

-
काठमाडौं । अनलाईन सेवा प्रणाली लागू भएका भूमिसुधार तथा मालपोत कार्यालयको सङ्ख्या ८० पुगेको छ । पछिल्लो पटक अर्घाखाँची र बर्दियामा यो प्रणाली सुरु भएपछि असी पुगेको हो । भूमि ब्यवस्थापन तथा अभिलेख बिभागले देशका बिभिन्न १३१ कार्यालय मध्ये असी कार्यालयमा अनलाईन सेवा सुरु गरेको जनाएको छ ।
मालपोत कार्यालयको गतिबिधि प्रत्यक्षरुपमा बिभाग र मन्त्रालयले हेर्नेमिल्ने गरी बनाईएको यो सेवापछि मालपोत कार्यालयमा पारदर्शीता बढ्ने गरेको सेवाग्राहीको भनाई छ । बिभागबाटै सिधै अनुगमन गर्न सकिने कारण मालपोत कार्यालय थप जिम्मेवारी हुने भूमि ब्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक गोकर्णमणी दुवाडीले बताए । कार्यालयहरुमा पछिल्लो पटक अनलाईन सेवाको शुभारम्भ गर्दै महानिर्देशक दुवाडीले आगामी दिनमा मालपोत कार्यालयहरुलाई अझै स्मार्ट बनाउँदै लैजाने बताए । दुवाडी महानिर्देशक बनेसँगै मालपोत कार्यालय स्माट बन्ने क्रम बढेको हो ।
अनलाईन प्रणालीमा जग्गा पास गर्न पनि अहिलेको व्यवस्थाले तमसुक (लेखापढी व्यावसायीले लेखिदिने जग्गा किनबेचको कागजी प्रमाण) भने लेख्नैपर्छ । पूर्णरुपमा अनलाईनमा गईयो भने तमसुक लेख्ने झञ्झट पनि सकिन्छ ।
तमसुक लेखिसकेपछि त्यसैको आधारमा अनलाईन प्रणालीमा दर्ता गरिन्छ । आफ्नो सक्कल नागरिकतासहित तमसुक पनि कम्प्युटर अपरेटरलाई दिएपछि अपरेटरले तमसुक अनुसारको सबै विवरण अनलाईनमा ईन्ट्री गर्छन् । त्यसपछि मालपोत अधिकृतले त्यसलाई प्रमाणीकरण गर्छन् । मालपोत अधिकृत पछि प्रमुख मालपोत अधिकृतले पनि प्रमाणीकरण गर्छन्।
त्यसपछि भने जग्गा किन्ने बेच्ने मानिस र दुईजना साक्षीको कम्प्युटरले फोटो खिच्छ । विद्युतीय औँठाछाप पनि लिईन्छ । औँठाछाप र नागरिकता नम्बरमा सबै डाटा सुरक्षित गरिन्छ । यसले पारदर्शीता र सुशासनमा धेरै सहयोग गर्ने गरेको छ ।
News Desk 0 response सोमवार, साउन २७, २०७६


सम्बन्धित शीर्षकहरु

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदै
सोमवार, चैत्र ३, २०८१-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
अमेरिकाद्वारा भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला
सोमवार, चैत्र ३, २०८१
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको..
सोमवार, चैत्र ३, २०८१
-
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
सडकमा फोहोर गरेको र क्षति पुर्याएको भन्दै..
सोमवार, फाल्गुन २६, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१