

-
काठमाडौं । अनलाईन सेवा प्रणाली लागू भएका भूमिसुधार तथा मालपोत कार्यालयको सङ्ख्या ८० पुगेको छ । पछिल्लो पटक अर्घाखाँची र बर्दियामा यो प्रणाली सुरु भएपछि असी पुगेको हो । भूमि ब्यवस्थापन तथा अभिलेख बिभागले देशका बिभिन्न १३१ कार्यालय मध्ये असी कार्यालयमा अनलाईन सेवा सुरु गरेको जनाएको छ ।
मालपोत कार्यालयको गतिबिधि प्रत्यक्षरुपमा बिभाग र मन्त्रालयले हेर्नेमिल्ने गरी बनाईएको यो सेवापछि मालपोत कार्यालयमा पारदर्शीता बढ्ने गरेको सेवाग्राहीको भनाई छ । बिभागबाटै सिधै अनुगमन गर्न सकिने कारण मालपोत कार्यालय थप जिम्मेवारी हुने भूमि ब्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक गोकर्णमणी दुवाडीले बताए । कार्यालयहरुमा पछिल्लो पटक अनलाईन सेवाको शुभारम्भ गर्दै महानिर्देशक दुवाडीले आगामी दिनमा मालपोत कार्यालयहरुलाई अझै स्मार्ट बनाउँदै लैजाने बताए । दुवाडी महानिर्देशक बनेसँगै मालपोत कार्यालय स्माट बन्ने क्रम बढेको हो ।
अनलाईन प्रणालीमा जग्गा पास गर्न पनि अहिलेको व्यवस्थाले तमसुक (लेखापढी व्यावसायीले लेखिदिने जग्गा किनबेचको कागजी प्रमाण) भने लेख्नैपर्छ । पूर्णरुपमा अनलाईनमा गईयो भने तमसुक लेख्ने झञ्झट पनि सकिन्छ ।
तमसुक लेखिसकेपछि त्यसैको आधारमा अनलाईन प्रणालीमा दर्ता गरिन्छ । आफ्नो सक्कल नागरिकतासहित तमसुक पनि कम्प्युटर अपरेटरलाई दिएपछि अपरेटरले तमसुक अनुसारको सबै विवरण अनलाईनमा ईन्ट्री गर्छन् । त्यसपछि मालपोत अधिकृतले त्यसलाई प्रमाणीकरण गर्छन् । मालपोत अधिकृत पछि प्रमुख मालपोत अधिकृतले पनि प्रमाणीकरण गर्छन्।
त्यसपछि भने जग्गा किन्ने बेच्ने मानिस र दुईजना साक्षीको कम्प्युटरले फोटो खिच्छ । विद्युतीय औँठाछाप पनि लिईन्छ । औँठाछाप र नागरिकता नम्बरमा सबै डाटा सुरक्षित गरिन्छ । यसले पारदर्शीता र सुशासनमा धेरै सहयोग गर्ने गरेको छ ।
News Desk 0 response सोमवार, साउन २७, २०७६

सम्बन्धित शीर्षकहरु
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



