

नेता कर्मचारीलाई स्पष्टिकरण लिएर पर्यटनमा शुद्धिकरण अभियान
सगरमाथाको आधार शिविरमै नगई गएको फर्जी प्रमाण पेश गरी डलर भुक्तानी लिने आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाली कांग्रेस निकट अधिकृत कमल मिश्रसम्मलाई पर्यटन विभागले १५ दिने स्पष्टीकरण सोधेको छ ।
-
काठमाडौं ।
सगरमाथाको आधार शिविरमै नगई गएको फर्जी प्रमाण पेश गरी डलर भुक्तानी लिने आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत नेपाली कांग्रेस निकट अधिकृत कमल मिश्रसम्मलाई पर्यटन विभागले १५ दिने स्पष्टीकरण सोधेको छ ।
हिमाल आरोहणमा जाने विदेशी पर्यटकको सम्पर्क अधिकृत(लियाजो अफिसर) ले आधार शिविरमै नगई गएको प्रमाणित गरी पारिश्रमिक लिने १५ कर्मचारीहरुलाई पर्यटन विभागले २०७६ भदौ ६ मा स्पटीकरण सोधेको हो ।हिमाल आरोहण नगरी डलर भुक्तानी लिने आधिकारिक ट्रेड युनियनका सदस्य विश्वबन्धु रेग्मीलाई पनि विभागले स्पष्टीकरण सोधेको छ । उनी नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियन संघबाट आधिकारिक ट्रेड युनियनमा प्रतिनिधित्व गर्दछन् ।
हिमाल आरोहणका लागि लियाजो अफिसरका रुपमा जानेले डलर पाउने हुनाले त्यसमा जानका लागि चलखेल हुने गरेको छ । तर हिमाल नै नचढी फर्जी प्रमाण जुटाएर भुक्तानी लिने क्रम बढेपछि लियाजो अफिसर खटाउने प्रक्रियाप्रति नै प्रश्न उठेको छ । लियाजो अफिसरमा खटाउ“दा ट्रेड युनियन नेताहरु, अख्तियारका कर्मचार, शक्तिशाली नेता र सचिवसम्म पहुँच हुनेले पटक पटक अवसर पाउने तर अरु कर्मचारीले नपाउने गरेको गुनासो सम्बोधन हुन सकेको छैन ।
सगरमाथाको लागि सम्पर्क अधिकृत भए वापत कर्मचारीले झण्डै ४ लाख रुपैयाँ पाउँछन् । तर आधार शिविरमा पनि नपुगी कीर्ते प्रमाण पेश गरेर भुक्तानी लिने गरेको पाइएको छ । लियाजो अफिसरका रुपमा जानेहरुले काठमाडौमै बसेर आरोहीलाई सगरमाथाको चुचुरोमा पुगेको प्रमाणित गर्ने काम समेत भएको छ । यस वर्ष विभागले ३७ जना सरकारी कर्मचारीलाई लियाजो अफिसरको जिम्मेवारी दिएको थियो । ती मध्ये २२ जना कर्मचारी सगरमाथाको वेस क्याम्प पुगेका थिए भने बाँकी १५ जना कर्मचारी काठमाडौमै बसी फर्जी प्रमाण पेश गरी भुक्तानी लिएका थिए ।६ हजार ५ सय भन्दा अग्ला हिमालमा आरोहणमा जाने विदेशीका लागि लियाजो अफिसर खटाउने गरिन्छ । आरोहणमा जाने आरोही दलसँग एक जना सरकारी कर्मचारीलाई लियाजो अफिसरको रुपमा पठाइन्छ ।
विभागले स्पष्टीकरण सोधेका कर्मचारीहरुमा अख्यितारमा कार्यरत शाखा अधिकृतद्वय तीर्थ चापागाई र कमल मिश्र पनि छन् । राष्ट्रपति कार्यालयका उपसचिव प्रल्हाद पुडासैनीलाई पनि विभागले स्पष्टीकरण सोधेको छ । महालेखा नियन्त्रण कार्यालयका राजेन्द्र्र श्रेष्ठलाई पनि विभागले स्पष्टीकरण सोधेको छ । आधार शिविर९बेसक्याम्प० मै नपुगी हिमाल आरोहण गरेको भनी फर्जी प्रमाण पेश गरेको आरोपमा विभागले स्पष्टीकरण सोधका कर्मचारीहरुमा पर्यटन मन्त्रालयका उपसचिव मंगला श्रेष्ठ, शाखा अधिकृतहरु लेखा पनेरु, गणेशबहादुर कटवाल, कम्प्युटर अधिकृत विना श्रेष्ठ पनि छन् ।पर्यटन विभागका प्राविधिक अधिकृत गोपाल भण्डारी, विभागकै कानुन अधिकृत चन्द्रप्रसाद अधिकारी, ५ नम्बर प्रदेशका अधिकृत हुमनाथ पाण्डे, प्रदेश नम्बर १ का कम्प्युटर अधिकृत सन्तोष मोक्तान, प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयका कानुन अधिकृत लक्ष्मी शर्मा छन् ।
स्मरण रहोस्, यो बर्ष आधिकारिक ट्रेड युनियनका दुई पदाधिकारी र १ सदस्य हिमाल आरोहणको लियाजो अफिसरमा खटिएका थिए । आधिकारिक ट्रेड युनियनको १० सदस्यीय कार्यसमितिमा अध्यक्ष पुण्थ ढकाल, उपाध्यक्ष भोलानाथ पोखरेल र सदस्य विश्वबन्धु रेग्मी लियाजो अफिसरमा खटिएका थिए । आम कर्मचारीको भाग खोसेर पटक पटक लियाजो अफिसरमा जाने ट्रेड युनियन नेतृत्वको ब्यवहारबाट आम कर्मचारी पनि आक्रोसित छन् ।
News Desk 0 response मङ्लबार, भदौ १७, २०७६

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३



