

-
लहान । सिरहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गाउँपालिकाको कार्यालयमा आज बिहान अज्ञात समूहले आगजनी गरेको थियो । आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजात पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान पश्चात मात्र थप कुरा भन्न सकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । आगजनीबाट कार्यालयको महत्वपूर्ण कागजातसहित फर्निचरसमेत जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष सन्तोष महतोले बताउनुभयो । घटनास्थलमा अभिनन्दन बालबालिका स्वतन्त्र पार्टी नेपालको पर्चा भेटिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस
News Desk 0 response बुधबार, भदौ १८, २०७६


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
क्यानको बन्द प्रशिक्षणमा सन्दीप लामिछाने परेनन्
शुक्रबार, माघ १३, २०७९