

२५ गाडीलाई १२५ चालक !
बिभिन्न ब्यक्तिका लागि यहाँ २५ वटा सवारी साधन छन् । तर, ती साधनका लागि १ सय २५ जना चालक नियुक्ति गरिएको छ । तर, बिशिष्ट श्रेणीका कर्मचारीका चालकवाहेक अरु भेटिदैन । घाटामा गएको संस्थामा सवारी साधान भन्दा बढी चालक नियुक्त गर्नुनै भ्रष्ट मानसिकता हो । यस बारे कसैले आवाज उठाएको छैन । हुनत चालकमा जागीर खाने सामान्य कर्मचारीका कारण निगम यति धेरै नोक्सानमा परेको भन्न नमिल्ला तर, यसले सम्पूर्ण ब्यवस्थापनको कमजोरीको झल्को दिन्छ ।
-
काठमाडौं ।
नेपाल वायु सेवा निगम अहिले ब्यापक घाटामा छ । यहाँ अनावश्यक हस्तक्षेपका कारण आर्थिक समस्या आएको हो । अन्तराष्ट्रिय क्षेत्रमा ५ देशका ७ गन्तब्यमा उडान भर्ने पहिलो नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी नेपाल वायु सेवा निगमले ४४ आन्तरिक र २२ बाह्य स्थानहरुमा उडान भर्दै आएको निगम ३७ अर्ब ऋणमा रहेको छ । निगमले ६१औं वार्षिककोत्सव मनाएको छ । सोही बेला नयाँ विमान खरिद तथा मर्मत लगायत विविध कारणले निगमलाई ३७ अर्ब ऋण लागेको जानकारी दिईएको थियो ।
News Desk 0 response मङ्लबार, भदौ १७, २०७६
यो मन्त्रालयमा बिगत पाँच महिनादेखि मन्त्री थिएनन् । रबीन्द्र अधिकारीको दुर्घटनामा निधन भएपछि मन्त्री खाली थियो । अहिले योगेश भट्टराई मन्त्रीको रुपमा आएका छन् । उनले निगम घाटामा जानुका कारण खोतल्ने थाले । समस्या धेरै भयंकर पनि देखिएको छैन । तर, ब्यवस्थापनमा अनावश्यक स्वार्थ देखिएका कारण समस्या आएको देखिन्छ । बिभिन्न ब्यक्तिका लागि यहाँ २५ वटा सवारी साधन छन् । तर, ती साधनका लागि १ सय २५ जना चालक नियुक्ति गरिएको छ । तर, बिशिष्ट श्रेणीका कर्मचारीका चालकवाहेक अरु भेटिदैन । घाटामा गएको संस्थामा सवारी साधान भन्दा बढी चालक नियुक्त गर्नुनै भ्रष्ट मानसिकता हो । यस बारे कसैले आवाज उठाएको छैन । हुनत चालकमा जागीर खाने सामान्य कर्मचारीका कारण निगम यति धेरै नोक्सानमा परेको भन्न नमिल्ला तर, यसले सम्पूर्ण ब्यवस्थापनको कमजोरीको झल्को दिन्छ । त्यसोत काम गर्नेदेखि काम नगर्नेसम्म तीन सय भन्दा धेरै कर्मचारी करारमा रहेको अभिलेख देख्न सकिन्छ । स्थायी दरवन्दीवाला कर्मचारी पर्याप्त हुँदाहुँदै धेरै मात्रामा करार कर्मचारी नियुक्त गर्नुले पनि ब्यवस्थापन डामाडोल भएको स्पष्टै देखिन्छ । दिनदिनै यसरी ब्यवस्थापनमा लथालिङ्ग हुनुनै निगम उँधो लाग्ने मेसो हो । योगेश भट्टराई नयाँ मन्त्री नियुक्त हुनासाथ यहाँको ब्यवस्थापनको कमजोरी सुधार गर्नका लागि एउटा आयोगनै निर्माण गरेका छन् । पूर्वसचिवको संयोजकत्वमा वनेको यो आयोगले निगमका बिकृति खोजिरहेको छ । आयोगका एक सदस्यका अनुसार निगममा भएको आन्तरिक त्रुटि तथा अनावश्यक प्वालमात्र टाल्ने हो भने बार्षिक अरव रुपैयाँ जोगिने छ ।
प्रत्येक मन्त्री परिवर्तन हुनासाथ ठूलो संख्यामा करारमा कर्मचारी भर्ना गर्ने यहाँको नियमजस्तै बनेको छ । कर्मचारी युनियनको दादागिरी उस्तै रहेको छ । निगमको काम भन्दा पनि एयरपोर्टमा बसेर अबैध काममा सहयोग गर्नका लागि धेरै ब्यक्तिहरु करारमा प्रवेश गरेको देखिजान्नेहरु बताउँछन् ।
आन्तरिक ब्यवस्थापनमा कमजोरीे जनशक्ति व्यवस्थापन र मार्केटिङबारे कुनै नयाँ सोच नै नबनाएको नेपाल वायु सेवा निगमले यही अवस्थामा कुनै परिवर्तन गर्न नसक्ने आयोगका समदस्यहरुले निचोड निकालेका छन् ।
आवश्यकता बमोजिम पाइलटको व्यवस्था मिलाउन नसकेको तथा निगम ‘मिस म्यानेजमेन्ट’को सिकार भईरहेको छ । नागरिक लगानी कोष र निगमका १४ सय कर्मचारीको सञ्चय कोषको पैसा ऋण लिँदै जहाज खरिद गरिएको समाचारहरु बाहिर आउँछन् । तर, पहल केही भएको छैन ।
जनप्रशासन पाक्षिकवाट


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९