

-
डडेल्धुरा। नेपाली काङ्गे्रस डडेल्धुराले जिल्ला सदरमुकामको बागबजार क्षेत्रमा र आसपासको ठाउँमा आज बिहान डेङ्गु नियन्त्रण गर्न लामखुट्टे मार्ने औषधि छर्केको छ । डेङ्गुको सङ्क्रमणबाट जोगिन डडेल्धुरामा पहिलो पटक सचेतना ¥यालीसहित नेपाली काङ्ग्रेस डडेल्धुराले औषधि छर्किएको हो । तराईका जिल्लामा लामखुट्टेको टोकाइबाट फैलिने डेङ्गु रोगको सङ्क्रमण पछिल्ला वर्षमा डडेल्धुरालगायत पहाडी र हिमाली जिल्लामा पनि देखिन थालेका छन् । डेङ्गुको औषधि छर्कनुकासाथै घर आँगन र वरिपरी सफा राखौं, सचेत रहांै भन्दै ¥याली निकालिएको काङ्ग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले बताउनुभयो । डडेल्धुरा जिल्लाका तीन जना स्थानीयवासीमा अहिलेसम्म डेङ्गु रोगको सङ्क्रमण देखिएको डडेल्धुरा अस्पतालको तथ्याङ्क छ । यस्तै एक जना बझाङ्ग र एकजना डोटीबाट अस्पताल पुगेका बिरामीमा पनि डेङ्गीको सङ्क्रमण देखिएको अस्पतालका मेसु डा जीतेन्द्र कँडेलले बताउनुभयो । डडेल्धुरामा डेङ्गु रोग भन्दा पनि स्क्रवटाईफसको सङ्क्रमण बढी फैलिएको छ । पछिल्लो तीन सातायता डडेल्धुरा अस्पताल पुगेका बिरामीमध्ये ५० जना भन्दा बढीमा स्क्रवटाईफसको सङ्क्रमण देखिएको अस्पतालका ल्याब प्रमुख ईश्वरी भुसालले बताउनुभयो । काङ्ग्रेसको सचेतना ¥यालीमा राष्ट्रिय जागरण अभियानमा खटिआएका केन्द्रीय प्रतिनिधि अन्तराम भट्ट, बेलबहादुर रानालगायत जिल्लास्तरका नेता कार्यकर्ता एवं अगुवा बुद्धिजीवी समाजसेवीको सहभागिता थियो ।रासस
News Desk 0 response बुधबार, अशोज १, २०७६


सम्बन्धित शीर्षकहरु
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा..
मङ्लबार, असार ३, २०८२ -
सुनचाँदी व्यवसायीहरुको माग पुरा गर्ने प्रधानमन्त्रीको आश्वासन
मङ्लबार, असार ३, २०८२ -
प्रतिनिधिसभामा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने..
मङ्लबार, असार ३, २०८२ -
इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने..
मङ्लबार, असार ३, २०८२ -
नवलपरासी, रुपन्देही र चितवनसहित आसपासका क्षेत्रमा ठूलो..
मङ्लबार, असार ३, २०८२
-
कास्की मालपोतका सुब्बाहरूको सरुवा हुँदा पनि रमाना..
बिहिबार, जेष्ठ ३०, २०८२ -
सुजनको सपना अखिलको नेतृत्व
आइतवार, जेष्ठ २६, २०८२ -
काँग्रेस वकिलका नेता पोखरेलसहित तीन जना सर्वोच्चको..
मङ्लबार, जेष्ठ २८, २०८२ -
अनेरास्ववियुलाई युग अनुकूल बनाउन अध्यक्षमा मेरो उम्मेद्बारीः..
मङ्लबार, जेष्ठ २८, २०८२ -
कर्मकाण्डी शैलीको सतर्कता केन्द्रमा सम्पत्ति बिवरण
सोमवार, जेष्ठ २७, २०८२