• काठमाडौं । यो बर्ष निजामती सेवा पुरस्कारवाट ४० जना सम्मानित भए । पुरस्कृतहरु उपत्यका बाहिरका ज्यादै न्यून छन् ।

    यसको भत्र्सना कर्मचारीबाटै भएको छ । मन्त्रालय र बिभागमा मात्र धेरै उत्कृष्ट कर्मचारी छनौटमा परेका छन् । दुर्गम र भौगोलिक बिकटतासँग जुधेर काम गरेका कर्मचारीहरु छनौटमा परेनन् । त्यसोत भ्रष्टाचार गरेर मनग्य आम्दानी गरेका केही कर्मचारीलाई पुरस्कार दिईएको छ । मनग्ये आम्दानी गरेर अख्तियारमा उजुरी परेका ब्यक्तिसमेत पुरस्कृत भएका छन् । यसको जवलन्त उदाहरणको रुपमा केदारप्रसाद पनेरु छन् । पनेरुले रसुवा भन्सारको कार्यालय भवन खरिदमा नै करोडौं कमिसन खाएको आरोप छ ।


    १ करोड पर्ने भवनलाई १ करोड ७० लाखमा खरिद गरी उनले त्यसमै ठूलो कमिसन खाएका छन् । पनेरु करिब ३ बर्ष रसुवा भन्सारको प्रमुख भए । त्यो अवधि रसुवा भन्सारको इतिहासमा तस्करीको स्वर्णकाल नै मानिन्छ । सुनदेखि नक्कली कष्मेटिक दैनिक कन्टेनरका कन्टेनर रसुवा नाकाबाट भित्रियो । अवैध सुन पनि ठूलो मात्रामा भित्रने गरेको त काठमाडौंमा ८८ किलो एकपटक र अर्कोपटक १७ किलो सुन बरामदले नै पुष्टी गरिसकेको हो ।

    पनेरुको कार्यकालमा रसुवा भन्सारबाट १५ लाख भन्सार शुल्क तिर्नुपर्ने कन्टेनरको न्यून बिजकीकरण गरी बढीमा १ लाख रुपैयाँसम्म तिरेर अरबौं रुपैयाँको सामान आयात भएको थियो । उनले ३ बर्षका दौरान रसुवा भन्सारबाट मात्रै ३५ खोका भित्र्याएको राजस्व समूहभित्रै चर्चाको बिषय बन्ने गरेको छ । राजस्व समूहमा बसी केही लाख र करोड कमाउनेलाई बयान लिने अख्तियारले पनेरु जस्ता अथाह आर्जन गर्नेलाई अकूत सम्पत्तिमा पहिला छानबिन गरेपछि मात्र निष्पक्षरुपमा लिनेछन् । उनीजस्तालाई छानबिन गरेमा अख्तियारको विश्वसनीयता पनि बढ्ने र राजस्व चुहावट गर्नेहरुलाई नसिहत पनि हुनेछ ।


    राजस्व अनुसन्धान विभागको महानिर्देशक महेशप्रसाद दाहाल हुँदा पनेरु नै छायाँ डीजी थिए । उनले त्यहाँ हुँदा पनि अरबौं राजस्व मारी लाभ लिए । भन्सार र राजस्वमा बसी आर्जन गरेको अथाह सम्पत्ति उनले तीनकुनेमा रहेका ससुरालीहरुको नामबाट लगानी गरेको आरोप छ । उनका ससुरालीतिर पनि अख्तियारको छानबिनको सुई तेर्सिएमा धेरै कुरा खुल्नेछ ।
    राजस्व समूहबाट अकूत सम्पत्ति आर्जन गरेका पनेरु हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन महाशाखा प्रमुख छन् । उनले कर्मचारी समायोजनमा समेत चलखेल गरी फाइदा लिएको आरोप छ । संघीय मामिलाबाट उनी राजस्व अनुसन्धान विभागको महानिर्देशक हुने दाउमा छन् ।

    प्रधानमन्त्री केपी ओलीकै जिल्लाका राजस्वका महानिर्देशक दीर्घराज मैनालीलाई हटाउन गाह्रो छ । त्यसो हुँदा पनेरु अहिले संघीय ममिलामै बसिरहेका छन् । त्यसोत केही बर्ष अघि पनि लोकसेवा आयोगमा आफ्नै श्रीमतीको कापी जाँचेको आरोप लागेर मुद्धा हारेका सूर्य गौतम पनि सोही साल पुरस्कृत भएका थिए । यी बाहेक अन्य पुरस्कृत ब्यक्तिप्रति पनि प्रश्न उठेको छ ।
    निजामती सेवा पुरस्कार नभई उपत्यका निजामती पुरस्कारको नामाकरण गर्न सान्दर्भिक हुने कर्मचारीहरुले एक कर्मचारीले सामाजिक सञ्जालमानै ब्यक्त गरे । यस बर्ष १० जना उत्कृष्ट कर्मचारीमा एकजना पनि उपत्यका वाहिरका परेनन् । निजामती सेवा पुरस्कृत तीस जनामा पाँच जना मात्र उपत्यका वाहिरका परेका छन् ।

    सुदूरपश्चिममा सेवा गरिरहेका एक कर्मचारीले ब्यङ्य गर्दै यो पुरस्कारलाई उपत्यका कर्मचारी पुरस्कार राख्न सुझाव दिएका हुन् । स्वास्थ्य क्षेत्रमा कार्यरत तोप थापाले सामाजिक सञ्जालमा उत्कृष्ट कर्मचारी सिंहदरबारमा सिमित ! भन्दै कडा असन्तुष्ट ब्यक्त गरेका छन् । उनी भन्छन्,–‘जनताले किन कर्मचारीको बिरोध गर्छन् भनेको त सबै उत्कृष्ट काम सिंहदरबारमा हुने अनि जनता सिंहदरबारमा प्रवेश गर्न नपाउने भएको कारण पो रहेछ ।’ उनी थप्छन्,‘अनि उत्कृष्ट सेवा जनतासम्म नपुगेरपो रैछ त ! राज्य संचालक र उच्च प्रशासकमा संघीयता भनेको सिंहदरबार मात्रै हो भन्ने केन्द्रिकृत मानसिकता झल्कियो ।’
    दूरदराजका कर्मचारी काठमाडौं पुगेर पूजापाठ गर्न नपाउने कारण काठमाडौंको देउता खुशी नभएको अर्का कर्मचारीले टिप्पणी गरे ।
    ‘प्रदेशले गरे प्रदेश कार्यालय भित्र, स्थानीय निकायले गरे त्यही कम्पाउन्ड भित्र नै पुरस्कार हराउने गरेको छ अनि यो त संघ ले गरेको सिंहदरबार भित्र सीमित हुनु के नौलो भो र ?’ उनीले भनेका छन् ।
    उत्कृष्ट घोषणा गर्दा पियनदेखि सुरु गर्नुपर्ने केहीको आवाज छ । ठूला पदका कर्मचारीले ठूले नजराना कुम्ल्याउने कारण पनि यस्ता पुरस्कार सानो तहबाट दिनु पर्ने केहीको मत छ । आफ्नो नाम आफै सिफारिस गर्ने प्रबृति विकास भएको केहीले संज्ञा दिएका छन् ।

    डाडू पन्यौ जस्को हातमा छ उसैले त भान्सामा मेसो मारेजस्तो पाँडे पजनी भएको केहीले टिप्पणी गरेका छन् ।
    पूर्वसहसचिव कैलाशनाथ खरेल पुरस्कृत ब्यक्तिको योग्य हुनुको परिभाषा पनि सार्वजनिक गर्नुपर्ने बताउँछन् । उनी भन्छन्,‘पुरस्कृत हुनेहरु सबै उत्कृष्टनै होलान् तर, सिंहदरवारको घेराभित्र मात्र उत्कृष्ट कार्य गर्नेहरुको पुरस्कारसँगै कार्यपनि के कति गरेछन् देख्न सुन्न पाए बाँकीले पनि चित्त बुझाउने र उत्प्रेरित हुने अवसर प्राप्त गर्दथे ।’


    उत्कृष्ट कर्मचारी भनेको संघमा त्यसमा पनि सिंहदरवार वरिपरि र विशेष गरेर मन्त्रालयको उच्च पदस्थनै हुन्छन । किनकि त्यस्तै ठाउँमा उत्कृष्ट काम गर्नु पर्छ । दुर्गममा सुगमको जस्तो त्यति काम हुँदैन तर कठीनाई भने अत्यधिक हुन्छ । कठीन र विषम परिस्थितिमा थोरै काम गर्नेको कामको मुल्यांकन थोरै हुँदोरहेछ । गरेको काम पनि थोरै प्रचार हुनेनै भयो । त्यसैले उत्कृष्ट हुन धेरै भन्दा धेरै सिंहदरवारनै जानु पर्छ र उच्चपदस्थ पद पाएको र काम गरेको पनि हुनु पर्ने रहेछ भन्ने आभाष भएको छ ।

    धानमन्त्री केपी ओलीकै जिल्लाका राजस्वका महानिर्देशक दीर्घराज मैनालीलाई हटाउन गाह्रो छ । त्यसो हुँदा पनेरु अहिले संघीय ममिलामै बसिरहेका छन् । त्यसोत केही बर्ष अघि पनि लोकसेवा आयोगमा आफ्नै श्रीमतीको कापी जाँचेको आरोप लागेर मुद्धा हारेका सूर्य गौतम पनि सोही साल पुरस्कृत भएका थिए । यी बाहेक अन्य पुरस्कृत ब्यक्तिप्रति पनि प्रश्न उठेको छ ।


    निजामती सेवा पुरस्कार नभई उपत्यका निजामती पुरस्कारको नामाकरण गर्न सान्दर्भिक हुने कर्मचारीहरुले एक कर्मचारीले सामाजिक सञ्जालमानै ब्यक्त गरे । यस बर्ष १० जना उत्कृष्ट कर्मचारीमा एकजना पनि उपत्यका वाहिरका परेनन् । निजामती सेवा पुरस्कृत तीस जनामा पाँच जना मात्र उपत्यका वाहिरका परेका छन् । सुदूरपश्चिममा सेवा गरिरहेका एक कर्मचारीले ब्यङ्य गर्दै यो पुरस्कारलाई उपत्यका कर्मचारी पुरस्कार राख्न सुझाव दिएका हुन् । स्वास्थ्य क्षेत्रमा कार्यरत तोप थापाले सामाजिक सञ्जालमा उत्कृष्ट कर्मचारी सिंहदरबारमा सिमित ! भन्दै कडा असन्तुष्ट ब्यक्त गरेका छन् ।

    उनी भन्छन्,–‘जनताले किन कर्मचारीको बिरोध गर्छन् भनेको त सबै उत्कृष्ट काम सिंहदरबारमा हुने अनि जनता सिंहदरबारमा प्रवेश गर्न नपाउने भएको कारण पो रहेछ ।’ उनी थप्छन्,‘अनि उत्कृष्ट सेवा जनतासम्म नपुगेरपो रैछ त ! राज्य संचालक र उच्च प्रशासकमा संघीयता भनेको सिंहदरबार मात्रै हो भन्ने केन्द्रिकृत मानसिकता झल्कियो ।’
    दूरदराजका कर्मचारी काठमाडौं पुगेर पूजापाठ गर्न नपाउने कारण काठमाडौंको देउता खुशी नभएको अर्का कर्मचारीले टिप्पणी गरे ।
    ‘प्रदेशले गरे प्रदेश कार्यालय भित्र, स्थानीय निकायले गरे त्यही कम्पाउन्ड भित्र नै पुरस्कार हराउने गरेको छ अनि यो त संघ ले गरेको सिंहदरबार भित्र सीमित हुनु के नौलो भो र ?’ उनीले भनेका छन् ।
    उत्कृष्ट घोषणा गर्दा पियनदेखि सुरु गर्नुपर्ने केहीको आवाज छ । ठूला पदका कर्मचारीले ठूले नजराना कुम्ल्याउने कारण पनि यस्ता पुरस्कार सानो तहबाट दिनु पर्ने केहीको मत छ । आफ्नो नाम आफै सिफारिस गर्ने प्रबृति विकास भएको केहीले संज्ञा दिएका छन् । डाडू पन्यौ जस्को हातमा छ उसैले त भान्सामा मेसो मारेजस्तो पाँडे पजनी भएको केहीले टिप्पणी गरेका छन् ।
    पूर्वसहसचिव कैलाशनाथ खरेल पुरस्कृत ब्यक्तिको योग्य हुनुको परिभाषा पनि सार्वजनिक गर्नुपर्ने बताउँछन् । उनी भन्छन्,‘पुरस्कृत हुनेहरु सबै उत्कृष्टनै होलान् तर, सिंहदरवारको घेराभित्र मात्र उत्कृष्ट कार्य गर्नेहरुको पुरस्कारसँगै कार्यपनि के कति गरेछन् देख्न सुन्न पाए बाँकीले पनि चित्त बुझाउने र उत्प्रेरित हुने अवसर प्राप्त गर्दथे ।’


    उत्कृष्ट कर्मचारी भनेको संघमा त्यसमा पनि सिंहदरवार वरिपरि र विशेष गरेर मन्त्रालयको उच्च पदस्थनै हुन्छन । किनकि त्यस्तै ठाउँमा उत्कृष्ट काम गर्नु पर्छ । दुर्गममा सुगमको जस्तो त्यति काम हुँदैन तर कठीनाई भने अत्यधिक हुन्छ । कठीन र विषम परिस्थितिमा थोरै काम गर्नेको कामको मुल्यांकन थोरै हुँदोरहेछ । गरेको काम पनि थोरै प्रचार हुनेनै भयो । त्यसैले उत्कृष्ट हुन धेरै भन्दा धेरै सिंहदरवारनै जानु पर्छ र उच्चपदस्थ पद पाएको र काम गरेको पनि हुनु पर्ने रहेछ भन्ने आभाष भएको छ ।

    -जनप्रशासन पाक्षिकवाट