

-
काठमाडौँ ।पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसित आग्रह गर्नुभयो । सांसद कृष्णगोपाल श्रेष्ठले आज काठमाडाँैको नयाँ सडक निवासी ७६ वर्षीया एक वृद्धाको डेङ्गु रोगका कारण निधन हुनपुगेको जानकारी गराउनुभयो । सांसद डिला सङ्ग्रौलाले देशका ४८ जिल्लामा फैलिएको डेङगु नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय असफल रहेको आरोप लगाउँदै डेङ्गु रोगका बारेमा मन्त्रीले दिएका सार्वजनिक भनाइ आपत्तिजनक रहेको बताउनुभयो । उहाँको प्रश्न गर्नुभयो, “डेङ्गु नियन्त्रण गर्ने काम नेपाली सेनाको हो ? के सेना परिचालन गर्न मिल्छ ?” सांसद पुष्पा भुषालले काठमाडौंमा नै प्रकोपका रुपमा फैलिएको डेङ्गु नियन्त्रण गर्न सरकार असफल बनेको बताउनुभयो । सांसद नरमाया ढकालले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा फैलिएको डेङ्गु नियन्त्रण भएका प्रयास बारेमा स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराउनुपर्दछ भन्नुभयो । मन्त्रालयका अनुसार पछिल्लो समय सो रोग ४८ जिल्लामा फैलिएको, तीन हजारभन्दा बढी सङ्क्रमित हुन पुगेका र चारजनाको अकालमा मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयले विशेषगरी किटजन्य रोग नियन्त्रण गर्ने पद ‘भेट्रोल कन्ट्रोलर’ खारेज गरेपछि रोग नियन्त्रण गर्न कठिनाई परेको जनाइएको छ । आजको शून्य समयमा विद्यालय जान लागिरहेकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि शुक्रबार वीरगञ्जमा भएको आक्रमणको भत्सर्ना गर्दै उहाँले काठमाडांैस्थित कीर्तिपुरमा उपचारत खातुनलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन र एशिड प्रहार गर्नेमाथि कडा कारवाही गराउन पनि सांसदहरुले सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो । सांसद श्रेष्ठ र पार्वती डिसी चौधरीले कीर्तिपुरमा उपचारत् खातुनको निःशुःल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो । बैठकमा सांसद टेकबहादुुर बस्नेतले असार मसान्तमा नै खर्च गर्ने प्रवृत्ति कानूनले अन्त्य गरेपनि व्यवहारिकरुपमा अन्त्य नभएकोतर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । अर्का सांसद तेजुलाल चौधरीले धान रोप्ने समयमा तराई÷मधेशमा बाढी डुवान भएको यो अहिले सुख्खाग्रस्त भएकाले सङ्घीय सरकारले ध्यान दिन आग्रह गर्नुभयो । सांसद दामोदर भण्डारीले बैतडी जिल्लाका तीन पालिकामध्ये शिवनाथ गाउँपालिकामा हिंस्रक बाघको आतङ्क भएकाले नियन्त्रणको लागि माग गर्नुभयो । सांसद दिलकुमारीले महिला माथि हुने हिंसा अन्त्य गर्न सरकारले विशेष कार्ययोजना ल्याउन र शुक्रबार वीरगञ्जका किशोरी मुस्कान खातुनमाथि एसिड प्रहार गर्नेलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद देवप्रसाद गुरुङले एनसेलको लाभकरका विषयमा भएको आदेशमाथि सरकारले पुनरावलोकन गर्न माग गर्नुभयो । अर्का सांसद देवप्रसाद तिमल्सिनाले कृषकले उत्पादन गरेका ऊखुको मूल्य नपाएको चर्चा गर्दै ऊखुको मूल्य नदिने उद्योगमाथि कारवाही गर्न माग गर्नुभयो । सांसद देवेन्द्र पौडेलले उत्तरगङ्गा जलाशय आयोजना कार्यान्वयन गर्न सरकारले पहिलो प्राथमिकता दिन माग गर्नुभयो । सांसद देवेन्द्रराज कणेलले नवलपरासी जिल्लामा हालै विभत्सरुपमा गाईको मृत्यु भएकोतर्फ ध्यानाकर्षण गराउँदै हत्या गर्नेमाथि कारवाही गर्न माग गर्नुभयो । अर्का सांसद नवीना लामाले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदबीच विभेद नगर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नवराज रावतले सात जिल्लामा डिभिजन वन कार्यालय स्थापना गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याउन माग गर्नुभयो भने नारायणप्रसाद खतिवडाले पूर्वाधारका काम अति सुस्त हुने तर ठेकेदारलाई भुक्तानी छिटो हुने प्रवृत्ति रोकिनुपर्छ भन्नुभयो । सांसद पद्मनारायण चौधरीले सिरहा र सप्तरीलाई खडेरीग्रस्त घोषणा गर्न, डेङ्गु नियन्त्रणमा ध्यान दिन र उदयपुर र सिरहा जिल्लाको सीमा विवाद अन्त्य गर्न माग । रासस
News Desk 0 response आइतवार, भदौ २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
विद्युतीय चुलोमा अनुदान दिने सरकारको रणनीति
आइतवार, जेष्ठ ३, २०८३ -
युद्ध अवधिमा इरानका ५१ हजार भवनमा क्षति
आइतवार, जेष्ठ ३, २०८३ -
कीर्तिमानी आरोही शेर्पाद्वयलाई प्रधानमन्त्री शाहको बधाई
आइतवार, जेष्ठ ३, २०८३ -
बैशाखमा घरजग्गा कारोबारमा उत्साह, राजस्व बढ्यो
आइतवार, जेष्ठ ३, २०८३ -
१० महिनामा ४५ अर्ब ३२ करोड रुपैयाँ..
आइतवार, जेष्ठ ३, २०८३
-
राजनीतिमा भाग लिए सरकारी कर्मचारी बर्खास्तीमा पर्न..
बुधबार, बैशाख ३०, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
नेपालको सार्वजनिक प्रशासनिक संयन्त्र
बिहिबार, बैशाख ३१, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३



