

२५ गाडीलाई १२५ चालक !
बिभिन्न ब्यक्तिका लागि यहाँ २५ वटा सवारी साधन छन् । तर, ती साधनका लागि १ सय २५ जना चालक नियुक्ति गरिएको छ । तर, बिशिष्ट श्रेणीका कर्मचारीका चालकवाहेक अरु भेटिदैन । घाटामा गएको संस्थामा सवारी साधान भन्दा बढी चालक नियुक्त गर्नुनै भ्रष्ट मानसिकता हो । यस बारे कसैले आवाज उठाएको छैन । हुनत चालकमा जागीर खाने सामान्य कर्मचारीका कारण निगम यति धेरै नोक्सानमा परेको भन्न नमिल्ला तर, यसले सम्पूर्ण ब्यवस्थापनको कमजोरीको झल्को दिन्छ ।
-
काठमाडौं ।
नेपाल वायु सेवा निगम अहिले ब्यापक घाटामा छ । यहाँ अनावश्यक हस्तक्षेपका कारण आर्थिक समस्या आएको हो । अन्तराष्ट्रिय क्षेत्रमा ५ देशका ७ गन्तब्यमा उडान भर्ने पहिलो नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी नेपाल वायु सेवा निगमले ४४ आन्तरिक र २२ बाह्य स्थानहरुमा उडान भर्दै आएको निगम ३७ अर्ब ऋणमा रहेको छ । निगमले ६१औं वार्षिककोत्सव मनाएको छ । सोही बेला नयाँ विमान खरिद तथा मर्मत लगायत विविध कारणले निगमलाई ३७ अर्ब ऋण लागेको जानकारी दिईएको थियो ।
News Desk 0 response मङ्लबार, भदौ १७, २०७६
यो मन्त्रालयमा बिगत पाँच महिनादेखि मन्त्री थिएनन् । रबीन्द्र अधिकारीको दुर्घटनामा निधन भएपछि मन्त्री खाली थियो । अहिले योगेश भट्टराई मन्त्रीको रुपमा आएका छन् । उनले निगम घाटामा जानुका कारण खोतल्ने थाले । समस्या धेरै भयंकर पनि देखिएको छैन । तर, ब्यवस्थापनमा अनावश्यक स्वार्थ देखिएका कारण समस्या आएको देखिन्छ । बिभिन्न ब्यक्तिका लागि यहाँ २५ वटा सवारी साधन छन् । तर, ती साधनका लागि १ सय २५ जना चालक नियुक्ति गरिएको छ । तर, बिशिष्ट श्रेणीका कर्मचारीका चालकवाहेक अरु भेटिदैन । घाटामा गएको संस्थामा सवारी साधान भन्दा बढी चालक नियुक्त गर्नुनै भ्रष्ट मानसिकता हो । यस बारे कसैले आवाज उठाएको छैन । हुनत चालकमा जागीर खाने सामान्य कर्मचारीका कारण निगम यति धेरै नोक्सानमा परेको भन्न नमिल्ला तर, यसले सम्पूर्ण ब्यवस्थापनको कमजोरीको झल्को दिन्छ । त्यसोत काम गर्नेदेखि काम नगर्नेसम्म तीन सय भन्दा धेरै कर्मचारी करारमा रहेको अभिलेख देख्न सकिन्छ । स्थायी दरवन्दीवाला कर्मचारी पर्याप्त हुँदाहुँदै धेरै मात्रामा करार कर्मचारी नियुक्त गर्नुले पनि ब्यवस्थापन डामाडोल भएको स्पष्टै देखिन्छ । दिनदिनै यसरी ब्यवस्थापनमा लथालिङ्ग हुनुनै निगम उँधो लाग्ने मेसो हो । योगेश भट्टराई नयाँ मन्त्री नियुक्त हुनासाथ यहाँको ब्यवस्थापनको कमजोरी सुधार गर्नका लागि एउटा आयोगनै निर्माण गरेका छन् । पूर्वसचिवको संयोजकत्वमा वनेको यो आयोगले निगमका बिकृति खोजिरहेको छ । आयोगका एक सदस्यका अनुसार निगममा भएको आन्तरिक त्रुटि तथा अनावश्यक प्वालमात्र टाल्ने हो भने बार्षिक अरव रुपैयाँ जोगिने छ ।
प्रत्येक मन्त्री परिवर्तन हुनासाथ ठूलो संख्यामा करारमा कर्मचारी भर्ना गर्ने यहाँको नियमजस्तै बनेको छ । कर्मचारी युनियनको दादागिरी उस्तै रहेको छ । निगमको काम भन्दा पनि एयरपोर्टमा बसेर अबैध काममा सहयोग गर्नका लागि धेरै ब्यक्तिहरु करारमा प्रवेश गरेको देखिजान्नेहरु बताउँछन् ।
आन्तरिक ब्यवस्थापनमा कमजोरीे जनशक्ति व्यवस्थापन र मार्केटिङबारे कुनै नयाँ सोच नै नबनाएको नेपाल वायु सेवा निगमले यही अवस्थामा कुनै परिवर्तन गर्न नसक्ने आयोगका समदस्यहरुले निचोड निकालेका छन् ।
आवश्यकता बमोजिम पाइलटको व्यवस्था मिलाउन नसकेको तथा निगम ‘मिस म्यानेजमेन्ट’को सिकार भईरहेको छ । नागरिक लगानी कोष र निगमका १४ सय कर्मचारीको सञ्चय कोषको पैसा ऋण लिँदै जहाज खरिद गरिएको समाचारहरु बाहिर आउँछन् । तर, पहल केही भएको छैन ।
जनप्रशासन पाक्षिकवाट

सम्बन्धित शीर्षकहरु
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
फ्रान्सेली राष्ट्रपति म्याक्रोंको ‘सेक्सी स्टाइल’ले चश्मा कम्पनीको..
शुक्रबार, माघ १०, २०८२
-
रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि..
शनिबार, माघ ११, २०८२ -
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्यो ५..
शुक्रबार, माघ १०, २०८२ -
गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको..
शुक्रबार, माघ १०, २०८२ -
बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए
शुक्रबार, माघ १०, २०८२
-
युद्ध पत्रकारको शालीन विद्रोह
शुक्रबार, माघ १०, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२ -
कांग्रेसको झगडाले चुनावलाई असर गर्दैन : प्रचण्ड
शुक्रबार, माघ ३, २०८२ -
कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ..
बिहिबार, माघ २, २०८२ -
काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेद्वारा राजीनामा
शुक्रबार, माघ ३, २०८२



