाल गर्ने मन्त्री,नीति खोज्ने सचिव
मन्त्रीले निजी स्वार्थमा चासो देखाएपछि वन तथा वातावरण मन्त्रालयमा सचिवसँगको समवन्धमा चिसो आएको केही समय भईसेकको छ । कर्मचारी सरुवा होस् वा अन्य प्रशासनिक काममा पनि मन्त्री शक्तिवहादुर बस्नेत हाबी हुन खोजेपछि समस्या आएको मन्त्रालय परिसरमा चर्चा छ । मन्त्री बस्नेत डिएफओ सरुवामा केन्द्रबाटै सिँधै जिल्ला तोक्ने पक्षमा थिए । सचिव भने प्रदेशमा पठाएर प्रदेशले जिल्ला तोक्ने गरी दिने पक्षमा थिए । अन्ततः मन्त्री बस्नेतको यो सन्दर्भमा जोर चलेन । यस सन्दर्भमा सचिवले भने अनुसारनै एकमुस्ट प्रदेशमा सरुवा गरी प्रदेशले नै जिल्ला तोक्ने गरी सरुवा गरियो ।
-
काठमाडौं ।
मन्त्री र सचिवबीच समन्वय नभए कुनै पनि मन्त्रालयमा काम अघि बढ्न सक्दैन । हरेक काममा मन्त्री र सचिवको एकता आवश्यक हुन्छ । बन तथा वातावरण मन्त्रालयमा भने त्यस्तो नदेखिएको खासखुस हल्ला चलिरहेको छ ।
मन्त्रीले निजी स्वार्थमा चासो देखाएपछि वन तथा वातावरण मन्त्रालयमा सचिवसँगको समवन्धमा चिसो आएको केही समय भईसेकको छ । कर्मचारी सरुवा होस् वा अन्य प्रशासनिक काममा पनि मन्त्री शक्तिवहादुर बस्नेत हाबी हुन खोजेपछि समस्या आएको मन्त्रालय परिसरमा चर्चा छ । मन्त्री बस्नेत डिएफओ सरुवामा केन्द्रबाटै सिँधै जिल्ला तोक्ने पक्षमा थिए । सचिव भने प्रदेशमा पठाएर प्रदेशले जिल्ला तोक्ने गरी दिने पक्षमा थिए । अन्ततः मन्त्री बस्नेतको यो सन्दर्भमा जोर चलेन । यस सन्दर्भमा सचिवले भने अनुसारनै एकमुस्ट प्रदेशमा सरुवा गरी प्रदेशले नै जिल्ला तोक्ने गरी सरुवा गरियो ।
News Desk 0 response बिहिबार, अशोज २, २०७६
यसैगरी वन विभागको महानिर्देशक सरुवामा पनि मन्त्री र सचिवबीच लामै समय कुरा मिलेन । राष्ट्रपति चुरे तराई–मधेश संक्षरण समिति, राष्ट्रय प्रकृतिक संरक्षण कोष र नेपाल वन निगमको प्रमुख पदमा नियुक्तका विषयमा पनि मन्त्री र सचिवबीच कुरा मिल्न सकिरहेको छैन । जसका कारणले ति संस्थाहरुमा लामो समयदेखि कार्यकारी पद तदर्थबाट चलेका छन् । पछिल्लो पटक खोटो संकलन र झ्याउ संकलन तथा निकासीका विषयमा पनि सचिव र मन्त्रीबीच कुरा नमिलेपछि शित युद्धनै चलेको छ ।
मन्त्रालय स्रोतका अनुसार मन्त्री बस्नेतका एक नातेदारले झ्याउ संकलन कार्य खुलाइदिन्छु भन्दै व्यापारीसँग रकम समेत लिइसकेको अवस्थामा सचिव भने यस झ्याउ संकलन कार्य खुलाउने विपक्षमा अडान लिएका छन् ।
वनमन्त्री बस्नेत र सचिव डा. विश्वनाथ ओलीबीच समुधुर सम्बन्ध नरहेको मन्त्रालय परिसरमा लामो समयदेखि चर्चा चल्दै आएको छ । मन्त्री र सचिवबीच सुमधुर सम्बन्ध नहुँदा मन्त्रालयले प्रदान गर्ने सेवा र निति निर्माण गर्ने कार्यमा समेत प्रभाव परेको छ ।
मन्त्रीले सचिव ओलीलाई सुरु बाट नै परिवर्तन गर्ने योजना वनाएका थिए । तर, बिषयगत रुपमा दक्ष भएका कारण प्रधानमन्त्री कार्यालयबाटै सचिव ओलीलाई यहाँ खटाईएको हो । आफ्नो रोजाइ बिना सचिव ओली आएपछि मन्त्री बस्नेत र सचिव ओलीबीच ‘ट्यूनीङ’ नमिलेको भन्दै मन्त्री बस्नतेत बिभिन्न निकायमा गुनासो गरेका थिए । मन्त्रालयमा प्रगति नहुनुलाई मन्त्रीले आफूअनुकुल कर्मचारी नभएको भन्दै गुनासो गर्ने गरेका छन् । तर, मन्त्रालयस्रोतका अनुसार मन्त्री माफिया र दलालहरुको पञ्जामा पर्न लागेका कारण सचिवलगायत अन्य कर्मचारीले ती काममा सजग गराएका छन् ।
मन्त्री बस्नेत र सचिव ओलीबीच जिल्ला वन अधिकारी ‘डिएफओ’सरुवामा पनि उनीहरुको बेमेल सतहमा आएको थियो ।
मन्त्री बस्नेतले कांग्रेसी रुझान राख्ने कृष्ण आचार्यलाई नै महानिर्देशक पदमा राखिरहने सोच बनाएका थिए । तर, बामपन्थी कर्मचारीहरुको दवाव र सचिव ओलीको अडानका कारण मन्त्री बस्नेत वामपन्थी पृष्ठभूमिका रामप्रसाद लम्साललाई महानिर्देशक बनाउनुपर्ने अवस्थामा पुग्नु परेका कारण पनि मन्त्री बेखुस वनेका थिए ।
मन्त्री बस्नेत झ्याउ संकलन कार्य केही समयका लागि खुलाउन प्रयासरत छन् । मन्त्रीको यो प्रयासमा सचिव बाधक बनेको भन्दै आफ्नो निकटवर्तिलाई बताउने गरेका छन् ।
मन्त्री बस्नेतले सचिव ओलीसँग काम गर्न असहज भएपनि सरुवा गर्न भने सकेका छैनन् । मन्त्रीको चाहाना सचिवलाई सरुवा गर्ने भएतापनि सचिव ओली प्रधानमन्त्री ओलीका विश्वास पात्र भएका हुनाले सचिव हटाउने प्रसंग अगाडि बढाउन सकेका छैनन् ।
मन्त्री बस्नेतले आफूलाई सचिव ओलीले असहयोग गरेको भन्दै नेकपाका नेता तथा पूर्ववनमन्त्री अग्नी सापकोटालाई समेत गुनासो गरेका छन् । मन्त्री बस्नेतले सचिव ओलीमाथि आफूलाई सहयोग नगरेको, आफ्नो काममा साथ नदिएको, मन्त्रालयका कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिँधा लगाउने गरेको र प्रधानमन्त्री ओलीले आफ्नो सुराकीका रुपमा सचिव ओलीलाई सरुवा गरेको बताउने गरेका छन् ।
उता सचिव ओलीले भने आफूलाई मन्त्रीले विश्वास नगरेको, सरकारले भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुने भनिएपनि मन्त्री यो विषयमा लचिलो भएको, आफूसँग आन्तरिक सरसल्ला नगरेको, सुरुसुरुमा आफूलाई बाइपास गर्दै सहसचिव मार्फत काम लिन खोजेको र सचिवालय हावी भएको गुनासो गर्दै आएका छन् ।
‘सचिव ओली नीति र बिधिको पक्षमा काम गर्न खोज्छन् मन्त्रीज्यूको अलि पेलपाल गर्ने नीति रहेछ त्यसकारण केही समस्या आएजस्तो देखिएको हो ।’ मन्त्रालयकमा एक उपसचिव भन्छन्, ‘तर, समग्रमा काम भईरहेको छ ।’

सम्बन्धित शीर्षकहरु
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना समूह, दुर्गा प्रसाईले साथ दिँदै
सोमवार, मंसिर २३, २०८२-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह..
सोमवार, मंसिर २३, २०८२ -
जेनजी प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको एम्नेस्टीको..
सोमवार, मंसिर २३, २०८२ -
सरकार विरुद्ध सत्याग्रह गर्दै जेनजीको मिराज ढुंगाना..
सोमवार, मंसिर २३, २०८२ -
प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट, माग कार्यान्वयन..
सोमवार, मंसिर २३, २०८२ -
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस ‘सकारात्मक’,..
सोमवार, मंसिर २३, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
ताप्लेजुङमा योगेश निकट दुई नेतामाथि कारबाही
मङ्लबार, मंसिर १७, २०८२



