

पाइपलाइनबाट ल्याइन थालेपछि ढुवानी खर्च कम हुँदा ईन्धनको मुल्य कम
भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै नेपाल आयाल निगमले इन्धनको मूल्य समायोजन गरी आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल÷मट्टितेल र पेट्रोलमा प्रतिलिटर र दुई÷दुई घटाएपछि उपभोक्तालाई राहत भएको हो । मूल्य घटेसँगै प्रतिलिटर डिजेल÷मट्टितेल रु ९५ र पेट्रोल रु १०७ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य रु १०९ र डिजेल÷ मट्टीतेलको मूल्य प्रतिलिटर रु ९७ थियो ।
-
पाइपलाइनबाट इन्धन ल्याइन थालेपछि ढुवानी खर्च कम हुनेछ । यसले उपभोक्ताई राहत महसुस हुनेछ ।
News Desk 0 response मङ्लबार, भदौ २४, २०७६भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएसँगै नेपाल आयाल निगमले इन्धनको मूल्य समायोजन गरी आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल÷मट्टितेल र पेट्रोलमा प्रतिलिटर र दुई÷दुई घटाएपछि उपभोक्तालाई राहत भएको हो । मूल्य घटेसँगै प्रतिलिटर डिजेल÷मट्टितेल रु ९५ र पेट्रोल रु १०७ कायम भएको छ । यसअघि पेट्रोलको मूल्य रु १०९ र डिजेल÷ मट्टीतेलको मूल्य प्रतिलिटर रु ९७ थियो । पाइपलाइनका कारण ढुवानी खर्च जोगिने भएपछि स्वचालित प्रणालीमा भाउ बढेमा कम प्रतिशतमा वृद्धि हुनेछ । पाइपलाइनाबाट इन्धन भित्र्याउन थालेपछि वार्षिक रु दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । मुलुकले समृद्धि र आर्थिक विकासको लक्ष्य लिइरहेको बेला यस राष्ट्रिय आयोजनाले प्रत्यक्ष योगदान दिने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रिमोट थिचेर इन्धन ‘सेन्डिङ’ र प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘रिसिभिङ’ गरेपछि आज परियोजनाको शुभारम्भ भएको थियो । यसअघि भारतको रक्सौल नाकाबाट दैनिक १५० भन्दा बढी गाडीमा पेट्रोल र डिजेल आउने गरेकामा त्यसको ढुवानी खर्च पूरै बचत हुनेछ । पाइपलाइनका लागि अतिरिक्त कर्मचारी र बिजुली खर्च लाग्ने छैन । यसरी नयाँ प्रविधिबाट तेल आउँदा प्रतिलिटर ६० पैसासम्म कम पर्न आउने अनुमान गरिएको छ । परियोजना शुरु भएपछि वार्षिक करीब रु दुई अर्ब बचत हुने निगमको अनुमान छ । हाल भारतबाट छ हजार किलोलिटर डिजेल र एक हजार किलोलिटर पेट्रोल आयात हुँदै आएको छ । यस परियोजनाले मासिक रु एक अर्ब २९ करोड घाटामा रहेको निगमलाई पनि घाटापूर्तिमा सघाउनेछ । नेपालमा पेट्रोलभन्दा डिजेलको माग बढी भएकाले हालका लागि यसबाट डिजेल ल्याइनेछ । आवश्यकताअनुसार चौबीसै घण्टा चल्ने यो पाइपलाइनबाट प्रतिघण्टा २०० किलोलिटर तेल झर्ने क्षमता छ । परियोजनाको ‘पाइपिङ’ प्रणालीअन्तर्गत मेकानिकल र सिभिलकार्य गत महीना सकिए पनि शुभारम्भको मिति आज जुरेकाले डिजेल ल्याउन शुरु गरिएको हो । भारतीय पक्षले नेपालका २५ कर्मचारी र प्राविधिकलाई लखनऊमा दुई साताको तालीम दिएको थियो भने अबको एक वर्षसम्म परियोजनालाई प्राविधिक सहयोग गर्नेछ ।

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३



