

सर्बसाधारणलाई सास्ती सिंहदरवार
देशको प्रमुख प्रशासनिक केन्द्र हो सिंहदरवार । त्यसकारण पनि अन्यायमा परेका सर्वसाधारणको एक पटक आफ्नो समस्या सिंहदरवारलाई सुनाउने ईच्छा हुन्छ । त्यसोत न्यायालयको माथिल्लो निकाय कानुन मन्त्रालय पनि यही भित्र रहेको छ । अन्यायमा परेको महसुस गरेका सर्वसाधारणले एक पटक आफ्नो समस्या कानुन मन्त्रालयमा सुनाउने चाहना राख्नु अन्यथा पनि होईन । त्यही सिंहदरवारमा प्रवेश गर्न बिचौलिया तथा पहुचवालालाई सामान्य छ । तर, सर्बसाधारणका लागि ठूलो युद्ध जितेसरह हुन्छ । भनसुन नभएसम्म सर्बसाधारण कोही पनि सहजरुपमा सिंहदरवार प्रवेश गर्नै पाउँदैन ।
-
काठमाडौं ।
देशको प्रमुख प्रशासनिक केन्द्र हो सिंहदरवार । त्यसकारण पनि अन्यायमा परेका सर्वसाधारणको एक पटक आफ्नो समस्या सिंहदरवारलाई सुनाउने ईच्छा हुन्छ । त्यसोत न्यायालयको माथिल्लो निकाय कानुन मन्त्रालय पनि यही भित्र रहेको छ । अन्यायमा परेको महसुस गरेका सर्वसाधारणले एक पटक आफ्नो समस्या कानुन मन्त्रालयमा सुनाउने चाहना राख्नु अन्यथा पनि होईन । त्यही सिंहदरवारमा प्रवेश गर्न बिचौलिया तथा पहुचवालालाई सामान्य छ । तर, सर्बसाधारणका लागि ठूलो युद्ध जितेसरह हुन्छ । भनसुन नभएसम्म सर्बसाधारण कोही पनि सहजरुपमा सिंहदरवार प्रवेश गर्नै पाउँदैन ।
News Desk 0 response मङ्लबार, भदौ १७, २०७६
सिन्धुपाल्चोकका सकुल नेपाललाई सिंहदरवार जानु पर्ने काम भयो । शिक्षा मन्त्रालयमा केही कुरा बुझ्नका लागि उनले सिंहदरवारको बाटो रोजे । मुश्किलले दश पटक काठमाडौं आईपुगेका नेपाललाई सिंहदरवार प्रवेश गर्ने ढोका पत्ता लगाउनै गाह्रो भयो । बल्लतल्ल सिंहदरवारको ढोका भेटेका उनलाई अव भने ठूलो समस्या प¥यो किनकि उनले सहज सिंहदरवार प्रबेश पाएनन् । ढोकामा पुग्न पनि प्रहरीको हप्किदप्कि भेटेका उनलाई प्रहरीले पास मागे । तर, उनीसँग कुनै पास थिएन । राज्यले दिएको एकथान नागरिकता उनले देखाए । यसले प्रबेश नपाउने जवाफ उनले पाए । सुरक्षाकर्मीसँग गुनासो पनि गरे । नागरिकता भन्दा ठूलो पहिचान अरु के हुन सक्छ ? तर, भित्र बाट नाम आउनु पर्ने भन्दै सुरक्षाकर्मीले उनलाई जान दिएनन् । पास नहुनु त स्वाभाविक थियो । उनले पास लिने तरिका पनि जानेनन् । बटुवासँग सोधपुछ गर्दा पास चाहिने कुरासम्म त थाहा भो । तर, पास लिनका लागि सिंहदरवार भित्रै कोही चिनेको मानिस हुनु पर्ने भएपछि उनलाई ठूलो समस्या आईलाग्यो । निक्कै बेर उनी सिंहदरवार दक्षिण गेटको वरिपरि बसिरहे । भदौको घाममा सेकिएर बस्दा पनि उनका लागि सिंहदरवार प्रबेश गर्ने उपाय केही आएन । सिंहदरवारका कुनै कार्यालयले गेटमा नाम टिपाएपछि मात्र सर्वसाधारणलाई नागरिकताको सहयोगमा प्रवेश पाईन्छ । तर,काठमाडौंसमेत मुश्किलले आएका नेपालजस्ता ब्यक्तिलाई सिंहदरवार भित्रको पहुँच धेरै परको कुरा हो । निक्कैबेर अलमलिएपछि उनलाई एकजना सञ्चारकर्मीले भेटे । सञ्चारकर्मीसँग यही गुनासो गरे । र, ती सञ्चारकर्मीले नाम टिपाईदिएपछि उनी सिंहदरवार भित्र छिरे ।
सिंहदरवारभित्र स्वास्थ्य मन्त्रालय बाहेक सवै मन्त्रालय छन् । बिभिन्न समस्याले जेलिएर समाधान नभएपछि एक पटक आफ्नो समस्या सिंहदरवारलाईनै सुनाउने ईच्छा सर्वसाधारणमा हुन्छ । तर, सिंहदरवारले समस्या सुन्न त के सर्वसाधारणलाई सहज प्रवेशसमेत दिँदैन । यसले नागरिकको अधिकार हनन भएको भन्न सकिन्छ । तर, यस बारेमा कुनै सुनुवाई भएको छैन । सिंहदरवारको सुरक्षा चुनौतीको बिषयसँग जोडेर सहज पहुँचमा रोक लगाईएको सुरक्षा निकायको भनाई हुन्छ । तर, कुनै पनि पास लिएका ब्यक्तिलाई सामान्य छामछुम पनि नगरि भित्र पठाईएको दृष्यले भने सुरक्षा निकायको तर्कलाई हावा खुवाईदिन्छ । परिचयपत्र बोकेका मान्छे सबै सद्धेनै हुन्छन् भन्ने तर्कले सर्बसाधारणलाई प्रवेशमा नियन्त्रण गर्नु यो पटक्कै सही काम भने होईन ।
त्यसोत भित्र बाट नाम आएपछि प्रवेशमा सहजता सुरक्षा निकायले गरेको छैन । कुनै दिन त आधा घण्टासम्म लाईन बस्नु पर्ने बाध्यतामा सर्वसाधारणहरु हुन्छन् । गेटमा पाँच बटा ढोका बाट एक पटकका लागि हुने पास बितरण भईरहेको हुन्छ । ती मध्ये सवै ढोका कहिल्यै खुलेको हुँदैन । खुलेका ढोकामा पनि प्रायः कर्मचारी नहुने रोग कुनै नयाँ होईन । त्यसकारण पनि सिंहदरवारको दक्षिण ढोकामा भित्र प्रवेश गर्नेको प्रायः घुँईचो देखिन्छ ।
देशको प्रशासनिक केन्द्र भएका कारण सुरक्षा संवेदनशिलतालाई ध्यान दिनु पर्ने तर्क सही हो । तथापि ढोकाको सुरक्षाले सिंहदरवारको सुरक्षामा कुनै फरक नपारेको देखिजान्नेहरुको भोगाई छ । पटक पटक सिंहदरवारभित्रका कार्यालयका बहुमुल्य सामानहरु हराईरहेका छन् । त्यस बारे सुरक्षा निकायले कुनै मेसो पाएको छैन । मन्त्रालयभित्रै बाट ल्यापटपजस्ता सामान हराएका समाचार बाहिर आएका छन् । तर, भेटिएका कुनै समाचार आएका छैनन् । त्यसोत यो ढोकाको अगाडी एकछिन उभिएर हेर्ने हो भने पनि सुरक्षा निकायको चेकजाँच र सुरक्षाको संवेदनशीलता स्पष्ट देख्न सकिन्छ । दिनमा हजारौ गाडी ओहोरदोहोर गर्ने यो ढोकामा कुनै गाडी वा सवारी साधान जाँच गरेको देखिदैन । केवल परिचयपत्र जाँच गर्दै त्यहाँ तैनाथ प्रहरीका कर्मचारीहरु हैरान भएको देखिन्छ ।
प्रमुख प्रशासनिक केन्द्रमा सुरक्षा संबेदनशिलता हुन्छ नै तर, सिन्धुपाल्चोकका नेपालजस्ता ब्यक्तिलाई रोकेर सुरक्षामा अब्बल हुने कुरा पटक्कै मान्न सकिन्न । यस बारे सरोकारवालाको ध्यान जाओस् ।
मन्त्रालयकै सामान चोरी
सिंहदरवारभित्रका सामान चोरी भएका खवर पटक पटक सार्वजनिक हुने गरेको छ । पछिल्लो पटक वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन्यजन्तु विभागले सिंहदरबारभित्र रहेको बेलायती बैठक कक्षबाट चोरी भएका वन्यजन्तुका बहुमूल्य वस्तुको विवरण गृह मन्त्रालयलाई बुझाएको दुई साता भइसकेको छ । राष्ट्रिय सभाको प्रत्यायोजित अधिकार व्यवस्थापन समितिको अनुगमनका क्रममा बहुमूल्य वस्तु चोरी भएको सार्वजनिक भएको थियो । त्यसपछि विभागले समिति नै गठन गरी विवरण तयार पारेको थियो । तत्कालीन राजाहरूले विशिष्ट विदेशी पाहुनालाई भेटघाटपछि रात्रिभोज दिने बेलायती कक्षबाट चोरिएका गैंडाका २ वटा खाग, बाघका नङ्ग्रा, दारा र जुँगा तथा अन्य बहुमूल्य सामग्रीसहितको विवरण मन्त्रालयलाई बुझाएको हो ।
– जनप्रशासन पाक्षिकवाट


सम्बन्धित शीर्षकहरु
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२ -
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित..
आइतवार, बैशाख ७, २०८२ -
ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आज काठमाडौं आउने
मङ्लबार, बैशाख ९, २०८२