

भारत बाट बिजुली किन्ने क्रम ८ दशअलव ९६ प्रतिशतले बृद्धि
गत वर्ष मात्रै भारतबाट आउने बिजुली ८ दशअलव ९६ प्रतिशतले बढेको छ । करिब १३ सय मेगावाट बिजुली आपूर्ति भइरहेकामा ३७ प्रतिशतमा भारतकै भर छ ।
-
काठमाडौं ।
गत वर्ष मात्रै भारतबाट आउने बिजुली ८ दशअलव ९६ प्रतिशतले बढेको छ । करिब १३ सय मेगावाट बिजुली आपूर्ति भइरहेकामा ३७ प्रतिशतमा भारतकै भर छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी सञ्चालनमा आएसगै वर्षातको समयमा देश बिजुलीमा आत्मनिर्भर हुने प्राधिकरणको आकलन छ ।
नेपाल विद्युत प्राधिकरणले यो वर्ष ७ अर्ब २० करोड नाफा कमाएको छ । यो नाफा अहिलेसम्मकै उच्च हो । गत वर्ष २ अर्ब ८९ करोड नाफा कमाएको प्राधिकरणले यो वर्ष नियमित विद्युत आपूर्तिका साथै चुहावट नियन्त्रण गरेर आफ्नो नाफामा १ सय ४८ प्रतिशतले वृद्धि गरेको छ ।नेपाल विद्युत प्राधिकरणले यो वर्ष ७ अर्ब २० नेपाल विद्युत प्राधिकरणले ३४ औा वाषिर्कोत्सव मनाइरहादा केही उत्साहजनक आकडा पनि सार्वजनिक गरेको छ । चार वर्ष अघिसम्म देशमा नियमित विद्युत आपूर्ति हुन्थेन । लोडसेडिङका कारण उपभोक्ता टुकी र मैनबत्ती बाल्न बाध्य मात्र थिएनन्, त्यसले दिने हैरानी सोचिनसक्नु हुन्थ्यो ।
विद्युत प्राधिकरणको वित्तीय स्वास्थ्य झनै नाजुक थियो । प्राधिकरणले एक वर्षकै घाटा ८ अर्ब ८९ करोड पुगेको थियो । तर २०७३ सालदेखि भने प्राधिकरणले घरायसी प्रयोजनमा लोडसेडिङ नहुने व्यवस्था गर्यो । त्यसयता विस्तारै हट्दै गएको लोडसेडिङले प्राधिकरणको नाफा पनि बढ्दै गएको छ । तीन वर्ष अघि डेढ अर्ब नाफा कमाएको प्राधिकरणले यो वर्ष ७ अर्ब २० करोड नाफा कमाएको छ ।
सञ्चित घाटा पनि ३४ अर्बबाट १५ अर्बमा झारेको छ । नियमित विद्युत आपूर्तिसागै चुहावट नियन्त्रण गरेका कारण प्राधिकरणको नाफा बढेको हो । गत वर्षसम्म २० प्रतिशतभन्दा बढी चुहावट हुने गरेकोमा यो वर्ष १५ दशमलव ३(२ प्रतिशत छ । देशमा निर्माणाधीन आयोजना समयमै नबन्दा भने भारतबाट आयात गर्ने बिजुलीको मात्रा प्रत्येक वर्ष बढ्दो छ ।
News Desk 0 response आइतवार, भदौ ८, २०७६


सम्बन्धित शीर्षकहरु
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२०..
शनिबार, चैत्र ११, २०७९ -
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९