

-
काठमाडाै । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरणका क्रममा बाँकेमा भएको घटनालाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदबीच प्रतिनिधिसभामा आरोप–प्रत्यारोपपछि बैठक स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सासद् पुष्पा भुसाललाई बोल्न समय दिनुभयो । बोल्न अनुमति पाएपछि सांसद भुसालले बाँके घटनामा संलग्न विरुद्ध परेको किटानी जाहेरीअनुरुप दोषीलाई हदैसम्मको कारवाहीका लागि सभामुखबाट निर्देशन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “किटानी जाहेरी परेका व्यक्तिलाई कानूनी कारवाही प्रभावकारीरुपमा अघि बढाओस्, दोषी कारवाहीको भागेदार भएको हामीले देख्न र सुन्न पाउनुपर्छ, अपराधीले दण्ड पाउनुपर्छ, पीडितले न्याय पाउनु प¥यो ।” बाँके घटनाका दोषीलाई कारवाही गर्न माग राखेर प्रमुख प्रतिपक्षले आइतबारको प्रतिनिधिसभाको पनि अवरुद्ध गरेको थियो । नेपाली काङ्ग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण कार्यक्रममा किरण कोइराला, विद्यापति कोइरालालगायत गम्भीर घाइते भएका जनाउँदै सांसद भुसालले भन्नुभयो, “हाम्रो राजनीतिक कार्यक्रममा गैरराजनीतिक क्रियाकलाप भयो ।” संविधान, मानवअधिकार, सुशासन, संविधानवादको पक्षमा नेपाली काङ्ग्रेस सधैँ अडिक रहेको उल्लेख गर्दै उहाँले कानूनी शासन कायम गर्न किटानी जाहेरी दर्ता गराउने सन्दर्भमा गम्भीरता नदेखाइएका कारण संसद् अवरुद्ध गर्नु परेको बताउनुभयो । उहाँले मन्तव्य सक्नासाथ नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले प्रमुख प्रतिपक्षले आरोप लगाए जस्तो बाँके घटना नभएको भनी काङ्ग्रेसका सांसदको भनाइको प्रतिवाद गर्नुभयो । त्यसपछि प्रतिपक्षका सांसदले आसनबाट उठेर विरोध जनाउनुभएको थियो । सांसद रोकाले भन्नुभयो, “विपक्ष आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्न तयार छौँ, सत्य भनेको सत्य नै हो सत्यलाई हामी स्वीकार गछौँ, असत्य स्वीकार गरिन्न ।” विरोधका बाबजुद सांसद रोक्काले आफ्नो भनाइलाई निरन्तरता दिएपछि प्रतिपक्षका सांसदले ‘वेल’मा गएर नाराबाजी गर्नुभएको थियो । प्रतिपक्षबाट नाराबाजी भइरहँदा सभामुख महराले भन्नुभयो, “तपार्इंहरुले उठाउनुभएको विषयमा ध्यानाकर्षण भएको छ, प्रतिपक्षले उठाएको विषयमा म सरकारलाई केही भन्न चाहन्छु, आ–आफ्नो स्थानमा बसेर सदन सुचारु गर्न सहयोग पु¥याउन आग्रह गर्नुभयो ।” प्रतिपक्षले निरन्तर ३५ मिनेट नाराबाजी गरेपछि सभामुखले आजको बैठक स्थगन गरेको घोषणा गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज १ गते बिहान ११ः०० बजे बस्नेछ ।रासस
News Desk 0 response सोमवार, भदौ ३०, २०७६

सम्बन्धित शीर्षकहरु
-
शेरबहादुर देउवाले चुनाव नलड्ने
मङ्लबार, माघ ७, २०८२ -
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
चीनको अर्थतन्त्र सन् २०२५ मा ५ प्रतिशतले..
सोमवार, माघ ६, २०८२
-
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
निर्वाचनको तयारी र दलहरूको सक्रियताले देश नै..
सोमवार, माघ ६, २०८२ -
निर्वाचन आयोगलाई गम्भीर आरोप लगाएका दुर्गा प्रसाईं..
सोमवार, माघ ६, २०८२
-
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२



