

जर्नेलकै नक्कली प्रमाणपत्र
स्कुल लेवलकै रजिष्टर उतारेर उजुरी हालेपछि जर्नेलहरु ताराध्वज पाण्डे र अशोक सिग्देलको नक्कली प्रमाणपत्रको पोल खुलेको छ ।
-
काठमाण्डौं ।
जर्नेलहरुको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको छ । सेनामा शैक्षिक प्रमाणपत्रको झन्झटमा परेका जर्नेल हुन्, ताराध्वज पाण्डे र अशोक सिग्देल ।
उनीहरुको स्कुलको पुरानो रजिस्टरसमेत फोटोकपी गरेर रक्षा मन्त्रालयमा उजुर हालिएको छ । फुली थप्ने मुखमा यस्तो भाउँतो आइलागेपछि रक्षाले उनीहरुको बढुवा प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छैन । ताराध्वज माघमै दुईतारे जर्नेल भएका हुन् ।
उनलाई छानबिनको सिलसिलामा हेटौंडा, सुपारेटारस्थित मध्यपृतनाबाट शुक्रबार काठमाडौं झिकाइएको छ । ताराध्वज र अशोक २०२१ सालमा जन्मिएका हुन् । तर, दुबैले सैनिक अभिलेखमा २०२३ सालको कागजात पेश गरेका छन् ।
शैक्षिक प्रमाणपत्र र नागरिकतामा जन्म मिति एउटै छैन । यसरी एक हप्ताअघि नै सेनाको आन्तरिक बोर्डले निर्णय गरेर बढुवा सिफारिस पठाउने भनिएकोमा रक्षाले रोक्दा सातदिने सूचना निस्किन पाएन ।
यसले गर्दा ब्रिगेडियर हुने अरुको पनि बाटो छेकिएको छ । त्यसरी छेकिनेमा बेलायतस्थित सैनिक सहचारी कुमारबाबु थापा, ढाकाका विनोद खरेल, अमेरिकाबाट भर्खर कोर्ष सकेर फर्किएका अनुपजंग थापा र प्रकाश देउजासहित पाँच जना छन् ।
अहिलेका अपरेशन चिफ प्रभुराम शर्माको म्याद थपिएन भने उनको पनि चिफ हुने लाइन समाप्त हुँदै छ । अशोक रोकिँदा बढुवा हुने पालो निर्मल थापाको आउँछ ।कथंकदाचित निर्मलमा पनि कैफियत भेटिएमा नसोचिएका २६ बेसिकका विनयविक्रम राणाले पालो फुत्काउन बेर छैन ।
News Desk 0 response बुधबार, साउन २९, २०७६


सम्बन्धित शीर्षकहरु
-
अमेरिकी आकाशमा आफ्नो बेलुन पुगेको घटनाप्रति चीनले..
शनिबार, माघ २१, २०७९ -
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
रबिको अल्टिमेटम आज सकिँदै, गृह मन्त्रालय नदिने..
शनिबार, माघ २१, २०७९
-
लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ :..
शनिबार, माघ २१, २०७९ -
संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट..
शनिबार, माघ २१, २०७९ -
तापक्रम बढ्दै, तत्काल पानी पर्ने सम्भावना हट्यो
शनिबार, माघ २१, २०७९ -
खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय..
शनिबार, माघ २१, २०७९ -
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९