बुढा कर्मचारीलाई धमाधम नयाँ नियुक्ति
सरकारको नीति अनुरुप काम गर्न नसक्ने भन्दै पेन्सन खान लागेका कर्मचारी बाट खासै नयाँ काम नहुने मत चर्कोरुपमा उठेको छ । त्यति लामो सयम अथवा युवा अवस्थामा नगरेको काम उमेरको उत्तराद्र्धमा कसरी गर्लान् ?
-
काठमाडौं ।
अहिले संसदको राज्यव्यवस्था समितिमा बहस चलिरहेको निजामती सेवा ऐन ०७५ अक्षरशः पारित भएमा सचिव÷ सहसचिवबाट अवकाश भएर संवैधानिक अंगजस्ता लाभका पदहरूमा जाने बाटो बन्द हुनेछ । उनीहरुले तत्काल आइएनजिओ तथा एनजिओमा समेत नियुक्ति खान पाउने छैनन् । तर, कानुनको प्रस्ताव गर्ने सरकारलेनै धमाधम पूर्वकर्मचारीलाई नयाँ नियुक्ति दिईरहेको छ ।
News Desk 0 response मङ्लबार, साउन २८, २०७६
अवकाश पाउनु दुई साताअगाडि सामान्य प्रशासन सचिव दिनेश थपलियालाई टिपेर निर्वाचन आयोगमा पु¥याईएकै शैलीमा प्रधानमन्त्री कार्यालयका सचिव विष्णुप्रसाद लम्सालले घर जानु दुई दिनअघि महत्वपूर्ण अवसर हात पारेका छन् । उनी सेवा अवधिका आधारमा हिजो मंगलबार अनिवार्य अवकाश पाउँदै थिए । सरकारले उनलाई स्टाफ कलेज (कर्मचारी प्रशिक्षण केन्द्र) को जिम्मा लगाएको छ ।
सरकारले पत्याएका केही पूर्व प्रशासक धमाधम नियुक्ति खाँदैछन् भने नपत्याएका केही राजनीतिमा होमिएका छन् त केहीचाहिँ सामाजिक सञ्जालमा लेखिरहेका छन् ।
पूर्वसचिव किशोर थापा साझा विवेकशीलतिर होमिए । बाग्मति सरसफाई अभियानमा होमिएका मुख्यसचिव लीलामणि पौडेल गणतन्त्र चीनको राजदुत सम्हाल्न पुगे । पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटा सूचना आयोगको कमाण्ड सम्हाल्दैछन् । पूर्वगृहसचिव टंकमणि शर्मा प्रधानमन्त्री कार्यालयबाट रिटाएर हुनुअगावै महालेखा परीक्षकको कार्यालयमा पुगे । उमेश मैनाली लोकसेवाको अध्यक्ष छन् । उनीसहित त्यहाँका अन्य पदाधिकारीहरु बिन्दा हाडा, श्रीपुरुष ढकाल पनि पूर्व प्रशासक नै हुन् ।
यस्तै पूर्व गृहसचिव नवीनकुमार घिमिरे अख्तियारको नेतृत्वमा छन् । समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले पदबाट हालै राजीनामा दिए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्हाल्दैछन् पूर्व प्रशासक बालानन्द पौड्यालले । पूर्व सचिव माधव पौडेल कानुन आयोग, लवदेव अवस्थी भाषा आयोगको कमाण्ड गर्दैछन् । पूर्वगभर्नर युवराज खतिवडाले अर्थमन्त्री पड्काए । सुशील ज्ञवाली पुनर्निर्माण प्राधिकरणमा पुगे । त्रिविविका प्रोफेसर पुष्पराज कँडेलले योजना आयोग सम्हाल्दैछन् ।
सरकारले नपत्याएका केही पूर्व प्रशासक भने कोही विदेशी कम्पनीहरुको कन्सलटेन्ट बनेका छन् । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री अनामनगर बाजेको सेकुवापछाडि अड्डा खोलेर बसेका छन् । पूर्व खानेपानी सचिव भीम उपाध्याय भने सामाजिक सञ्जालबाट सरकारलाई सत्तोसराप गरिरहेका छन् ।
सरकारको नीति अनुरुप काम गर्न नसक्ने भन्दै पेन्सन खान लागेका कर्मचारी बाट खासै नयाँ काम नहुने मत चर्कोरुपमा उठेको छ । त्यति लामो सयम अथवा युवा अवस्थामा नगरेको काम उमेरको उत्तराद्र्धमा कसरी गर्लान् ?

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३