

-
पोखरा । निर्माण एवं वास्तु विद्याका आराध्यदेवका रूपमा आज बिहानैदेखि पोखरा र आसपासस्थित उद्योग तथा कलकारखानामा भगवान् विश्वकर्माको पूजा गरिएको छ । प्रत्येक वर्षको आश्विन सङ्क्रान्तिका दिन उद्योग तथा कलकारखानामा रहेका मेशिनरी समानको पूजा गर्नाले अपेक्षित लाभ हुने विश्वासका साथ विश्वकर्मा पूजा गर्ने प्रचलन छ । यस दिन उद्योग एवं कलकारखानामा विश्वकर्माको पूजा गरेमा व्यवसायमा उन्नति, प्रगति र पारिवारिक सुख प्राप्त हुने जनविश्वास छ । पूजा शुरु गर्नुअघि मेशिनरी, सवारी साधनलगायतको राम्रोसँग सरसफाइ गर्ने गरिन्छ । त्यस्तै आजको दिनलाई वास्तु दिवसका रूपमा समेत लिँदै वास्तुसम्बन्धी कामको शुरुआत गर्ने प्रचलन छ । सवारी साधनमा आजको दिन पूजा गर्नाले वर्षभर दुर्घटनालगायतका समस्याबाट मुक्त भइने विश्वासका साथ घर–घरमा विश्वकर्माको पूजा गरी सवारी साधनमा टीका लगाएर ध्वजा बाँध्ने प्रचलन छ । यातायात व्यवसायीले पोखराको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीको परिसरस्थित विश्वकर्मा बाबाको मन्दिर र अन्यले शक्तिपिठमा पूजाअर्चना गर्ने गर्दछन् । नयाँ उद्योग तथा कलकारखाना शुरु गर्नेले आजकै दिनबाट आफ्नो व्यवसाय शुरुआत गर्ने गरेका छन् । विभिन्न उद्योगमा विश्वकर्माको माटोको कलात्मक मूर्ति स्थापना गरी पूजापाठ गरिने भएकाले झण्डै एक महीना अगावैदेखि मूर्तिकारलाई भ्याइनभ्याइ हुने गर्दछ ।रासस
News Desk 0 response बुधबार, अशोज १, २०७६

सम्बन्धित शीर्षकहरु
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३
-
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


