

-
काठमाडौं ।
अहिलेका अवस्थामा बाहिरको प्रहार भन्दा पनि प्रमुख दलका नेताकै व्यवहारका कारण गणतन्त्र गुम्मे खतरा आएको बिश्लेषण हुन थालेको छ ।
नेकपाका नेता तथा बिचारक घनश्याम भुषालले बिपी कोइरालाको १०६औँ जन्मजयन्तीका अवसरमा गान्धी अध्ययन तथा शान्ति केन्द्र, समता अध्ययन केन्द्रले आयोजना गरेको ‘लोकतन्त्रको चुनौती’ विषयको विचार गोष्ठीमा राजनीतिक नेताहरुमा नैतिक मूल्यमान्यता खडेरीमा परेको र सोच पुरानो नै भएकाले जनताले चाहेको आमूल परिवर्तन हुन नसकेकाले बताएका हुन् ।
भुसालले राजनीतिक दलको अकर्मन्यताका कारण प्रजातन्त्र गुम्ने खतरा रहेको बताए। उनले गणतन्त्र जोगाउन नेपाली काङ्ग्रेस र नेकपाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
भुसाालले देशको आर्थिक वृद्धि यो गतिले हासिल हुन नसक्ने भन्दै समाजवादबाट मात्रै नेपालको समृद्धि सम्भव रहेको उल्लेख गरे। संविधानको मूलभूत मुद्दा सङ्घीयता, धर्म निरपेक्षता, समानता, समाजवादमाथि प्रहार भइरहेको भन्दै भुसालले जनताको आकाङ्क्षाअनुसारको उपलब्धि हासिल गर्न नसक्दा सङ्घीयता गुम्ने खतरा औँल्याए।
गान्धी अध्ययन शान्ति केन्द्रका संस्थापक उपाध्यक्ष प्रदीप गिरीले जनयुद्ध, ओखलढुङ्गा, झापा काण्ड हुँदै नेपालको राजनीति यहाँ आइपुगेको बताए। वरिष्ठ राजनीतिज्ञ डा कञ्चन झा, केन्द्रका अध्यक्ष दीपकुमार उपाध्याय, महासचिव शेखर गिरी तथा पूर्व राजदूत लोकराज बराल, डा उद्धव प्याकुरेललले अहिलेको सरकारले देश चलाएको तरिकाले जनतामा असन्तुष्टि बढेको बताए ।
News Desk 0 response सोमवार, भदौ ३०, २०७६

सम्बन्धित शीर्षकहरु
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने
शुक्रबार, असार २६, २०८३-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



