
-
काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन काठमाडौं र दिल्लीबाट नेपाल र भारतका प्रधानमन्त्रीद्वयले संयुक्त रूपमा बटम थिचेर गरेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट एकसाथ बटम थिचेर उद्घाट्न गरेका हुन् ।
उद्घाटनलगत्तै बरौनी डिपोबाट अमलेखगञ्जमा डिजेल आउने र सो डिजेल भारतीय आयल निगमका पदाधिकारीले नेपाल आयल निगमका निर्देशक सुरेन्द्र पौडेललाई उपहारस्वरुप हस्तान्तरण गरेको थियो ।
भारत सरकारको २ सय ७५ करोड लगानीमा सम्पन्न सो पेट्रोलियम पाइपलाइन आयोजना नेपाल सरकारको पहिलो प्राथमिकताको आयोजना हो ।२०६१ मा नेपाल र भारत सरकारबीच सम्झौता भएर २३ फागुन २०७४ मा निर्माणा कार्य शुरू भएको सो आयोजना निर्धारित समयभन्दा ८ महिना अगाडि सम्पन्न भएको हो ।
पेट्रोलियम पाइपलाइनको कुल लम्बाइ ७० किलोमिटरमध्ये भारततर्फ ३२।५ किलोमिटर तथा नेपालतर्फ ३७।५ किलोमिटर छ । उद्घाटनलगत्तै पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ ।
पाइपलाइन आयोजनाकै लागि निगमको अमलेखगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्याङ्कीसमेत निर्माण गरिएको छ । पाइपलाइन सञ्चालनमा आएपछि अब वार्षिक २ अर्ब बचत हुने र यसबाट वातावरण प्रदूषण, वन विनाश, राजमार्गमा हुने दुर्घटना, ट्राफिक जाम, ढुवानी गर्दा पेट्रोल पर्दाथमा हुने चुहावटलगायतका समस्या समाधान हुने छ ।
News Desk 0 response मङ्लबार, भदौ २४, २०७६


सम्बन्धित शीर्षकहरु

१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो : कांग्रेस ७६, एमाले ४८ र माओवादी ३६ वटामा विजयी
सोमवार, जेष्ठ २, २०७९-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
१ सय ६७ पालिकाको अन्तिम नतिजा आयो..
सोमवार, जेष्ठ २, २०७९ -
प्युठानको माण्डवीमा माओवादी विजयी
सोमवार, जेष्ठ २, २०७९ -
ताप्लेजुङको मेरिङदेन अध्यक्षमा गठबन्धनबाट कांग्रेस विजयी
सोमवार, जेष्ठ २, २०७९ -
पोखरामा एकीकृत समाजवादीका आचार्यको अग्रता कायमै
सोमवार, जेष्ठ २, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९