

-
सङ्खुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरान जाँदै गरेको जिप गएराति १०ः३० बजे दुर्घटना हुँदा कम्तीमा छ जना बेपत्ता भएका छन् । दुर्घटनामा एकै परिवारका तीन रहेका छन् । धर्मदेवी नगरपालिका–८ मा पर्ने अक्करको भिरबाट को१ज ३७४९ नंको जिप अरुण नदीमा खसेको हो । जिप राति १०ः३० बजे सिधैँ अरुण नदीमा खसेर बेपत्ता भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाका अनुसार जिप खस्दा खाँदबारी–९ का दुईमहिने बालक समिर श्रेष्ठ, उनका बुबा सङ्गम श्रेष्ठ र आमा सदीक्षा श्रेष्ठ बेपत्ता छन् । त्यस्तै प्रमिस थापामगर, खबरमान मगर र चालक सन्तोष विक बेपत्ता छन् । जिप अरुणमा खसेपछि खाँदबारीबाट राति नै प्रहरीको टोली परिचालन गरिएको थियो । केही दिनदेखिको वर्षाले उर्लिएको अरुण नदीमा जिप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो । लामाका अनुसार कच्चीबाट छिचोल्दै घटनास्थलमा पुग्नुपर्छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मी पुगिसकेका छन् । रासस
News Desk 0 response बुधबार, अशोज १, २०७६


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द..
शुक्रबार, असार २०, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२