

न अख्तियारले हेर्ने,न पार्टीले हेर्ने प्रदेश मन्त्रीले धोको फेर्ने
सामाजिक विकासमन्त्री नवलकिशोर साहले भारतमा व्यापार गर्ने आफ्ना छोरालाई ठेक्कापट्टा र सामान खरिदलगायतको काममा लगाएका छन् । टिएडिएको नाममा एक जना मन्त्रीले तीन लाखभन्दा बढी बुझेका छन् ।
-
प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले भारतमा व्यापार गर्ने आफ्ना छोरालाई ठेक्कापट्टा र सामान खरिदलगायतको काममा लगाएका छन् । टिएडिएको नाममा एक जना मन्त्रीले तीन लाखभन्दा बढी बुझेका छन् ।
News Desk 0 response बुधबार, भदौ ११, २०७६
७५ लाखको तीन वटा आयुर्वेद अस्पताल बनाउन मन्त्री साहले जिम्मा लगाउँदा केन्द्रका स्वास्थ्यराज्यमन्त्री सुरेन्द्र यादवले केन्द्र सरकारले दिने अनुदान भनेको औषधि किन्न, कम्पाउण्ड लगाउनका लागि मात्र हो । केन्द्र सरकारले नै जिल्ला–जिल्लामा अस्पताल बनाउने नीति लिएको कारण तपाईंहरू यतातिर हात नहाल्नुहोस् भन्दा पनि मानेनन् । राजेन्द्र महतोको कोटाबाट मन्त्री भएकाले त्यहाँबाट आएको हिस्सा उनलाई पु¥याउने गरेको स्रोतको दाबी छ ।
उता, महन्थ ठाकुरको कोटाबाट आर्थिक तथा पूर्वाधारमन्त्री बनेका जितेन्द्र सोनल राम्रैसँग बजेट सिध्याउने धन्दामा छन् । हजार–पन्ध्रसय घुस खाएको अभियोगमा खरिदार र नासुलाई अँठ्याउने अख्तियारको आँखा प्रदेशका मन्त्रीहरूले गरिरहेको करोडौं अनियमिततातर्फ पर्न सकेको छैन । पहिलो संविधानसभामा विकास समितिको सभापति हुँदा २० हजारमा ¥याल चुहाएको आरोप उनीमाथि लागेको छ । सोही मन्त्रालयमा अनिल झाकी श्रीमती डिम्पल पनि छिन् । यी दुईबीचको झगडा बेलाबखत बाहिर आउने गरेको छ । वन मन्त्रालयको जिम्मेवारी सम्हालेका रामनरेश रायले महेन्द्र यादवबाहेक अरूलाई गन्दैनन् । पर्यटन विकासमा लगाउनुपर्ने बजेट कार्यकर्ताको नाममा मन्दिर र मस्जिदमा वितरण गरेका छन् । अर्थमन्त्री विजय यादवले केन्द्रमा झलनाथ खनालको नेतृत्वअन्तर्गत १३ दिनसम्म आपूर्ति मन्त्री भइसकेको हुँदा आफू लालबाबु राउतभन्दा सिनियर भन्दै आएका छन् । त्यहाँका सभामुख सरोज यादव मदिरा पार्टनर भएको हुँदा उनले जति माग्यो त्यति रकम उपलब्ध गराउँछन् । त्यहाँका सभामुखको च्याम्बर संघीय सभामुख कृष्णबहादुर महराको भन्दा आकर्षक रहेको बताइन्छ । न अख्तियारले हेर्ने, न त राजपाको अध्यक्षले नै हेर्ने यस्तो हुँदा त्यहाँ मनपरीतन्त्र चलेको छ ।

सम्बन्धित शीर्षकहरु
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
साउदी तेल प्रशोधन केन्द्र अराम्कोमाथि हूथी आक्रमण
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३
-
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


