

विमानस्थल भन्सार प्रमुख खाली राख्दै अर्थका सहसचिवको सरुवा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरलाई मध्यास्तरी करदाता कार्यालय प्रमुख बनाइएको छ। तत्काललाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख खाली राखिएको छ।
-
काठामडौं । अर्थमन्त्रालयका सहसचिव विनोद कुँवरलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरलाई मध्यास्तरी करदाता कार्यालय प्रमुख बनाइएको छ। तत्काललाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख खाली राखिएको छ।
प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव सुमन दाहाललाई भन्सार विभागको महानिर्देशक बनाइएको छ। भन्सारका महानिर्देशक रहेका रामेश्वर दंगालको सरूवा भएपछि रिक्त स्थानमा दाहाललाई पठाइएको छ। अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुख थानेश्वर गौतमलाई पनि आन्तरिक राजस्व विभागमै उपमहानिर्देशक बनाइएको छ।
अर्थको प्रशासन महाशाखामा सहसचिव झक्कप्रसाद आचार्यको सरूवा भएको छ। मध्यमस्तरीय करदाता कार्यालय प्रमुख रहेका उनी यसअघि प्रशासनमै उपसचिव भइसकेका व्यक्ति हुन्।
वीरगन्ज भन्सार कार्यालयमा ढुण्डीप्रसाद निरौलालाई पठाइएको छ। त्यहाँ कार्यरत श्यामप्रसाद भण्डारीलाई भन्सार विभाग ल्याइएको छ।
भन्सार विभागबाट तुलसीराम सेढाईलाई अर्थ मन्त्रालयको अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा पठाइएको छ। आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेललाई अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा सरूवा गरिएको छ।
भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख सहसचिव सुशील पाण्डेलाई राजस्व तालिम केन्द्रको प्रमुख बनाइएको छ। मुक्तिप्रसाद पाण्डेलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ।
News Desk 0 response आइतवार, भदौ १५, २०७६


सम्बन्धित शीर्षकहरु
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई..
मङ्लबार, बैशाख १६, २०८२ -
देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित..
मङ्लबार, बैशाख १६, २०८२ -
शिक्षक – सरकार वार्ता सकारात्मक : आज..
मङ्लबार, बैशाख १६, २०८२ -
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा
सोमवार, बैशाख १५, २०८२ -
इँटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा २..
सोमवार, बैशाख १५, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२ -
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित..
आइतवार, बैशाख ७, २०८२ -
ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आज काठमाडौं आउने
मङ्लबार, बैशाख ९, २०८२