

जर्नेलकै नक्कली प्रमाणपत्र
स्कुल लेवलकै रजिष्टर उतारेर उजुरी हालेपछि जर्नेलहरु ताराध्वज पाण्डे र अशोक सिग्देलको नक्कली प्रमाणपत्रको पोल खुलेको छ ।
-
काठमाण्डौं ।
जर्नेलहरुको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको छ । सेनामा शैक्षिक प्रमाणपत्रको झन्झटमा परेका जर्नेल हुन्, ताराध्वज पाण्डे र अशोक सिग्देल ।
उनीहरुको स्कुलको पुरानो रजिस्टरसमेत फोटोकपी गरेर रक्षा मन्त्रालयमा उजुर हालिएको छ । फुली थप्ने मुखमा यस्तो भाउँतो आइलागेपछि रक्षाले उनीहरुको बढुवा प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छैन । ताराध्वज माघमै दुईतारे जर्नेल भएका हुन् ।
उनलाई छानबिनको सिलसिलामा हेटौंडा, सुपारेटारस्थित मध्यपृतनाबाट शुक्रबार काठमाडौं झिकाइएको छ । ताराध्वज र अशोक २०२१ सालमा जन्मिएका हुन् । तर, दुबैले सैनिक अभिलेखमा २०२३ सालको कागजात पेश गरेका छन् ।
शैक्षिक प्रमाणपत्र र नागरिकतामा जन्म मिति एउटै छैन । यसरी एक हप्ताअघि नै सेनाको आन्तरिक बोर्डले निर्णय गरेर बढुवा सिफारिस पठाउने भनिएकोमा रक्षाले रोक्दा सातदिने सूचना निस्किन पाएन ।
यसले गर्दा ब्रिगेडियर हुने अरुको पनि बाटो छेकिएको छ । त्यसरी छेकिनेमा बेलायतस्थित सैनिक सहचारी कुमारबाबु थापा, ढाकाका विनोद खरेल, अमेरिकाबाट भर्खर कोर्ष सकेर फर्किएका अनुपजंग थापा र प्रकाश देउजासहित पाँच जना छन् ।
अहिलेका अपरेशन चिफ प्रभुराम शर्माको म्याद थपिएन भने उनको पनि चिफ हुने लाइन समाप्त हुँदै छ । अशोक रोकिँदा बढुवा हुने पालो निर्मल थापाको आउँछ ।कथंकदाचित निर्मलमा पनि कैफियत भेटिएमा नसोचिएका २६ बेसिकका विनयविक्रम राणाले पालो फुत्काउन बेर छैन ।
News Desk 0 response बुधबार, साउन २९, २०७६

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३



