
-
काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत हितलगायतका विषयमा २१ दिन अगाडिदेखि ताला लगाएको हो ।
दुवै सङ्घले आफ्ना मागलाई सम्बोधन गर्न दबाब दिने उद्देश्यले विश्वविद्यालयको उपकुलपतिको कार्यालय, राष्जिष्ट्रारको कार्यालय, स्कूल अफ साइन्सको डिनको कार्यालय र स्कूल अफ इञ्जिनीयरिङ डिनको कार्यालयमा ताला लगाएको हो । काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घका अध्यक्ष वेदमणि दाहालले आफूहरुले राखेको माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने बताए ।
स्कूल अफ म्यानेजमेन्टका डिन प्रा डा विजय केसीको संयोजकत्वमा प्रा डा बालकुन्द्र लुइँटेल र प्रशासन व्यवस्थापन सेवा महाशाखा प्रमुख मुकुन्द उपाध्याय सदस्य रहेको समिति गठन गरेको छ । तर, सो समितिले औपचारिकरूपमा भने वार्ता शुरु नगरेको आन्दोलनरत पक्ष र वार्ता समितिले जनाएको छ । वार्ता समितिका संयोजक केसीले औपचारिकरूपमा नभए पनि अनौपचारिकरूपमा कुराकानी भइरहेको बताए ।
आन्दोलनरत पक्षले भने वार्ताका लागि गठित समिति अधिकारसम्पन्न नभएको र त्यसले गर्ने सम्झौता विश्वविद्यालय नेतृत्वले कार्यान्वयन गर्छ भन्ने विषयमा ढुक्क नभएकाले त्यसको ग्यारेन्टी नगरेसम्म वार्ता गर्न नसकिने जनाएको छ । आन्दोलनरत पक्षले ती कार्यालयमा ताला लगाए पनि नियमित पठनपाठन र कार्यालयको अन्य काममा भने कुनै पनि बाधा नपु¥याएको जनाएको छ ।
News Desk 0 response बुधबार, भदौ ११, २०७६


सम्बन्धित शीर्षकहरु
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९