• काठमाडौं । त्रिभुवन विश्वविद्यालय लगायतका चार विश्वविद्यालयमा कामु उपकुलपति तोकिएका छन् ।

    त्रिभुवन विश्वविद्यालयका हालका कुलपति तीर्थ खनियाँको कार्यकाल शनिवारबाट रिक्त हुने भएकाले सो पदमा सुधा त्रिपाठीलाई कार्यवहाकको जिम्मा दिइएको छ । त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालयमा रमेश ढकाल, कृषि तथा वन विश्वविद्यालयमा शरदा थपलिया र पूर्वाञ्चल विश्वविद्यालयमा बिजुकुमार थपलियलाई कार्यवहाक तोकिएको छ ।