

सात तला अनुमति११तले निर्माण,निर्माणाधिनलाई०७५मै सम्पन्न प्रमाण
सिंहदरवार दक्षिण ढोकैको अगाडी एउटा भब्य महल निर्माण भईरहेको छ । अचम्म त यो भवन साढे सात तलाको निर्माण अनुमति लिएर ११ तले बनेको छ । अहिले पनि निर्माणकार्य जारी छ । बनाउने काम सकिएको छैन । तर, काठमाडौं महानगरपालिकाले आठ महिनाअघि अर्थात् ०७५ कात्तिक १५ मै निर्माण सम्पन्नको प्रमाणपत्र दिइसकेको छ ।
-
काठमाडौं ।
सिंहदरवार दक्षिण ढोकैको अगाडी एउटा भब्य महल निर्माण भईरहेको छ । अचम्म त यो भवन साढे सात तलाको निर्माण अनुमति लिएर ११ तले बनेको छ ।
अहिले पनि निर्माणकार्य जारी छ । बनाउने काम सकिएको छैन । तर, काठमाडौं महानगरपालिकाले आठ महिनाअघि अर्थात् ०७५ कात्तिक १५ मै निर्माण सम्पन्नको प्रमाणपत्र दिइसकेको छ ।
यही हनुमानस्थानस्थित ‘इमिरो प्लाजा’ अर्थात्, केन्द्रीय सचिवालय सिंहदरबार, मुखैअगाडि गुप्तचरी मुख्यालय, सँगै जिल्ला प्रशासन कार्यालय, अलिक पर सर्वोच्च र जिल्ला अदालतसहित अत्यन्तै संवेदनशील निकाय रहेको भवन अधिग्रहण गरिनुपर्ने अध्ययन प्रतिवेदन पेश भएको छ ।
त्योसहित राष्ट्रपति भवन (शीतल निवास) अघिल्तिर निर्माण भइरहेको सिई रियलइस्टेट पनि सरकारले अधिग्रहण गर्ने सम्भावना छ ।गृह मन्त्रालयले काठमाडौंका सिडिओ रामप्रसाद आचार्यको संयोजकत्वमा गठन गरेको अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमा केन्द्रीय कारागार, सैनिक मुख्यालयजस्ता संवेदनशील स्थानमा बनेका अन्य भवन पनि अधिग्रहण गरिनुपर्ने सुझाव छ ।
आइतबार नै बुझाइएको उक्त प्रतिवेदन अब मन्त्रिपरिषद् बैठकमा पेश हुनेछ । मन्त्रिपरिषद्ले अधिग्रहण गर्ने, क्षतिपूर्ति तिर्ने, नतिर्ने वा सरकारले कुन रुपमा प्रयोग गर्ने भन्ने कुराको टुंगो लगाउन बाँकी छ ।
०६३ सालअघिसम्म राजदरबार वरपर अग्ला घर बनाउन बन्देज थियो । त्यो बन्देज कायम छ । बन्देजकै अवस्थामा अरु त अरु, नेपाल सरकारकै अंगको रुपमा रहेको नेपाल ट्रष्टले त्यहाँ बडेमाको भवन बनाइरहेको छ । जंगी अड्डाअघिल्तिर इच्छाबहादुर तामाङले हेलिप्याडसहितको सिटिसी मल बनाएका छन् ।गृहको प्रतिवेदनले त्यस्ता भवन अधिग्रहणको विधिबाट सरकारको नियन्त्रणमा ल्याउने सुझाव त दिएको छ । तर, अब त्यसरी भवन निर्माण गर्न नक्सा पास गर्नेलाई कारवाही हुने कि नहुने ? भन्ने गम्भीर प्रश्न यथावत छ ।
बाँकी भवन भत्काइने कि अधिग्रहण गरिने भन्ने कुरा प्रधानमन्त्री उपचारबाट फर्किएपछि बल्ल छिनोफानो लाग्दैछ ।
News Desk 0 response बुधबार, भदौ १८, २०७६

सम्बन्धित शीर्षकहरु
-
अमेरिकासँग तत्काल सम्झौता हुँदैन : इरान
सोमवार, जेष्ठ ११, २०८३ -
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३
-
सगरमाथा शिखरमा पुग्ने आरोहीको सङ्ख्या ९०० नाघ्यो
सोमवार, जेष्ठ ११, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
पूर्व-पश्चिम विद्युतीय रेलमार्गः साढे ९ खर्ब लागत,..
सोमवार, जेष्ठ ११, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३
-
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
६ सहसचिवको सरुवा, को कहाँ ?
मङ्लबार, जेष्ठ ५, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३ -
विद्या भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय
सोमवार, जेष्ठ ४, २०८३



