

बुढा कर्मचारीलाई धमाधम नयाँ नियुक्ति
सरकारको नीति अनुरुप काम गर्न नसक्ने भन्दै पेन्सन खान लागेका कर्मचारी बाट खासै नयाँ काम नहुने मत चर्कोरुपमा उठेको छ । त्यति लामो सयम अथवा युवा अवस्थामा नगरेको काम उमेरको उत्तराद्र्धमा कसरी गर्लान् ?
-
काठमाडौं ।
अहिले संसदको राज्यव्यवस्था समितिमा बहस चलिरहेको निजामती सेवा ऐन ०७५ अक्षरशः पारित भएमा सचिव÷ सहसचिवबाट अवकाश भएर संवैधानिक अंगजस्ता लाभका पदहरूमा जाने बाटो बन्द हुनेछ । उनीहरुले तत्काल आइएनजिओ तथा एनजिओमा समेत नियुक्ति खान पाउने छैनन् । तर, कानुनको प्रस्ताव गर्ने सरकारलेनै धमाधम पूर्वकर्मचारीलाई नयाँ नियुक्ति दिईरहेको छ ।
News Desk 0 response मङ्लबार, साउन २८, २०७६
अवकाश पाउनु दुई साताअगाडि सामान्य प्रशासन सचिव दिनेश थपलियालाई टिपेर निर्वाचन आयोगमा पु¥याईएकै शैलीमा प्रधानमन्त्री कार्यालयका सचिव विष्णुप्रसाद लम्सालले घर जानु दुई दिनअघि महत्वपूर्ण अवसर हात पारेका छन् । उनी सेवा अवधिका आधारमा हिजो मंगलबार अनिवार्य अवकाश पाउँदै थिए । सरकारले उनलाई स्टाफ कलेज (कर्मचारी प्रशिक्षण केन्द्र) को जिम्मा लगाएको छ ।
सरकारले पत्याएका केही पूर्व प्रशासक धमाधम नियुक्ति खाँदैछन् भने नपत्याएका केही राजनीतिमा होमिएका छन् त केहीचाहिँ सामाजिक सञ्जालमा लेखिरहेका छन् ।
पूर्वसचिव किशोर थापा साझा विवेकशीलतिर होमिए । बाग्मति सरसफाई अभियानमा होमिएका मुख्यसचिव लीलामणि पौडेल गणतन्त्र चीनको राजदुत सम्हाल्न पुगे । पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटा सूचना आयोगको कमाण्ड सम्हाल्दैछन् । पूर्वगृहसचिव टंकमणि शर्मा प्रधानमन्त्री कार्यालयबाट रिटाएर हुनुअगावै महालेखा परीक्षकको कार्यालयमा पुगे । उमेश मैनाली लोकसेवाको अध्यक्ष छन् । उनीसहित त्यहाँका अन्य पदाधिकारीहरु बिन्दा हाडा, श्रीपुरुष ढकाल पनि पूर्व प्रशासक नै हुन् ।
यस्तै पूर्व गृहसचिव नवीनकुमार घिमिरे अख्तियारको नेतृत्वमा छन् । समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले पदबाट हालै राजीनामा दिए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्हाल्दैछन् पूर्व प्रशासक बालानन्द पौड्यालले । पूर्व सचिव माधव पौडेल कानुन आयोग, लवदेव अवस्थी भाषा आयोगको कमाण्ड गर्दैछन् । पूर्वगभर्नर युवराज खतिवडाले अर्थमन्त्री पड्काए । सुशील ज्ञवाली पुनर्निर्माण प्राधिकरणमा पुगे । त्रिविविका प्रोफेसर पुष्पराज कँडेलले योजना आयोग सम्हाल्दैछन् ।
सरकारले नपत्याएका केही पूर्व प्रशासक भने कोही विदेशी कम्पनीहरुको कन्सलटेन्ट बनेका छन् । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री अनामनगर बाजेको सेकुवापछाडि अड्डा खोलेर बसेका छन् । पूर्व खानेपानी सचिव भीम उपाध्याय भने सामाजिक सञ्जालबाट सरकारलाई सत्तोसराप गरिरहेका छन् ।
सरकारको नीति अनुरुप काम गर्न नसक्ने भन्दै पेन्सन खान लागेका कर्मचारी बाट खासै नयाँ काम नहुने मत चर्कोरुपमा उठेको छ । त्यति लामो सयम अथवा युवा अवस्थामा नगरेको काम उमेरको उत्तराद्र्धमा कसरी गर्लान् ?


सम्बन्धित शीर्षकहरु

नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग प्रधानमन्त्रीको जोड
शुक्रबार, माघ २०, २०७९
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलायो
शुक्रबार, माघ २०, २०७९-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न मलेसियाका गृहमन्त्रीसँग..
शुक्रबार, माघ २०, २०७९ -
एन्फाले १७ वर्षमुनिको महिला राष्ट्रिय टोलीको बन्द..
शुक्रबार, माघ २०, २०७९ -
गैँडाको संरक्षणमा सरकार संवेदनशील : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, माघ २०, २०७९ -
चितवनमा किसानद्वारा सडकमा तरकारी फालेर प्रदर्शन
शुक्रबार, माघ २०, २०७९ -
ललितपुरको कोहिनुर हिल हाउजिङ लिलामीमा
शुक्रबार, माघ २०, २०७९
-
अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनक : प्रधानमन्त्री
बिहिबार, माघ १२, २०७९ -
मधेस प्रदेशका दुई सांसदले आज शपथ लिए
बुधबार, माघ ११, २०७९ -
बैतडीमा महिला टी–२० क्रिकेट आजदेखि
बिहिबार, माघ १२, २०७९ -
भोजपुरमा चिराइतो खेतीबाट किसान लाभान्वित
बुधबार, माघ ११, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९